• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

घाटु जोगाउन पाल्पा जिल्ला ढोलीमाराका आमा समूह सक्रिय (फोटोसहित)

  •   ३० जेष्ठ २०७६, बिहीबार २२:५१ 
  • देव पचभैया

    पाल्पा – आँखा चिम्म गरेर किशोरीहरु मात्रै नाच्ने मगर संस्कृतिको घाटु नाच लोप हुँदैछ ।एकोहोरो गीतमा देवीदेवताको नाउँमा घण्टौँ नाच्नु पर्ने भएकाले पनि हिजो आजका नानीहरुले घाटु नाचमा मन नदिएका ७४ वर्षीया फनिसरा कंवरको भनाइ छ । ‘धेरै नानीहरुलाई तालिम दिइयो’, उहाँले भन्नुभयो,‘आजकालका केटीहरु आँखा चिम्म गरेर नाच्न झ्याउ मान्छन् ।’

    ७१ वर्षीया केशमाया सारुको विचारमा पढ्ने नाउँमा या बसाइ सराइका कारण गाउँ छोडेर शहर जाने चलनले पनि गाउँमा घाटु नाच्ने नानीहरु हराउँदै गएका हुन् । जंगल जाने, शिकार गर्ने र सरकार प्रमुखलाई चढाउने प्रसंग घाटु गीतमा आउने केशमायाले बताउनुभयो ।‘महिलाले गाउने, किशोरीमात्रै नाच्ने हो, आफ्नो पालाका पुराना दिन सम्झिँदै उहाँले भन्नुभयो, ‘उ बेला उज्यालो नहुन्जेल गाउने, नाच्ने चलन अहिले हरायो ।’

    फनिसराले गाँउमा उमेर पाकेका ७ जना आमाहरुको नाम औलामा भाँच्दै भन्नुभयो, ‘बुढीहरु बरु धेरै छौँ , गाँउन, नाच्नका लागि नानीहरुलाई कर गर्नुपर्छ ।’ फनिसरा, केशमाया मात्रै हैन, हराउन लागेको पुरानो घाटु संस्कृति जोगाउन पूर्वखोला गाउँपालिका-२ ढोलीमारा, जल्पाकाे आमा समूह नै सक्रिय छ । तालिम दिने, घाटुका लागि आवश्यक सरसामान किन्ने काम समूहबाटै भएको छ ।

    ‘घाटु नाचकै कारण ढोलीमाराको इज्जत चुलिएको छ’, वडाध्यक्ष निर बहादुर सारुले भन्नुभयो, ‘यहाँका आमाहरु सक्रिय हुँदा पुराना संस्कार र संस्कृति बचाउन र अहिलेका पुस्ताले जान्ने अवसर मिलेको छ ।’हरेक नयाँ वर्षका दिन वडाभरिका संस्कृतिको प्रर्दशन गर्ने र उनीहरुलाई आर्थिक सहयोग गर्ने गरी गएकाे वर्षदेखि थालनी गरेको अध्यक्ष सारुको भनाइ छ ।

    देव पचभैया

    पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य