प्रेम गाहा मगरको २६ एजेन्डा सहित एनआरएन युके अध्यक्ष पदका लागी उम्मेदवारीको घोषणा
लण्डन -एनआरएन यूकेको अध्यक्ष पदका लागि प्रेम गाहा मगरले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन यूकेको वर्तमान कार्यसमितिमा उपधक्ष्यमा रहेका मगरले उम्मेद्वारी घोषणाको साथ आफ्नो कार्ययोजना पनि सार्वजनिक गरेका छन् । दुई वर्षमा धेरै कुरा गर्न नसकिने भएकाले महत्वाकांक्षी कार्यक्रम घोषणा गर्नुको अर्थ नरहेको बताउँदै उनले हाम्रो एनआरएन राम्रो एनआरएन बनाउन ठूला कुरा भन्दा पनि साना साना काम गर्दै संगठनलाई बलियो बनाउने बताए । उनले पहिला लण्डनमा रहेका हरेक नेपाली समृद्ध हुनुपर्ने र दोस्रो पुस्ताकालागि सुन्दर भविष्य दिनुपर्ने दायित्व रहेको उल्लेख गरे । अध्यक्षका प्रत्यासी मगरले एनआरएनमा प्रत्यक्ष चुनाव हुनुपर्ने धारणा राख्दै सबैले छर्लङ्गै देख्न सक्ने पारदर्शी एनआरएन हुनुपर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताए ।
एनआरएन युकेको नयां कार्यसमितिको लागि आगामी १४ सेप्टेम्बरमा निर्वाचन हुदै छ ।
गैरआवासीय नेपाली संघ एनआरएन युकेको अध्यक्षका उम्मेदवार बनेका प्रेम गाहा मगर २६ बुंदे एजेन्डासहित मतदातासमक्ष प्रस्तुत भएका छन् । सन् २०१२ देखि एनआरएन युकेमा आवद्ध भएर काम गर्नु भएका गाहा मगरले आगामी २०१९-२१ को २४ महिने कार्यकालमा २६ काम गर्ने भन्दै आफ्ना एजेन्डा अगाडी सारेका छन् ।

प्रेम गाहा मगरले अघि सारेका एजेन्डा यस्ता छन्–
आदरणीय बुवा आमा दिदी बैनी तथा दाजु भाईहरु ! बेलायत धेरै नेपालीहरु बसोवास गर्ने मुलुक हो । यहा भुत पुर्व गोर्खा रतिनिहरुका परिवार, अध्यान रोजगार र ब्यावसाय लगायत अन्यअवसरको खोजिमा आएका तथा द्वन्दकालमा विस्थापित भएर आएकालाखौ नेपाली हरु बसोबास गर्दछन् । बेलायतमा नेपालीहरुको जनसंख्याबर्षेनी उच्चदरले बढिरहेको छ । यहा नेपालीहरुको जनसंख्यामात्र बढेकोछैन उनिहरुका सम्भावना, सरोकार र समस्याहरु पनि बढिरहेका छन् ।
हुनत बेलायतमा बस्ने नेपालीहरुको हकहितका लागि कार्य गर्ने क्षेत्रीय, जातीय, राजनितिक, ब्यावशायीक तथा अन्य सयौ नेपाली संघ संस्थाहरुछन् । तर विश्वब्यापी सन्जाल भएको, नेपालको कानुन तथा राज्यलेमान्यता दिएको, गैर आवासीय नेपालीहरुको साझा संस्था गैर आवासीयनेपाली संघनै सबै नेपालीहरुको लागि समान रुपमा कार्य गर्ने एक मात्रसंस्था हो । यस संस्थाबाट बेलायतमा बस्ने आम नेपालीको धेरै आसा रभरोषा गरेका छन् । अतः गैर आवासिय नेपाली संघ (एनआरएनए युके) बेलायतले यहाका नेपालीहरुले आसा गरे जस्तै कार्य गर्न सफल भएको छकि छैन मुल्याङ्कन गर्ने बेला भएको छ ।
