• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

व्यक्तित्व पुनम गुरुङ

  •   १२ श्रावण २०७६, आईतवार ११:४४ 
  • प्रस्तुति चिम्खोले काईला- बेलायत

    नेपालमा संबिधान सभाको निर्वाचन पश्चात संबिधानले महिलाहरुलाई नेतृत्वबर्गमा पुर्याउन धेरै भूमिका खेलेको छ ।जसको कारण तथा सक्षम नेपाली महिलाहरु धेरै नेतृत्वबर्गमा रहेर आ-आफ्नो अनुभबहरु बटुलेरहेका छन । सोहि क्रममा गैर आबशीय नेपाली संघ युकेको महाधिवेशन नजिकिदै जादा बर्तमान उपाध्यक्ष पुनम गुरुङले पनि अध्यक्ष पदको दाबि गर्दै दौडधुपमा निस्केकी छिन । उनि जनजाति महिला तथा बेलायतमा बसोबास गर्ने नेपालीहरु मध्य ठुलो हिस्सा ओगोटेर बसेका एउटा जातीय समुदायका चेली हुनको कारणले गर्दा तथा उनीमा रहेको इमान्दारिता, बफादारिता, लगनशीलता, कर्तब्यपारायण लगायत एउटा शिक्षित र सक्षम महिला भएको कारणले उनको जित सुनिस्चित छ भनेर बेलायतबासी जनसमुदायले आकलन गरेका छन ।

    पुनम गुरुङको जन्म गण्डकी प्रदेशको राजधानी पोखरामा झन्डै पैतालिस बर्ष अगाडी बाबा कर्नेल मणिन्द्र र आमा कृष्णकुमारी गुरुङको कोखबाट प्रथम सन्तानको रुपमा जन्म लिएकी थिइन् । बाबाको नेपाल आर्मीको जागिरको शिल्सिलामा नेपालका बिभिन्न ठाउँहरुमा बसोबास गर्ने तथा शिक्षा लिने अवसर पाएको भएता पनि उनले स्कूल लिटल एन्जल्स र बिरेन्द्र सैनिक कलेजमा अध्यायन पुरा गरेकी हुन् भने स्नातक त्रिचन्द्र कलेजबाट उतिर्ण गरेकी हुन् । युकेबासी महिलाहरु गैर आबशीय नेपाली संघ युकेको नेतृत्त्व लिन सक्षम भएको र त्यो समय आएको बताउने पुनम गुरुङले नेतृत्त्व दिए उनको घोषणा पत्रमा घोषणा गरेको प्रतिबद्धताहरु एक-एक गरेर पुरा गर्ने बाचा समेत गरेकी छिन ।

    पुनम गुरुङ आज भन्दा झन्डै १६ बर्ष पहिला समाजसेवी तथा सफल ब्याबसायी कमल गुरुङसंग लगन गाँठो कसेर बेलायत छिरेकी हुन् । बेलायत बसाइमा उनले धेरै अनुभबहरु बटुलेकी छिन । उनका श्रीमान कमल गुरुङको रेस्टुरेन्ट र प्रोपर्टी ब्याबसायलाई हातमा हात काँधमा काँध गर्दै अगाडी बढेका पुनमले व्यापारलाई सहि दिशामा निर्देश गरेकै कारणले गर्दा कमल र पुनमले बेलायती भूमिमा ब्यापार ब्याबसायमा छलांग मार्न सफल भएका हुन् ।उनि एक शाहसी तथा सफल महिला ब्याबसायी हुन् भने एक सफल समाजसेवी पनि हुन् । उनि तमुधी युके आमा समुहका संस्थापक अध्यक्ष हुन् भने घोथाने परिवार बेलायतका संस्थापक आमा प्रमुख हुन् । पुनम गुरुङले क्यान्सर रिसर्च युकेमा आठ बर्षसम्म स्वयंसेविका बनेर क्यान्सर रिसर्च युकेलाई सहयोग गरि अनुभब बटुली सकेकी छिन भने सहयोग गर्ने र अनुभब बटुल्ने काम जारि छ । उनि नेपाली महिला संघ युकेका उपाध्यक्ष हुन् भने नेपाली बेजिङस्टोक नेपाली कमुनिटिका सल्लाहकार हुन् ।

    पुनम गुरुङले गैर आबशीय नेपाली संघका बर्तमान अध्यक्ष योगकुमार फगामीको अनुस्पस्थितिमा कार्यबाहक अध्यक्षको कार्यभार सम्हाली अध्यक्षको अनुभब बटुली सकेकी छिन । उनलाई काउन्सिल बैठकको प्रमुख संयोजकको जिम्मेवारी दिइएको थियो सो जिम्मेवारी सफलतापुर्बक सम्पन्न गरेकी थीइन भने गैर आबशीय नेपाली संघ युकेकेले संचालन गर्दै आएको बिभिन्न कार्यक्रमहरु जस्तै राज्य ब्याबस्था समन्नय समिति, च्यारिटी कार्यक्रमहरुमा उनले सफलतापुर्बक भूमिका निभाएकी छिन । हरेक सालहरुमा भइराख्ने क्षेत्रीय सम्मेलन, ग्लोबल सम्मेलनहरुमा समेत उपस्थिति भएर अनुभब बटुलेका पुनमले बेलायतका तत्कालिन प्रधानमन्त्रि टेरेसा मे समक्ष गैर आबशीय नेपाली संघ युकेको जनगणना हस्तान्तरण कार्क्रममा सहभागिता जनाएकी छिन । नेपाली चेली निर्मला पन्तको हत्यारालाई चांडो भन्दा चांडो पत्ता लगाई कानुनी कठगरामा ल्याउन र पिडित परिवारलाई राहत दिनको लागि बेलायत स्थित राजदुतावास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा पनि सहभागिता जनाएकी थीइन ।

    पुनम गुरुङ फुर्सदको समयमा समाजसेवा गर्न, किताब पढ्न रुचाउनु हुन्छ भने बाँकी रहेको समय दुइ छोरीहरु रोशनी, चेल्सी र श्रीमान कमल गुरुङसंग भ्रमणमा निस्कनछिन ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य