• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

कलाकारको भन्दा कम क्रेज नभएका साहित्यकार भावेश भुमरी

  •   ३ असार २०७६, मंगलवार ०४:२८ 
  • युके, नेपाली मुलधारका सशक्त कवि, गीतकार एवम् नियात्राकार भावेश भुमरीको हङकङमा एकल कार्यक्रमका लागि भिसा लागेको छ । विगत लामो समयदेखि गीत र कविता लेख्दै आएका भुमरी गत साल मेदेखि अगस्तसम्म युकेको यात्रा र कार्यक्रमहरूमा व्यस्त थिए । सो यात्रालाई समेटेर भुमरीले ‘भिसाको रङ’ नियात्रासङ्ग्रह प्रकाशन गरिसकेका छन् । भुमरीको हङकङमा हुने एकल कार्यक्रममा यस कृतिको विमोचनसमेत हुने छ ।

    गीत लेखेर अनि एल्बम बनाएर संसारभरि बसोबास गर्दै आएका नेपालीहरूमाझ छाएका भावेश भुमरीको क्रेज राम्रा कलाकारहरूको भन्दा कम छैन । यस्तो हुनुको मुख्य कारण भावेशले गरेका राम्रा कामहरू नै हुन् । सरल, इमान्दार र प्रतिभावान् क्षमताका कारण भुमरी संसारभरि छाएका हुन् । यस कुरालाई भावेशले गत साल युके भ्रमणमा पुष्टि गरिसकेका छन् । युकेमा बसोबास गर्दै आएका नेपाली साहित्य र गीतसङ्गीतसँग निकट रहेका व्यक्तिहरूको प्रयासबाट युके निम्त्याइएका भुमरी दुई दर्जनभन्दा बढी कार्यक्रममा सहभागी भए भने गीतलेखन प्रशिक्षण, एकल साँझ र कार्यपत्र प्रस्तुत गर्नसम्म सफल भए । युकेका विभिन्न कार्यक्रमहरूका समाचार, अन्तर्वार्ता र लेखहरूको पुस्तक ‘भावेश भुमरी इन द युके’ प्रकाशन गरेका भुमरीले केही महिनामै युके यात्राका विभिन्न रोचक विषयलाई सुन्दर तरिकाले लिपिबद्ध गरेर ‘भिसाको रङ’ नियात्रा प्रकाशन गरे । जुन पुस्तक बेलायतमा निक्कै रुचाइएको छ भने हङकङमा विमोचन गरिँदै छ ।

    नेपालको मध्य पश्चिम प्यूठानको मरन्ठानास्थित एक किसान परिवारमा जन्मेका जुद्धबहादुर पुनमगरले साहित्यमा भावेश भुमरी नामबाट प्रसिद्ध कमाउँदै आए । भुमरीले नेपालका विभिन्न राष्ट्रिय पुरस्कार, म्युजिक अवार्ड र मानसम्मान प्राप्त गरेका छन् । पहिलो विश्वयुद्धमा बेलायतबाट युद्ध लड्दा आफ्ना हजुर बुबा घाइते भएर घर फर्केको दुखद् घटनाले सेनामा भर्ना हुन नचाहेका भुमरी स्कुल पढाइ सकेर उच्च शिक्षाका लागि काठमाडौँ हानिए । लेखनतिर रुचि भएका कारण ऐच्छिक नेपाली र पत्रकारिता अध्ययन गरेका भुमरी केही समय पत्रकारितामा लागे । पछि शिक्षण पेशामा पसेका भुमरीले नेपाली विषयमै प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरे । भुमरीले हालसम्म छ वटा आधुनिक गीतिएल्बम, चारवटा गीतसङ्ग्रह, एकएकवटा कवितासङ्ग्रह, नियात्रासङ्ग्रह र समाचार, लेख र अन्तर्वार्ता गरी तेह्रवटा कृति प्रकाशन गरिसकेका छन् ।

    हङकङ यात्राको पनि पुस्तक लेख्ने सोच बनाएका भावेश भुमरीलाई हङकङ लैजान साब्लाबुङ प्रकाशनका अध्यक्ष एवम् साहित्यकार राजकुमार राई, वरिष्ठ सङ्गीतकार दिनेश सुब्बा, कवि तथा गीतकार जीतकर्ण राई, मगर संघ हङकङका पूर्व अध्यक्ष नेत्र पहराई र वर्तमान अध्यक्ष युगमाया रानाको सक्रियतामा भिसाको प्रक्रिया अगाडि बढाइएको थियो । भुमरीको हङकङको कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक् हुने कुरा स्वयम् भुमरीले बताए । उनले थपे, अबका कार्यक्रमहरू मनोरञ्जनात्मक मात्र नभएर बौद्धिक र सिर्जनात्मक हुन जरुरी छ । एउटै कार्यक्रममा यी कुरा संयोजन गर्न सम्भव छ भन्ने भुमरी यस्तो कार्यक्रम गर्न निर्धक्क पनि छन् । उनले ‘भावेश भुमरी सिर्जना साँझ युके’बाट पनि यस प्रकारको अनुभव बटुलेका टन् । हङकङ बसाइँका क्रममा भुमरी अन्य कार्यक्रमहरूमा पनि सहभागी हुने छन् । कार्यक्रमभन्दा अन्य दिनमा भुमरीले हङकङका विभिन्न ठाउँहरूको भ्रमण गरी नयाँ पुस्तकका लागि सामग्री जम्मा पार्ने छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य