• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेपाली राजदूतावास लण्डनको आयोजनामा मनाइयो विश्व आदिवासी दिवस

  •   १३ श्रावण २०७६, सोमबार ०९:५९ 
  • लण्डन, शनिबार । नेपाली राजदूतावास लण्डनको आयोजनामा २५ औँ विश्व आदिवासी दिवस भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर राजदूतावासमा पहिलोपल्ट मनाइएको यस कार्यक्रममा बेलायतमा बसोवास गर्ने विभिन्न जातका आदिवासी जातजातिहरुले आआफ्ना मौलिक पोशाकहरुमा सजिएर सो सांस्कृतिक कार्यक्रमलाई सफल बनाएका थिए ।

    लण्डनस्थित दूतावासको प्राङ्गणमा आयोजना गरिएको फुड फेस्टिबलमा आदिवासी जनजातिअन्तर्गतका भेषभूषा, खानालगायतका विभिन्न सामग्रीहरु प्रर्दशित थिए । कार्यक्रममा विभिन्न जातजातिका झाँकी, सांस्कृतिक गीत र नृत्यहरु पनि प्रस्तुत गरिए । बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले बताए, ‘प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको नेपाल अति सुन्दर छ । नेपालका हरेक संस्कृति मौलिक र जिवन्त छन् । आफ्ना छुट्टै संस्कृतिले धनी नेपाल निर्माण र समृद्धिमा आदिवासी जनजातिहरुको महत्वपूर्ण योगदान रहेको छ । यही कारण यो कार्यक्रम आयोजना गरिएको हो ।’

    राजदूत सुवेदीले भने, ‘नेपालको आदीवासी जनजातिहरुको संस्कृति अत्यन्त धनी छ । वास्तवमा जनजातिहरुको संस्कार र संस्कृति नै नेपालका सम्पति हुन् । आदिवासी जनजातिहरुको कला र सङ्गीत नेपालका अभिन्न अङ्ग हुन् । उनीहरुले प्रयोग गर्दै आएका भाषा र भेषभूषा नेपाको राष्ट्रिय पहिचान हुन् । आदिवासी जनजातिहरुका खाना र परिकार अत्यन्त मौलिक छन् । त्यसैले विविधताभित्रको वास्तविक सुन्दरता आदिवासी जनजातिहरुको समृद्धि र झल्को दिन यस कार्यक्रमले थोरै भए पनि टेवा पुग्ने छ । नेपाल विविध जातजाति भएको देश हो र विविधताभित्र अनेकता छ । हामी सबै नेपालीका अनेकताभित्र कसिलो एकता पनि छ । यही वास्तविक र नेपाली मौलिक पहिचानकै कारण यस्तो कार्यक्रमले छुट्टै महत्व राख्छ ।’

    कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका वर्तमान अध्यक्ष र निवर्तमान अध्यक्षहरुलाई दूतावास लण्डनले खादा ओढाएर सम्मान गरेको थियो । सो कार्यक्रममा फिलिपिन्सका राजदूतलगायत थुप्रै पाहुनाहरुलाई निम्तो दिइएको थियो । उनीहरुलाई आदिवासी जनजातिहरुका खाना र प्रर्दशन गरिएका सामग्रीहरुको अवलोकन गराइएको थियो ।

    कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायक दीप श्रेष्ठलगायत अन्य गायक गायिकाहरुले आफ्ना प्रस्तुति दिइएका थिए र दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य