तर एनआरएन युके लाई थप चुस्त र दुरुस्त राख्न तथा यसको लक्ष्यप्राप्तिका लागि यो संस्थालाइ थप प्रभावकारी बनाउन अत्याबस्यक भएकोेछ । गैर आवासीय नेपाली संघको जन्म बेलायतबाट भएको हो । त्यसैलेबेलायतलाइ कमजोर हुने छुट छैन । यसका लागि बेलायतकोएनआरएनलाई मौलिकरुपमै परिवर्तन गरेर एक सशक्त र प्रभावकारीबनाउने मौलिक दृष्टीकोण सहितको नेतृत्व आवस्यक भएको छ । गैरआवासीय नेपाली संघ बेलायतको आठौं कार्यकाल ( सन् २०१९ देखि२०२१) को अध्यक्ष पदमा मेरो उमेदवारी यसैका लागि भएको हो । मप्रभावकारी एनआरएनको दृष्टीकोण (भिजन) लिएर आएको छु ।
गैर आवासीय नेपाली संघ बेलायतको आठौं कार्यकाल (सन् २०१९ देखि२०२१) को अध्यक्ष पदमा मेरो उमेदवारको रुपमा मेरा प्रतिवद्धताहरु
१)गैर आवासीय नेपालीका लागि नेपाली नागरिकताकोनिरन्तरताको विषयमा निरन्तर अभियान चलाइने छ । नेपालकोनागरिकता सम्बन्धि ऐन, सम्बन्धित नियमावली तथा सम्विधानमा भएकाब्यावस्थाहरुका सम्बन्धमा विज्ञहरुका मार्फत आवस्यक छलफल, अन्र्तकृया तथा अध्ययन अनुसन्धान गरी गैर आवासीय नेपालीहरुको साविकको नेपाली नागरिकताको निरन्तरताका लागि नेपाल सरकारलाईदवाब दिने कार्य गरिने छ । नागरिकताको निरन्तरताका लागि बाधामानिएका कानुनहरुको खारेजी तथा नागरिकता निरन्तरताका लागि आवस्यक कानुनी तथा प्रसासनिक बन्दोबस्तीका लागि अन्तराष्ट्रियसमन्वय परिषद तथा सन्सार भर रहेका गैर आवासिय नेपालीहरु संगसमन्वय गरि प्रभावकारी अभियान चलाइने छ ।
२)निवृत गोर्खा शैनिक तथा तिनिहरुका परिवारहरु, तत्कालिननेपाल सरकारले बेलायती सरकारसंग सम्झौता गरि पठाएका नागरिक र तिनिहरुका परिवारहरु भएकाले, गोर्खाहरुको नागरिकतानखोस्न नेपाल सरकार संग माग गरि सशक्त अभियान चलाइने छ ।गोर्खाली सेनामा सेवा गरेका नेपालीहरुको समान पेन्सन तथा क्षति पुर्तिलगायत गोर्खा आन्दोलनको पक्षमा कार्य गरिने छ ।
३)गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिका सन्दर्भमात्यसको भोगचलन, बेचविखन, अंश पाउने तथा हस्तान्तरण गर्नेलगायतका सन्दर्भमा स्पष्ट कानुनी ब्याबस्था गर्न अभियान चलाइने छ ।नेपालमा गैर आवासीय नेपालीले घर जग्गा किन बेच गर्दा गैरआवासीय नेपाली र अन्य नेपालीहरुका विचमा प्रसाशैनिक प्रकृयामा वाकर तथा दस्तुरमा भएका भेदभाव जन्य ब्यावस्थाहरु हटाइ कानुनीतथा प्रसाशनिक सरलता ल्याउन पहल गरिने छ ।
४)नेपालमा लगानी भित्राउने तथा गैर आवासिय नेपालीहरुकोनेपालमा भएको लगानीको सुरक्षाका लागि विशेष पहल गरिने छ ।लगानीका सन्दर्भमा केवल ठुला र धनी ब्यावशायीले मात्र अवसर पाएकोसन्दर्भमा कम आम्दानी भएका गैर आवासीय नेपालीहरुलाइसमेत लगानीका अवसर जुटाइने छ ।
