• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

भिसी कपको आयोजना गरी वीरताको चिह्न भिक्टोरिया क्रस पाएका वीर गोर्खालीहरूको सम्झना

  •   २३ असार २०७६, सोमबार १७:४० 
  • फोटो: शिव भण्डारी
    लण्डन । शनिबार ६ जुलाई २०१९ । लण्डनमा अवस्थित फेल्थामको कम्युनिटी कलेजको फुटवल मैदानमा गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले १० औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई सम्झना गरी सम्मान प्रदान गरेको छ । गोर्खालीहरूका समाजहरू बेलायतभरि थुप्रै रहे तापनि अदम्य साहसी वीर गोर्खालीहरूको सम्झनास्वरूप भिसी कपसहित भिसी मेमोरियल गर्ने संस्था गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लो मात्र रहेको छ ।


    यस अवसरमा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, विशेष अतिथिमा एमपी सीमा मलहोत्रा, उपमेयर रघुविंदर सिधु, काउन्सिलर विष्णु गुरुङ, काउन्सिलर हानी खान, काउन्सिलर हिना मिर, गोर्खाली आर्मीमा उच्च पदमा पुग्नुभएका लेफ्टेनेन्ट कर्नेल याम राना, लेफ्टेनेन्ट कर्नेल टोल खाम्चालगायत थुप्रै गोर्खा अफिसरहरूको उपस्थिति रहेको थियो । यस अवसरमा भिसी गजे घलेका सुपुत्र डम्मर घले र भिसी तुलबहादुर पुनकी सुपुत्री माया पुनको विशेष उपस्थिति रहेको थियो । रोयल ब्रिटिश लिजनसहित क्याडेट फोर्सले मार्च गरेको परेडमा जोन वेदर्सले परेड कमाण्डर गरेका थिए भने डिपुटी लेफ्टेनेन्ट लण्डन वरो अफ हन्स्लोले जनरल सलुट लिएको थियो ।


    नेपाली परिकारसहित खानाको टेन्ट रहेको यस भेलामा विभिन्न जानकारीका लागि टेन्ट पनि राखिएको थियो । बेलायतको सबैभन्दा ठूलो च्यारिटी साफाका बारेमा काउन्सिलर विष्णु गुरुङ र बम थापा (सूर्यवङ्शी) द्वारा जानकारी टेन्ट, ए स्टारका मीन दर्लामी र किशोर रानाले मोर्गेजबारे जानकारी दिनका लागि टेन्ट राखिएको थियो भने सारु इमेजका प्रोप्राइटर भीम सारूद्वारा कस्टम प्रिन्टसहित विभिन्न आर्मीका समान राखिएको थियो ।


    संस्थाका अध्यक्ष डोल मल्लको अध्यक्षतामा गरिएको यस कार्यक्रमका संयोजक संस्थाका खेलकुद सचिव लाल रोकाले गरेका थिए । संस्थाका महासचिव देवकुमार राईले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सचिव बम थापा (सूर्यवङ्शी) ले मेमोरियल परेड सञ्चालन गरेका थिए ।


    संस्थाका सल्लाहकार पोमु लिम्बूको संयोजकत्वमा ताइक्वान्डो शो राखिएको थियो भने अति नै मनमोहक स्थानीय नेपाली कलाकारहरूको नृत्यसहित पाइपर र धौलागिरि नौमती बाजा भएको यो कार्यक्रममा ठूलो संख्यामा नेपालीहरूको सहभागिता रहेको थियो ।


    फुटबल अन्डर १६, भेटेरेन र मेन टिम गरी ३ प्रकारका टिम खेलकुद सचिव लाल रोकाको संयोजकत्वमा गरिएको थियो । अन्डर १६ को उपविजेता १९७ फेल्थाम भएको छ भने एफसी केन्ट विजय भएका छन् । त्यस्तै गरी भेटेरनका डिएफसी उपविजेता र इलाम एफसी विजेता भएको छ । भेटेरनका धेरै गोल गरेर टप स्कोरको उपाधि बीबीसीका मिलन राईले पाए भने म्यान अफ दि म्याच डिएफसीका प्रेम लिम्बुले पाएका छन् ।


    फुटबलको मेन टिमको उपविजेता आईटिसी क्याटरिक भएको छ भने केवाईसी (किरात थाक्थुङ चुम्लुङ) बी १३ ले भिसी कप हात पार्न सफल भएको छ । धेरै गोल गरेर टप स्कोरको उपाधि आईटिसी क्याटरिकका जीवन गुरुङले पाए भने म्यान अफ दि म्याच केवाईसीका विल्सन अल्मेदीले पाएका छन् । यस अवसरमा सबैभन्दा राम्रो मेनेजरलाई एउटा विशेष पुरस्कार राखिएको थियो जुन पुरस्कार भेटरेनका म्यानेजर धन राईले हात पारेका छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य