• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

ब्याक्तित्व परिचय श्रीमती हेमा राना

  •   ३ असार २०७६, मंगलवार १९:१७ 
  • प्रस्तुति-चिम्खोले काईला-बेलायत
    श्रीमती हेमा कुमारी राना (हेमा राना) मगर संघ युके, युनाइटेड हाम्सायर, सरे तथा बाक्सायर (युएजएसबी) शाखाका अध्यक्ष हुन् | उनि गत अप्रिल महिनामा अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएकी हुन् । उनको अध्यक्षतामा २१ जना कार्यसमिति गठन भएको छ भने महिला र युथ उपसमिति पनि गठन गरेकी छिन । मगर संघ युकेको मेरुदण्ड मानिने युएजएसबी शाखाको अध्यक्षको भूमिका निभाउनु पाउनु भनेको शौभाग्यको साथै चुनौती पनि छ ।

    उनको पिता सिंगापुर पुलिस फोर्स सिंगापुरमा कार्यरत हुँदा इनिस्पेक्टर पिता खुमानसिङ थापा र माता गुनमाया थापाको कोखबाट हेमा रानाको जन्म सिंगापुरमा भएको थियो । हेमा रानाले कक्षा ८ सम्म सिंगापुरको माउन्ट भर्णन माध्यामिक बिद्यालयमा अध्यायन गरेकी थिइन् । उनको पिता इनिस्पेक्टर खुमानसिङ थापाको सिंगापुर पुलिस फोर्सबाट अवकाश प्राप्त भएपछि हेमा लगायत स-परिवार नेपाल फर्केका थिए । नेपाल फर्केपछि हेमाले काठमाण्डौ स्थित सिद्धार्थ बनस्थली स्कुलबाट एसएलसी परीक्षा प्रथम श्रेणीमा उतिर्ण गरेकी हुन । सिंगापुरमा रहदा अंग्रेजी माध्यममा अध्यायन गरेका हेमालाई नेपालमा आएर नेपाली भाषामा नेपाली बिषय सिकेर एसएलसी दिन चुनौती भए पनि “हुने बिरुवाको चिल्लो पात भने झैँ ” दुइ बर्ष भित्र नेपाली भाषा सिकेर एसएलसी दिएकी हेमाले प्रथम श्रेणीमा नतिजा निकाल्न सफल भएकी थिइन् ।

    हेमाले स्कुल सकेर आइएस्सीको अध्यायन पुरा ललितपुर स्थित पाटन कलेजबाट गरेकी हुन् ।आइएस्सीमा राम्रो नतिजा ल्याएर उतिर्ण गरेकी हेमाले बीएस्सीको लागि त्रिचन्द्र कलेजमा भर्ना भएकी थिइन् भने सोहि समयमा एमबिबिएस अध्यायनको लागि नाम निकाल्न सफल भएको थिइन् | तर श्रीमान राजेन्द्र रानाको जागिरको शिल्सिलाले गर्दा हेमा ब्रुनाई र हंगकंग स-परिवार जानु परेको कारणले गर्दा बीएस्सी तथा एमबिबिएसको अध्यायनले निरन्तरता दिन सकेनन् तथा अपुरो रह्यो |

    हेमा राना ब्रुनाई र हंगकंगको बसाइ सकेपछि छोरी रैसा र छोरा रेमनलाई साथमा लिएर श्रीमानसंग नेपाल फर्के । अध्यायनबाट कहिल्यै हरेस नखाएका हेमा नेपाल फर्के पछि पुन: ब्याचलर अफ कम्मर्स (बिकम) गर्न नमुना मछेंद्र कलेजमा भर्ना भईन । हेमाले उक्त कलेजबाट बिकमको परिक्षामा कलेज टप गरि बिकम प्रथम श्रेणीमा उतिर्ण गरेकि थिइन् | बीकम सके पछि उनले केहि समय तत्कालिन नेपालको ग्रिन्लेज बैंकको कर्मचारी भएर बैंकिंग पेशाको अनुभब बटुलेका थिए भने एमकम अध्यायनको लागि फेरि कलेज भर्ना भएकी थिइन् । उनले फेरि मास्टरअफ कम्मर्स (एमकम) मा अध्यन गरिन र पहिलो वर्षको परिक्षामा फेरि पनि कलेज टप गरिन । अध्यायन लगायत जागिर संगसंगै छोरा छोरीको स्कुल, लालन पोषणलाई अगाडी बढाएका थिए ।

    श्रीमान राजेन्द्र रानाको पदोन्नतिको कारणले फेरी उनि दोस्रो पटक स-परिवारकोसाथ ब्रुनाई तथा युके आउनु परेको कारणले गर्दा फेरि पनि एमकमको अध्यायन पुरा हुन सकेन । ब्रुनाइमा रहदा उनले ब्रुनाई ग्यारिजन स्थित टुकर लाइन्स सेरियामा सेरिया गोर्खा स्कुलमा सिक्षिका रुपमा काम गर्न सुअबसर प्राप्त भएको थियो । श्रीमान राजेन्द्र राना ब्रिटिश आर्मीबाट अवकाश प्राप्त पछि स-परिवार बेलायतमा बस्ने निधो गरे । बेलायतमा रहदा राजेन्द्र राना सामाजिक सेवामा संलग्न भए । हेमाले उनको श्रीमान राजेन्द्रको पछाडी दह्रो खम्बा जस्तो उभिएर सधै श्रीमानलाई निरन्तर सहयोग गरि राखिन ।

    स्मरण रहोस, हेमाका श्रीमान राजेन्द्र राना मगर संघ युकेका निबर्तमान कोषाध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष हुन् । हेमाले स्नाकोत्तर पुरा गर्न नपाएकोमा पछुतो लागेको बताए पनि छोरी रैसा रानाले स्नाकोत्तर सकेर जागिर शुरु गरीसकेकी छिन भने छोरा रेमन कानुन बिषय लिएर स्नाकोत्तरमा अध्यायनरत रहेकोमा खुशी छन । हेमाका एक दाज्यु, एक भाई र एक दिदि छन ।

    हेमाले मगर संघ युकेको तथा सामाजिक सेवाको धेरै अनुभब बटुली सकेकी छिन । उनले युएजएसबी शाखा, महिला विभागको दुइ कार्यकाल सचिब पदमा अनुभब बटुलिसकेकि छिन भने एक कार्यकाल युएजएसबी शाखाका उपाध्यक्षमा रहेर आफ्नो दक्षता र क्षमता प्रदर्शन गरिसकेकि छिन । जसले गर्दा मगर संघ युकेका शाखाहरु मध्य अतिनै शक्तिसाली युएजएसबी शाखाकि अध्यक्ष बनेकी हुन् । मगर संघ युकेका केहि सदस्यहरुले मगर महिलाहरुलाई नेतृत्वदायी भूमिका दिन कन्जुस्याई गरेको भन्ने आरोप तथा आवाज गुज्याएस भैराखेको समयमा उनलाई अध्यक्षको जिम्मेवारी पाएकी हुन् । आशा एबं भरोसा राखौं भविष्यमा श्रीमती हेमा रानाले मगर संघ युके सेन्ट्रल हाक्ने दिन आउने छ ।

    बोलीमा भन्दा काममा बिश्वास गर्ने र आफुले पाएको जिम्मेवारीलाई जसरि भएपनि सफलतापुर्बक निर्बाह गर्ने बानी भएकी हेमा राना फुर्सदको समयमा सामाजिक सेवा गर्ने, जुम्बा क्लास जाने, ब्याट्म्याण्टिन खेल्ने र खाना पकाउनेमा सौखिन छिन ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य