५) नेपालमा प्रर्यटन प्रबद्धन गर्ने सम्बन्धमा नेपालमा पर्यटनपुर्वाधारको विकास तथा बेलायतमा त्यसको प्रचार प्रसारका लागि विभिन्न कार्यक्रमको आयोजना गरिने छ ।
६) नेपालमा तथा बेलायतमा रहेका नेपालीहरुको कल्याणका लागिविभिन्न सामाजिक तथा कल्याणकारी कार्यक्रमहरु संचालन गरिनेछ ।
७) लाप्राक नमुना बस्ति लगायतका गैर आवासिय नेपाली सघकासबै परियोजनाहरुमा बेलायतका तर्फबाट निरन्तर रुपमा आवस्यकआर्थिक भौतिक तथा प्राविधिक सहयोग गर्दै सशक्त रुपमा सहभागिजनाइने छ ।
८)गैर आवासिय नेपाली संघ बेलायतलाइ बेलायतमा बसोवास गर्नेसबै नेपालीको साझा संस्थाको रुपमा विकास गरिने छ । गैरआवासिय नेपाली संघ बेलायतमा, बेल्स, स्कटल्याण्ड तथा नर्दनआयरल्याण्डलाइ मुल प्रवाहमा समेट्दै इग्ल्याण्ड भित्र पनिमिडल्याण्ड लगायत लण्डन बाहिरका क्षेत्रमा रहेका नेपालीहरुलाइसंगठित गरि पुल प्रवाहमा ल्याइने छ । गैर आवासिय नेपाली संघबेलायतले संचालन गर्ने गति विधि तथा कार्यक्रमहरुलाइ लण्डन बाहिरकासहरहरुमा समेत आयोजना गरिने छ ।
९)संगठनको संरचनामा परिबर्तन भए पछि गैर आवासीय नेपाली संगबेलायत सबै नेपालीहरुको साझा संस्था भएको महशुस हुने हुदा यससंगठन प्रति आम नेपालीको आस्था र विस्वास बड्ने छ । तदनुरुपआगामी २ बर्षमा यसको पन्जिकृत सदस्य संख्या २० हजार भन्दामाथि पुर्याइने छ । यसका लागि गैर आवासिय नेपाली संघकासदस्यहरुलाइ विभिन्न छुट तथा सहुलियत दिलाउने छ भने सदस्यतासधै खुला गरिने छ ।
१०) गैर आवासीय नेपाली संघ, यसका सदस्य तथा पदाधिकारीहरुर समुदायका विचको सम्बन्ध अझै घनिष्ट बनाउने तथा उनिहरुलाइआवस्यक पर्ने परामर्श, सहयोग सहज रुपमा उपलब्ध गराउनका लागि गैरआवासीय नेपाली संघ बेलायतको कार्यालय स्थापना गरि एकपुर्णकालिन कर्मचारीको ब्यावस्था गरिने छ ।
११) गैर आवासीय नेपाली संघ बेलायतको आपतकालिन राहातकोषलाइ आगामी २ बर्षमा ५० हजार भन्दा माथि पुर्याइने छ । यसका लागि बेलायतमा भएका नेपालीहरुका संघ संस्थाको सहयोगमाविभिन्न गतिविधीहरु गरिने छ । नेपालको कला र संस्कृती तथाखेलकुद र अन्य क्षेत्रको अभिबृद्धीका लागि नेपालबाट त्यो क्षेत्रका प्रसिद्धतथा प्रबुद्ध ब्याक्तीहरुलाइ आमन्त्रण गरि बेलायतका विभिन्नसहरहरुमा विभिन्न गतिविधि गरि कोष संकलन गरिने छ ।
१२) बेलायतमा रहेका सबै नेपालीहरुको सपनाको घर नेपाल हाउसनिर्मार्ण परियोजना लाइ ब्युताइने छ । यसका लागि सेयर वितरणलगायत लगानी जुटाइने उचित उपाय अपनाइने छ । भने नेपालबाट हिन्दुतथा बौद्ध धर्मका धर्म गुरुहरुलाइ आमन्त्रण गरि अध्यात्मीकजागरण तथा नेपाल हाउसका लागि लगानी जुटाइने छ ।
