• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

चिम्खोले काइँलाको ‘मगर संघ युके इतिहास देखि वर्तमानसम्म’ सार्वजनिक

  •   २१ जेष्ठ २०७६, मंगलवार २१:०९ 
  • लण्डन । मगर संघ युकेका पूर्ब अधक्ष्य एवं पत्रकार, गीतकार, चलचित्रकर्मी, साहित्यकार दुत गर्बुजा पुनमगर चिम्खोले काइँलाको ‘मगर संघ युके इतिहास देखि वर्तमानसम्म’ सार्वजनिक भएको छ । लेखक चिम्खोले काइँलाले गत जुन १ शनिवारका दिन फार्नबोरो सम्पन्न एक कार्यक्रम बीच आफ्नो पुस्तक सार्वजनिक गरेका हुन् । सो अवसरमा बेलायतकालागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी, वरिस्ठ गायक प्रेमध्वज प्रधान, मगर संघ युके अधक्ष्य लेरि सुनिल रानामगर, मगर संघ युकेका संरक्षक धन बहादुर थापामगर, जमुना पुन लगायतको बिशेष उपस्थिति रहेको थियो ।

    सो अवसरमा लेखक काइँलाले ” म विगत लामो समयदेखि मगर संघ युके र यस पेरिफेरीका आम संघसंस्थासँग सहकार्य गर्दै प्रत्यक्ष या अप्रत्यक्षरुपले हरेक कार्यको साक्षी बनेको छु । मलाई लाग्यो मैले साक्षी बनेर देखेका र भोगेका अनि मलाई लागेका कुराहरु यत्तिकै राख्नु न्यायोचिन होइन । यी कुरा पुस्तकमार्फत् प्रस्तुत गर्नुपर्छ । यही कुराले डो¥याएपछि म पुस्तक लेख्नतिर लागेँ । मैले यस पुस्तकमा इमान्दरीपूर्वक मगर संघ युकेको इतिहासलाई लिपिबद्ध गर्ने कार्य गरेको छु । कुनै कुरा ढाँटेर या बढाएर लेखेको छैनँ भन्ने कुरामा पनि म निश्चिन्त छु । मलाई लाग्छ, यो मेरो परम कर्तव्य हो । यद्यपि लिपिबद्ध गर्दा केही कमीकमजोरी हुन सक्छन् । कमजोरी पक्ष र थप्नुपर्ने कुरालाई यसको दोस्रो संस्करणमा समेट्ने छु । यसका लागि यहाँहरुको सही सल्लाह र प्रतिक्रियाको अपेक्षा पनि गर्दछु । म सोच्छु, मगर संघ युकेको इतिहासलाई नबङ्ग्याईकन वास्तविक कुरा सोझो तरिकाले लेख्दाको कटु सत्य कतिपयलाई तितो भइदिन सक्छ । सत्य हुँदाहुँदै पनि तितो अनुभूतिले संस्था या कुनै व्यक्तिमा अप्ठ्यारो उब्जाइदिन सक्छ । यहीँनेर म भन्न चाहन्छु, मेरो कुनै व्यक्तिगत आग्रह या दुराग्रहका कारणले यस्तो भएको होइन । व्यक्तिगत रुपमा मेरो सबैसँग आपसी सद्भाव र उस्तै निकट सम्बन्ध छ । यही कारण कसैलाई कहीँ अप्ठ्यारो पर्न जान्छ भने म व्यक्तिगत रुपले क्षमा पनि माग्न चाहन्छु । इतिहास घुमाउरो, जटिल र सोलोडोलो हुनुहँदैन, यो त पानीजस्तै पारदर्शी र सहज भइदिनुपर्छ । जसले गर्दा वर्तमान र भविष्यका पाठकहरुलाई सत्यबोध हुन सकोस् । आखिर इतिहासले सत्य कुरा नै बोल्नुपर्छ । कहीँ झुटो बोल्यो भने वर्तमान र भविष्यलाई नोक्सान पु¥याउँछ । इतिहासमा सधैँ सत्य कुरा नै लेखिनुपर्छ र इतिहास वास्तविक कुराको सटिक खुराक नै हुनुपर्छ भन्ने मेरो मान्यता हो भने सामाजिक कार्यको नुहुमा पदको दुरुपयोग गरि व्यक्तिगत स्वार्थ लिने सामाजिक अभियन्ता हु भन्ने महानुभाबहरुलाई खबरदारी पनि हो । यस पुस्तक लेखनकार्यमा विशेष सहयोग पु¥याउनुहुने मगर संघ युकेका संस्थापक उपाध्यक्ष बिल पुर्जा, पुर्ब अध्यक्ष नेम थापा, बर्तमान अध्यक्ष ले. सुनिल राना, सल्लाहकार राजेन्द्र राना, जगत् थापा, बम थापा सूर्यवङ्शी, नेत्र आले, वर्तमान उपाध्यक्ष लाल पुन र वर्तमान महासचिव रुद्र थापा तथा प्रतक्ष अप्रत्क्षरुपमा सहयोग पुर्याउनु हुने महानुभाबहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

