• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

चिम्खोले काईलालाई हंगकंगमा स्वागत तथा बिदाइ

  •   १४ असार २०७६, शनिबार १५:५७ 
  • गत सोमबार २४ जुनकोको दिन साहित्यकार, पत्रकार तथा समाजसेवी चिम्खोले काईलालाई म्याग्दी प्रवासी संघ (मोना) हंगकंगले हंगकंगको जोर्डन स्थित बुल्यू यशियन रेस्टुरेन्टमा स्वागत तथा बिदाइ गरेका छ | सो स्वागत तथा बिधाई कार्यक्रममा गैर आबसीय संघ हंगकंग, मोना आइसीसी, पुन मगर समाज हंगकंग, चिम्खोले समाज हंगकंग, दोवातनी समाज हंगकंग र बेग्खोले कल्याणकारी समाज उपशाखा हंगकंगले पनि उनलाई संयुक्तरुपमा स्वागत तथा बिदाइ गरेका छन ।

    विश्वको आठ हजार भन्दा माथिका १४ वटा हिमाल ७ महिना भित्र चढ्ने तथा प्रोजेक्ट पोसिबलका अभियन्ता निर्मल पुर्जा एमबीइको प्रोजेक्ट “प्रोजेक्ट पोसिबल” लाई सहयोग गर्न चिम्खोले काईला हंगकंग पुगेका हुन् | उनि चलचित्र “मेजर पेन्सन खाउली” लिएर उक्त प्रोजेक्ट पोसिबललाई सहयोग गर्न हंगकंग गएका थिए  । उक्त चलचित्र मेजर पेन्सन खाउली प्रदर्शन गर्नको लागि पुन मगर समाज हंगकंगले प्रमुख संयोजकको भूमिका निभाएको थियो भने मोना हंगकंग, मोना आइसीसी, एनआरएन हंगकंग, मगर संघ हंगकंग, मगर रोष्ट गुमष्ठा हंगकंग, मगर महिला संघ हंगकंग, लांघाली समाज हंगकंग, १९८२ ग्लोबल इन्टेक हंगकंग, चिम्खोले समाज हंगकंग, दोवातानी समाज हंगकंग र बेगखोला कल्याणकारी समाज उपशाखा हंगकंगले उपसंयोजकको भूमिका निभाएर उक्त प्रोजेक्ट पोसिबललाई केहि रकम जुटाउन सफल भएका छन  ।

    स्वागत तथा बिदाइ कार्यक्रममा चिम्खोले काईलालाई मोना हंगकंग, गैर आबसीय संघ हंगकंग, मोना आइसीसी, पुन मगर समाज हंगकंग, चिम्खोले समाज हंगकंग, दोवातनी समाज हंगकंग र बेग्खोले कल्याणकारी समाज उपशाखा हंगकंग लगायत उनका नजिक नातेदार तथा सम्पूर्ण साथिभाइले उनलाई मायाको चिनो तथा उपहार प्रदान गरेका थिए  ।

    कार्यक्रममा बोल्ने बक्ताहरु प्रया: सम्पूर्णले चिम्खोले काईलाको चरित्र, क्षमता र उनीमा रहेको बहु प्रतिभाको बारेमा प्रकाश पारेका थिए भने मगर संघ हंगकंगका तथा मोना हंगकंगका भूपू अध्यक्ष दल शेर्पुजाले चिम्खोले काईलाले जस्तो समाजसेवा गर्न सके पनि बन्दुक र कलम एकै चोटी उठाउन नसकिने ठोकुवा गरेका थिए  । चिम्खोले काईला एउटा समाजसेवी, पत्रकार, साहित्यकार तथा सर्जक, लाहुरे, लाहुरे भए पनि साठ्ठी बर्षे उमेरमा पनि मास्टर डिग्री गरेर नेपाली जनसमुदायको प्रेरेणाको अभिभाबित्व ग्रहण गरेको भनेर खुलेरै प्रशंसा गरेका थिए  ।

    चिम्खोले काईला प्रमुख अतिथि रहेको कार्यक्रममा बिशेष अतिथिमा गैर आबसीय नेपाली संघ हंगकंगका अध्यक्ष तथा मोना आइसिसीका बरिष्ठ उपाध्यक्ष टिका पुन गुरुङ, पुन मगर समाजका अध्यक्ष गोमा पुन, पुन मगर समाजका भूपू अध्यक्ष तथा मोना हंगकंगका सल्लाहकार राजु पुन, मोना हंगकंगका भूपू अध्यक्ष तथा मगर संघ हंगकंगका सल्लाहकार दल शेर्पुजा, मोना हंगकंगका भूपू अध्यक्ष तथा मगर संघ हंगकंगका सल्लाहकार इन्द्र थापा, मोना हंगकंगका बरिष्ठ उपाध्यक्ष प्रमोद गिरी, पुन मगर संघ हंगकंगका भूपू उपाध्यक्ष तिपेन गर्बुजा, एसआर क्लवका अध्यक्ष तथा मोना हंगकंगका सल्लाहकार ज्ञानेन्द्र थापा, मोना हंगकंगका सल्लाहकार यम पाइजा, मोना हंगकंगका सल्लाहकार गिरी शेर्पुजा, दोवातानी समाज हंगकंगका उपाध्यक्ष इन्द्र पुन लगायत थुप्रैको उपस्थिति रहेको थियो  ।

    संस्थाका सचिब जेबिनद्र फगामीले संचालन गरेका उक्त स्वागत तथा बिदाइ कार्यक्रमको अध्यक्षता मोना हंगकंगका कर्ण पुनले गरेका थिए भने स्वागत मन्तब्य मोना हंगकंगका भूपू अध्यक्ष दल शेर्पुजाले गरेका थिए  ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य