१३)बेलायती सेनामा धाइते भएका तथा अपाङ्गता भएका अन्यनेपाली हरुको भेला आयोजना गरि । अपाङ्गता वा फरक क्षेमता भएका ब्याक्तिहरु प्रतिको समाजको नजरलाइ परिवर्तन गर्न हेल्प फरहिरोज संगको सहकार्यमा लण्डनको प्रसिद्ध रोयल अल्वर्ट हलमाएक विशेष कार्यक्रमको आयोजना गरिने छ । जस्मा बेलायतकोराजपरिवारको सहभागिताका लागि पहल गरिने छ ।
१४)बेलायतको नेपाली समुदायमा रहेका बौद्धिक तथा ब्याबशायीकब्याक्तीहरुलाई गैर आवासीय नेपाली संघको मुल प्रवाहमा ल्याउदैसस्थाको विकास तथा यसको उदेश्य अनुरुपका कार्य गर्नका लागिविशेषज्ञका रुपमा सहभागी गराइने छ । यसका लागि विशेषज्ञसमुहको निरन्तर भेला तथा अन्र्तकृया कार्यक्रमको आयोजना गरीसंस्थाका परियोजना तथा नेपाल र नेपालीको विकासका लागिआवस्यक पर्ने ज्ञान, सीप र अनुभव (स्कील ट्र«ान्फर) गर्नका लागि पहलगरिने छ ।
१५)बेलायतमा रहेका नेपाली युवाहरुमा खेलकुद, कलाकारिता वाअन्य प्रसस्तै प्रतिभा तथा सम्भावनाहरु छन् । तिनीहरुलाई प्रात्साहन गर्न विभिन्न ट्यालेन्ट सो तथा प्रतियोगितात्मक कार्यक्रमहरुआयोजना गर्ने । उनिहरुको क्षमता विकासका विभिन्न तालिम, तथाप्रशिक्षण र लागि बाहृय प्रतियोगिता हरुमा सहभागिताका लागि समन्वयगरिने छ ।
१६)बेलायतमा अध्ययनका लागि आउने नेपाली विधार्थी हरु तथायहा अध्ययन रत नेपाली विधार्थीहरुको हितका लागि कार्य गर्नविधार्थीहरु मध्यबाटै स्टुडेन्ट हेल्प डेस्क स्थापना गरि उनिहरुकोसमस्याको सुनुवाइ गर्ने, उनीहरुलाइ आवस्यक सल्लाह र सुझावदिने तथा सहयोग पुर्याउने कार्य गरिने छ ।
१७)बेलायतमा रहेका नेपाली बृद्ध बृद्धा (बाबा आमा) हरुका लागिअत्याबस्यक सेवाहरु अस्पताल, जिपी, काउन्सील अफिस लगायतमा आवस्यक सहयोग पुर्याउन दोभाषे तथा अन्य स्यम्सेवीकोब्याबस्था गरिने छ । समुदायमा रहेका युवाहरुलाइ स्वयंसेवककोरुपमा कार्य गर्न प्रेरित गरी नेपाली बाबा आमाको सहयोगका लागिपरिचालित गरिने छ ।
१८) गैरआवासीय नेपाली संघ बेलायतले अहिलेसम्म पनि समेट्ननसकेका बुद्धिजिवी, युवा, विद्यार्थी, महिला, खेलाडी, कलाकार, मिडियाकर्मी, विभिन्न पेशाकर्मीहरु सहित सबैलाई संस्थामा आकर्षित रआबद्ध गराउन आवश्यक विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ ।
१९)बेलायतमा नेपालीहरुबाट सञ्चालित विभिन्न व्यवसायहरुकोप्रबद्र्धनका लागि कार्य गरिने छ ।
२०)बेलायतबाट सञ्चालित नेपाली मिडियाहरुको विकास तथा स्तरउन्नतिका लागि पत्रकार महासंघ बेलायतसंग सहकार्य गरि विशेष कार्यगरिने छ ।
