• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

चलचित्र मेजर पेन्सन खाउली हंगकंगमा पनि भब्य प्रदर्शन

  •   १४ असार २०७६, शनिबार १५:४६ 
  • युकेमा सर्बाधिक चर्चा बटुलेको चलचित्र मेजर पेन्सन खाउली गत आइतबार जुन २३ को दिन हंगकंगको काउलोनस्थित यौमाटाई कमुनिटी हलमा भब्य प्रदर्शन भएको छ  । सो चलचित्र प्रदर्शन गर्न तथा विश्वको आठ हजार भन्दा माथिका १४ वटा हिमाल ७ महिना भित्र चढ्ने तथा प्रोजेक्ट पोसिबलका अभियन्ता निर्मल पुर्जा एमबीइको प्रोजेक्ट “प्रोजेक्ट पोसिबल” लाई सहयोग गर्न चिम्खोले काईला हंगकंग पुगेका हुन्  । उक्त चलचित्र मेजर पेन्सन खाउली प्रदर्शन गर्नको लागि पुन मगर समाज हंगकंगले प्रमुख संयोजकको भूमिका निभाएको छ भने मोना हंगकंग, मोना आइसीसी, एनआरएन हंगकंग, मगर संघ हंगकंग, मगर रोष्ट गुमष्ठा हंगकंग, मगर महिला संघ हंगकंग, लांघाली समाज हंगकंग, १९८२ ग्लोबल इन्टेक हंगकंग, चिम्खोले समाज हंगकंग, दोवातानी समाज हंगकंग र बेगखोला कल्याणकारी समाज उपशाखा हंगकंगले उपसंयोजकको भूमिका निभाएर उक्त प्रोजेक्ट पोसिबललाई केहि रकम जुटाउन सफल भएको छ  ।

    कार्यक्रमको पहिलो चरणमा पुन मगर समाज हंगकंगले चलचित्र पर्दर्शन गर्न सहयोगी भूमिका निभ्याउने संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई खडा लगाएर स्वागत गरेका थिए  । सो कार्यक्रममा उपस्थित भएका संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई साहित्यकार, पत्रकार तथा समाजसेवी चिम्खोले काईलाले पनि उक्त संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई खडा लगाएर सम्मान गर्नको साथै उनका कृतिहरु उपहार स्वरूप प्रदान गरेका थिए  ।

    चिम्खोले काईला प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रमुख आयोजक संस्था तथा कार्यक्रमको अध्यक्ष पुन मगर समाज हंगकंगका अध्यक्ष गोमा पुन, बिशेष अतिथिमा गैर आबसीय नेपाली संघ हंगकंगका अध्यक्ष तथा मोना आइसिसीका बरिष्ठ उपाध्यक्ष टिका पुन गुरुङ, मोना हंगकंगका अध्यक्ष कर्ण पुन, मगर संघ हंगकंगका कार्यकारी अध्यक्ष तथा सचिब नन्द राना, मगर महिला संघ हंगकंगका अध्यक्ष कुमारी थापा, लांघाली समाज हंगकंगका अध्यक्ष हर्क राना, पुन मगर समाजका भूपू अध्यक्ष तथा मोना हंगकंगका सल्लाहकार राजु पुन, मोना हंगकंगका भूपू अध्यक्ष तथा मगर संघ हंगकंगका सल्लाहकार दल शेर्पुजा, मोना हंगकंगका भूपू अध्यक्ष तथा मगर संघ हंगकंगका सल्लाहकार इन्द्र थापा, मोना हंगकंगका बरिष्ठ उपाध्यक्ष प्रमोद गिरी, पुन मगर संघ हंगकंगका भूपू उपाध्यक्ष तिपेन गर्बुजा, पुन मगर समाजका सचिब जेबिन्द्र पुन, लुन्बिनी मंचका अध्यक्ष गणेश राना, बुटवल हिल पार्कका संयोजक हेमराज थापा, बरिष्ठ संचारकर्मी तथा हंगकंग नेपाली डट कामका सम्पादक तुल्सीराज राना, मोना हंगकंगका सल्लाहकार यम पाइजा, मोना हंगकंगका सल्लाहकार गिरी शेर्पुजा, दोवातानी समाज हंगकंगका उपाध्यक्ष इन्द्र पुन, समाजसेवी घान्द्रुके साइला लगायत सयौको उपस्थिति रहेको थियो ।

    उक्त पहिलो चरणको कार्यक्रमको अध्यक्षता पुन मगर समाज हंगकंगकी अध्यक्ष गोमा पुनले गरेकी थीइन भने संस्थाका सहसचिब सुजन पुनले संचान गरेका थिए  । चलचित्रको पर्दर्शनको क्रममा प्राबिधिक तर्फ नेपाली चलचित्र एजु भाग दुइका नायक तथा संचारकर्मी इन्द्र पुन र राम पुनले सहयोग गरेका थिए  ।

    कार्यक्रमको दोस्रो चरणमा चलचित्र मेजर पेन्सन खाउलिको पर्दर्शन भएको थियो  । दुत पुन, जमुना पुन र गोरे गुरुंगले निर्माण गरेको चलचित्र मेजर पेन्सन खाउलिको पटकथा र गीतहरुको शब्द संकलन चिम्खोले काईलाले गरेका छन भने निर्देशन गोरे गुरुंगले गरेका छन  । चलचित्रमा मुख्य नायकको भूमिका गोरे गुरुंगले निभाएका छन भने रन्जिता गुरुंगले नायिकाको भूमिका निभाएकी छिन  । चलचित्र पर्दर्शन पछि प्रतिक्रिया लिनेक्रममा चलचित्र राम्रो भए पनि दुत पुन तथा चिम्खोले काईलालाई चलचित्रमा अभिनय गरेको देख्न चाहेको तर उनि उक्त चलचित्रको कुनै पनि अभिनयको भूमिकामा नदेखिएकोमा गुनाशो गरेका छन  ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य