चिम्खोले काईलालाई हंगकंगमा भब्य स्वागत
गत सनिवार २२ जुनका दिन मगर संघ हंगकंगले साहित्यकार, पत्रकार तथा समाजसेवी चिम्खोले काईलालाइ जोर्डन स्थित मगर घरमा भब्य स्वागत गरेको छ । उक्त कार्यक्रममा पुन मगर समाज हंगकंग, मगर महिला संघ हंगकंग, मोना हंगकंग, लांघाली समाज हंगकंग, मगर रोष्ट गुमष्ठा हंगकंग, हंगकंग नेपाली डटकम, लुम्बिनी मंच हंगकंग र बुटवल हिल पार्क समाजले पनि उनलाई स्वागत गरेको छ । चिम्खोले काईला चलचित्र मेजर पेन्सन खाउलिको प्रदर्शनको सिलशिलामा हंगकंग पुगेका हुन I पुन मगर समाज हंगकंगको बिशेष पहलमा उक्त चलचित्र प्रदर्शन हुन गैरहेको हो । पुन मगर समाज हंगकंगको अध्यक्ष गोमा पुनले चलचित्र प्रदर्शनबाट संकलित रकमबाट सम्पूर्ण खर्च कटाएर बाकी रहेको रकम प्रोजेक्ट पोसिबलका अभियन्ता निर्मल पुर्जालाई सहयोग गर्ने जनाकारी दिएका छन ।
उक्त कार्यक्रममा मगर महिला संघका अध्यक्ष कुमारी थापा, मोना हंगकंगका भूपू अध्यक्ष तथा मगर संघ हंगकंगका सल्लाहकार दल शेर्पुजा, मोना हंगकंगका भूपू उपाध्यक्ष तिपेन गर्बुजा बरिष्ठ पत्रकार तथा हंगकंग नेपाली मंचका सम्पादक तुल्सीराज राना, मगर रोष्ट गुमष्ठाका प्रतिनिधि तथा कलाकार रबिन्द्र थापा लगायत अन्य समाजसेवी तथा बुद्धिजीवीहरुको बाख्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा पुन मगर समाज हंगकंग भूपू अध्यक्ष तथा मगर संघ हंगकंगका सल्लाहकार राजु पुन, मोना हंगकंग तथा मगर संघ हंगकंगका सल्लाहकार भूपू अध्यक्ष इन्द्र थापा, लुम्बिनी मंच हंगकंग अध्यक्ष तथा मगर संघ हंगकंगका सल्लाहकार गणेशजंग राना र बुटवल हिल पार्कका संयोजक तथा मगर संघ हंगकंगका सल्लाहकार हेम थापाले कार्यक्रमको बारेमा आ-आफ्नो मन्तब्य राखेका थिए ।
मगर संघ हंगकंगका कार्यकारी अध्यक्ष तथा बर्तमान महासचिब नन्द रानाको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि चिम्खोले काईला थिए भने पुन मगर समाजका सचिब सुजन तिलिजाले संचालन गरेको कार्यक्रममा पुन मगर समाज हंगकंगका अध्यक्ष गोमा पुनले स्वागत मन्तब्य दिएका थिए ।









तपाइँको प्रतिक्रिया