• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

सलाम टिम हिभर

  •   १३ श्रावण २०७६, सोमबार २१:०६ 
  • चिम्खोले काईला-बेलायत
    युकेबासी नेपाली, ब्रिटिश गोर्खा तथा उनका परिवारहरुको प्रिय साथी Timothy (Tim) Heaver को ५२ बर्षको उमेरमा सन २५ जुलाई २०१९ बेलुकी ११ बजेर १५ मिनटमा बेलायत स्थित Royal Barkshire Hospital Reading मा स्वर्गारोहण भएको छ । उनको मृतुले बेलायतबासी हजारौ नेपालीहरु भाबबिभोर, मर्माहत तथा सोकाकुल बनेका छन ।

    टिम हिभरलाई धेरै नेपालीहरुले भगवान थान्छ्न किनभने उनको जिन्दकिको छोटो अबधिमा धेरै नेपाली, ब्रिटिश गोर्खा तथा उनका परिवारहरुको पक्षमा वकालत गरेर जिन्दकिनै परिबर्तन गरिदिएका छन । सन १९९५ तिर औलामा गन्ने गोर्खालीहरुसंग हिमचिम भएको टिमले बेलायतले गोर्खालीहरुलाई अन्याय र अत्याचार गरेको छ भन्ने बारेमा सुन्ने मौका पाए । के बेलायतले साच्चिकै गोर्खालीहरुलाई अन्याय र अत्याचार गरेको छ ? भन्ने बारेमा गहिरो अध्यायन गरे पछि टिम हिभर खुलेर गोर्खाली तथा उनका परिवारको घर-घरमा पुगेर निशुल्क कानुनी परामर्श तथा वकालती शेवा गर्दै हिड्न थाले । केहि सेना निबृत भएका गोर्खाजहरुको श्रीमती छोरा छोरी बेलायतमा श्रीमान नेपालबाट बेलायत आउनु नपाएका तथा नेपालमा अड्कीएर बसेका गोर्खाजहरुलाई नेपाल गएर लिएर आएका थिए ।

    टिम हिबर अनौठो खाले धित प्रवृति भएको ब्याक्ति थिए । उनलाई लागेको ठिक कुरालाई ठिक भनेर ज्यानै दिन्थे भने बेठिक कुरालाई ज्यानै फ्याकेर खण्डन गर्न सक्ने प्रवृतिका ब्याक्ति थिए । उनले मन परेको ब्याक्तिहरुलाई जिस्क्याएर तल माथि पारेर खसाल्नमा माहिर थिए । मन नपरेको मान्छेलाई छड्के आँखाले पनि हेर्नु हुने थिएन । म साइनोले छोरा पर्छु । मलाइ पनि बेस्सरी जिस्काउनु हुन्थ्यो । उनले उनको जेठान पर्ने, दिदि सासु पर्ने, सासु आमा पर्ने, ससुरा बा पर्नेलाई पनि बडो जिस्क्याउनु हुन्थ्यो । उनलाई नेपाली समाजमा क-कसलाई आदर गर्न पर्छ र क-कसलाई जिस्क्याउनु हुदैन भन्ने थाह भए पनि उनि मन परेको ब्याक्तिसंग जिस्की रहन्थे ।

    ब्रिटिश गोर्खाजका सन्तानहरु जागिरको सिलशिलामा सिंगापुर र मलासियामा जन्मेकाहरुलाई पनि आबसीय भिसा तथा British National Overseas (BNO) पासपोर्ट प्राप्त गर्न सक्छन भन्ने सल्लाह तथा कानुनी परामर्श दिएर पहिलो ढोका खुलाइदिएका थिए । सन १९६० मा ६ गोर्खा राइफल्स बेलायतमा रहदा जन्मेका सन्तानहरुलाई जन्म दर्ता प्रमाण पत्र तथा सोझै ब्रिटिश पासपोर्ट प्रदान गर्नेमा कानुनी परामर्श तथा सहयोग गरेका थिए । हंगकंगमा जन्मिएका BNO पस्स्पोर्ट बोकेका भान्जा भान्जीहरुलाई आबशीय भिसा तथा ब्रिटिश पासपोर्ट आबेदन गर्नमा कानुनी परामर्श तथा सहयोग पुर्याएका थिए । नोकरीमा भएका गोर्खाहरुलाई बेलायतको गृह मन्त्रालयको सेक्सन ८ हान्ने पहिलो ढोका टिम हिबरले खोलिदिएका थिए । ब्रिटिश गोर्खाज सेना निबृत भए पछि पनि यदि उनीहरुले चाहेमा North Atlantic Trity Organisation (NATO) का मुलुकहरुमा बसाइ सराइ गर्न पाउने र यदि बेलायतमा बस्ने हो भने सोझै ब्रिटिश पासपोर्टको लागि आबेदन दिन पाउने कानुनी परामर्श तथा सहयोग दिएका थिए ।

    टिम हिभरलाई पैसाको लोभ थिएन । इमिग्रेशन सम्बन्धि समस्यमा भएका महिला, बालबालिका, जेष्ठ नागरिक तथा कम्ति आय आर्जन भएका ब्याक्तिहरुलाई उनको कार्यालयमा गए शुल्क लाग्ने भएको हुँदा उनले उनको घरमै बोलाएर निशुल्क कानुनी परामर्श दिनुहुन्थ्यो । बेलायतको कानुन बिषयमा एलएलबी गरेका टिम हिभरले जिन्दकी नै नेपालीलाई सुम्पिएर गएका छन । उनको भौतिक शरीर स्वर्गमा गए पनि उनले नेपालीहरुलाई लगाएको गुण हरेक नेपालीहरुको मुटुको माझमा रहेने छ । सधै अमर रहने छ । नेपालीहरु प्रति लगाएको गुणको टिम हिभरलाई सलाम ठोक्नै पर्छ । सलाम अलबिदा ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य