२१)गैरआवासीय नेपाली संघका सम्पुर्ण नीति तथा कार्यक्रमहरुकोसफल कार्यान्वयनका लागि विभिन्न विभागहरु गठन गरेर जिम्मेवारीविभाजन गरिने छ । सम्पुर्ण विभागहरुलाई स्वतन्त्र रुपमा काम गर्नेवातावरण सिर्जना गरिने छ भने । राष्ट्रिय समन्वय परिषदले नियमितरुपमा सम्पुर्ण विभागहरुको प्रगति विवरण हेर्ने , मुल्यांकन गर्ने रआवश्यकता अनुसार सुझाव तथा निर्देशन दिने कार्य गर्नेछ ।
२२) गैरआवासीय नेपाली संघ बेलायतका सम्बन्धमा आम नेपालीसमुदायमा रहेका विभिन्न गुनासा, असन्तुष्टीहरुको सम्बोधन गर्न एक छुट्टैकार्यदल बनाइने छ । समुदायको भावनाअनुसार संस्थालाई अघि बढाउनतत्काल आवस्यक सुधार गरिने छ । यसको काम गर्ने तरिका तथा विभिन्नकार्यक्रम अनावस्यक आसन भाषण र आभुषण कम गरि कार्यक्रमहरुकोब्यायभार घटाउने कार्य गरिने छ ।
२३) नेपाल र नेपालीको हितमा कार्य गर्न लण्डनस्थित नेपालीदूतावास र गैरआवासीय नेपाली संघ बेलायतबीचको समन्वय र सहकार्यगरिने छ ।
२४) नेपालीहरुमाझ मात्र नभएर बेलायती र अन्य गैरनेपालीसमुदायमा समेत नेपाली भाषा, कला, संस्कृति प्रवर्धन गर्न तथा नेपालीव्यवसाय र नेपाली सामग्रीहरुको तथा नेपालको पर्यटन प्रबद्र्धन गर्न, बेलायतमा रहेका स्थानीय नेपाली संघसंस्थाहरुको सहकार्यमा हरेक वर्षबेलायतका विभिन्न ठाउँमा नेपाल एनआरएन महोत्सवको आयोजना गरिनेछ ।
२५) गैर आवासिय नेपाली संघको आर्थिक कृयाकलापलाई थपपारदर्शि बनाइने छ । यस सस्थाका विभिन्न निकायमा कार्यरतपदाधिकारी तथा सदस्यहरु, अग्रज तथा पुर्व पदाधिकारीहरु तथासल्लाहकार हरुको मेलीङ्ग लिष्ट तयार पारी गैर आवासीय नेपाली संघबेलायतको गतिविधीहरु मासिक रुपमा अधाबधिक गर्ने प्रचलनकोसुरुवात गरिने छ ।
२६) गैर आवासीय नेपाली संघ बेलायतका अग्रजहरु यहाकोबौद्धिक तथा ब्यावसायीक समुदायको सल्लाह र सुझाबमा थप कार्यक्रमतथा योजनाहरु निर्माण गरि कार्यानवयन गरिने छ ।
आदरणीय बुवा आमा दिदी बैनी दाजु भाईहरु ! माथि मैले केबल मेरा प्रतिबद्धताहरु मात्र प्रस्तुत गरेको होइन ।तिनीहरु एनआरएनमा मेरो नेतृत्वमा गर्नै पर्ने कार्यहरु हुन । म यहाहरुलाईविश्वास दिलाउन चाहान्छु, यी कार्य सम्पन्न गर्न लागि म पुर्ण रुपमा तयारर योग्य छु । विगतमा आर्जन गरेको अनुभव, ज्ञान, सीपलाई सदुपयोग गर्दैगैरआवासीय नेपाली संघ बेलायतलाई एक सबल, गतिशिल र दुरदर्शीनेतृत्व प्रदान गर्ने मेरो यो दृढ सकल्प यहाहरु समक्ष प्रस्तुत गरेको छु ।