    सन २००२ मा जन्मेको मगर संघ युके बालबालिका, केटाकेटी हुँदै हालमा सत्र बर्षे बयस्क जवान भएको छ। यस सत्र बर्षे बयस्क जवानलाई आजसम्म हुर्काउदा, स्कुल पठाउदा, ज्ञानगुनका शिपहरु सिकाउदा तथा हरेक कुराहरुको अनुभब गर्दा अनेक उतार चधाबहरु नआएका होइनन । पटक पटक कुलतमा फसिसकेको बयस्क युवकलाई पटक पटक उद्धार गरिएको कुरा ध्रुब सत्य हो । अब यस बयस्क युवकलाई फेरि पनि कुलतमा फस्न दिन हुदैन । यस युबकलाई कलेज पठाउन पर्ने छ, बिश्वबिद्यालय पठाउनु पर्ने छ तथा बिध्याबारिधि गराउनु पर्ने छ । जसले गर्दा यस युवकले भबिस्यमा सम्पूर्ण मगरहरुको हकहित र अधिकारको लडाई लड्न सकोस । यस पुस्तक लेखनका लागि आँट थपिदिनुहुने तथा पुस्तकको भाषा सम्पादन गरिदिनुहुने नेपालका कुशल शब्दशिल्पी साहित्यकार तथा गीतकार भावेश भुमरीप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । यस पुस्तकलाई प्रकाशन गरेर सहयोग गरिदेने सुरप्रभा गीतसङ्गीत प्रालिलाई हार्दिक धन्यवाद दिन चाहन्छु भने अति हार्दिकताका साथ पुस्तकको आवरण बनाउने तथा लेआवट गरिदिने भाइ सुरज व्यञ्जनकारलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु भने ।

    लेखक चिम्खोले काइँला मगर संघ युकेका महासचिव र अधक्ष्यको भूमिकामा रहेर मगरहरुको हितमा महत्वपूर्ण काम गरिसकेका छन् । उनकै कार्यकालमा फार्नबोरो मगर भवन खरिद गर्न सफल भएका थिए भने नेपलमा उच्च सिक्षा हासिल गर्न चाहने मगरहरुको हौसला तथा उनीहरुको सहयोगार्थ एक करोड रुपैयाको अक्षय कोषको स्थापना गर्ने योजनालाई अगाडी बढाएका थिए । भूतपूर्व गोर्खा समेत रहेका चिम्खोले काइँलाले यस अघि थुप्रै गित कथा र कविता संग्रह पाठकबीच पस्किसकेका छन् भने नेपाली चलचित्र ‘मेजर पेन्सन खाउली’ को कथा लेखन तथा निर्माण समेत गरेका छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य