अहिले म गैरआवासीय नेपाली संघ बेलायतको उपाध्यक्षका रुपमाकाम गरिरहेको छु । उपाध्यक्षको रुपमा मलाइ दिइएको जिम्मेवारी पुर्णरुपमा निर्वाह गरेको र गरिरहेको छु । अन्य उपाध्यक्ष सरह मलाइ दिइएकोच्यारिटी विभाग यो कार्यकालको सबै भन्दा प्रभावकारी विभाग हो । मेरोनेतृत्वको यो विभागले एतिहासीक रुपमा ठूला ठूला च्यारिटी इभेन्सहरुकोसफल आयोजना गरेको तथ्य कसैबाट छिपेको छैन । मैले जुन अनुभवहासिल गरेको छु, त्यसले मलाई अब संस्थालाई सबल नेतृत्व दिन मसमर्थ छु भन्ने आत्मविश्वास दिलाएको छ । दुई वर्षे कार्यकालमा च्यारिटीविभागको प्रमुखका रुपमा मैले निर्वाह गरेको भुमिकाको न्यायोचितमुल्यांकनले मात्र पनि मलाई भावी नेतृत्वका लागि लायक ठहर गर्नेनै छ ।
गैरआवासीय नेपाली संघमा आउनुपूर्व नेपालको राष्ट्रिय खेलाडीकोरुपमा नेपालको सेवा गरेको हुँ । मैले बेलायती सेनाको एक सिपाहीकारुपमा समेत सेवा गरेको छु । ब्याबसायीक रुपमा कार्य गरेको अनुभबलगायतका आधारमा म नेपाल र नेपालीलाइ मात्र बुझेको छैन बेलायत रयहाभएका हामी नेपालीहरुका समस्यालाइ नजिकबाट बुझेको छु ।तिनिहरुलाइ समाधान गर्दै हाम्रो समुदायको उज्वल भविष्य देखाउनेदृष्टीकोण (भिजन) लिएर म आएको छु ।
बेलायतमा नेपालीको नया पुस्ता तयार भैरहेको छ । हामी पछाडीको त्योपुस्तालाइ हामी संगै हिडाउने चुनौति हाम्रो अगाडी छ । यदि साच्चीकैबेलायतमा नेपालीहरुको लागि कार्य गर्ने हो भने वा बेलायतमा सधै नेपालीभएर बाच्ने हो भने यो तन्नेरी पुस्तालाइ मुल प्रवाहमा ल्याउन अत्यन्तै जरुरीछ । नेपाल र नेपालीको पहिचान, सस्कृती र सभ्याताको उनीहरुमाहस्तान्तरण मात्र होइन, उनीहरु मार्फत त्यसको सम्बर्धन तथा संरक्षण गर्नुपर्ने हुन्छ । गैर आवासीय नेपालीको अभियानमा विविध कारणले मयुवाहरु संग धेरै जोडिएको छु । मेरो पुस्ता भन्दा माथिल्लो पुस्ता अर्थातबेलायतमा भएको पाको नेपाली पुस्ताको आर्सिवाद मलाइ प्राप्त छ । मेरोपुस्ताका तमाम साथीहरु संग त म काम गरिरहेको छु अतः म सबै पुस्ताकानेपालीहरु संग जोडिएको तिनीहरुको सहि अर्थमा प्रतिनिधित्व गर्न सक्षमब्याक्ति हँु ।
माथिका प्रतिबद्धताका अलावा मैले गैर आवासीय नेपाली संघ बेलायतकाअग्रजहरु, यहाका बौद्धिक तथा ब्याबशायीक ब्याक्तीत्वहरुको सल्लाह रसुझावलाइ सदा सिरोपर गर्दै कार्य गर्ने छु । म एक इमानदार, कर्तव्यनिष्ठसेवकको रुपमा नेपालीहरुको विचमा कार्य गर्न पाउने आसाका साथआएको छु । गैरआवासीय नेपाली संघ बेलायतको आठौं कार्यकाल (सन्२०१९ देखि २०२१) को अध्यक्ष कार्य गर्ने अभिमतका लागि तपाइहरुसबैको साथ र सहयोगको अपेक्षा गरेको छु । धन्यवाद । प्रेम गाहा मगर अध्यक्षको उमेदवार














तपाइँको प्रतिक्रिया