शेरबहादुर सुनार “शेर” बनेर निस्कदै
चिम्खोले काईला- बेलायत
जंगलको महाराजालाई शेर भनिन्छ त्यस्तै गरेर गैर आबशीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष शेरबहादुर सुनार एनआरएनए युकेका नौं महाधिवेशनको पुर्ब सन्ध्यामा एनआरएनए युकेका महाराजा तथा “शेर” बनेर निस्किएका छन । लामो समयसम्म एनआरएनए युकेसंग आबद्ध भएर काम गरको अनुभबको आधारमा र अन्य उपाध्यक्षहरु तथा अध्यक्षको लागि प्रत्यासी उमेद्वारहरु भन्दा बरियताको आधारमा एनआरएनए युकेका नौं महाधिवेशनको अध्यक्ष शेरबहादुर सुनारले पाउनु पर्छ भन्ने उनको दाबि छ । बेलायतमा स्थापना भएका संघ-संस्थाहरु मध्ये उपल्लो श्रेणीमा स्थापित भएको संस्था तमुधी युकेको मानार्थ सदस्य भएको हैसियतले पनि तमुधी युकेले उनको आकांक्षालाई पुरा गरिदिने छन भन्ने उनको बुझाई छ ।
झट्ट हेर्दा सालिन भद्र, हाँसेर बोल्ने, कहिल्यै पनि नरिसाउने, दुखमा पिडामा परेका महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने उनको सुन्दर पक्ष हो । शेरबहादुर सुनारले बेलायतको अल्डर्सट, फ्रान्बोरो र कम्बेरली वरपरका दुखमा पिडामा परेका महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई तथा अंग्रेजी भाषा बोल्न नजान्नेहरुलाई नेपालीमा दोभासे गरिदिने, स्वस्थ उपचारको लागि जीपी लगिदिने, बैंक अकाउण्ट खोल्न नसकेकाहरूलाई बैंक अकाउण्ट खोलिदिने, बेनिफिट नपाएकाहरुलाई स्थानीय काउन्सिलमा सम्पर्क गरि बेनिफिट दिलाइदिने, हाउजिङ बेनिफिट नपाएकाहरुलाई हाउजिङ तथा घर मिलाइदिने लगायत खान र बस्न नपाएकाहरुलाई घरमै लगेर खान बस्न दिन्छन । शेरबहादुर सुनार दुखमा पिडामा परेका नेपालीहरुको भगवान हुन ।
लम्जुङ्ग जिल्ला बिचौरमा बाबा टेकबहादुर सुनार र आमा निर्मला सुनारको कोखबाट जन्मेका शेरबहादुर सुनारको बाल्यकाल बिचौरमै बित्यो । टेकबहादुर सुनार र निर्मला सुनारको तिन छोरीहरु र चार भाइ छोराहरु मध्य शेरबहादुर सुनार जेठा छोरा हुन । सानै उमेर देखि शेरबहादुर अनुशासित, भद्र, इमान्दारी तथा बिद्यालयका जेहन्दार थिए । उनले बिचौर स्थित बाग्येश्वरी माध्यामिक बिद्यालयबाट प्रबेशिका परिक्षा उतिर्ण गरे पछि काठमाण्डौ स्थित लाइन चौरमा ल क्याम्पसमा कानुन बिषय लिएर अध्यायन शरु गरेका थिए । तर बिडम्बना शेरबहादुरलाई दलितको छोरा भनेर घरबेटीले थाहा पाएपछि भाडामा लिएको कोठाबाट निस्कनु परेको नमिठो कथा सुनाउछ्न ।अध्यायनमा सुशील तथा जेहन्दार बिद्यार्थी भए पनि कोठा भाडामा नपाए पछि शेरबहादुर सुनार आफ्नो गाउँ बिचौरमै फर्कन बाध्य भएका थिए । शेरबहादुर बिचौरमा फर्के पछि उनले जिल्ला शिक्षा कार्यलयबाट शिक्षकको नियुक्ति लिएर गाउँका प्रथामिक बिद्यालयमा अध्यापन गर्ने थाले । गाउँमा अध्यापन गर्दा पनि दलित शिक्षक भनेर बिद्यार्थी तथा अभिभाबकबाट हेलित तथा हेपिदा चार बर्षमा चारवटा स्कुलहरुमा सरुवा हुनपरेको दुखेसो बताउछन ।

जुनै ठाउँमा गए पनि दलित भनेर हेपिएको अबस्थामा शेरबहादुर सुनार भाग्यबस ब्रिटिश आर्मीमा भर्ना भए । ब्रिटिश आर्मीको आधारभूत तालिम हंगकंग स्थित मलाया लाइन्समा सम्पन्न गरे पछि उनि १/२ गोर्खा राइफल्समा भर्ना भए । १/२ गोर्खा राइफल्समा भर्ना भएपछि उनि हातहतियार मर्मत गर्ने तथा बम बारुथ ब्याबस्थापन गर्ने डिपार्टमेन्टमा कार्यरत रहे । केहि बर्ष सो डिपार्टमेन्टमा अनुभब बटुली सकेपछि उनले Royal Electronic Mechanical Engineers (REME) Mechanical बिषयमा डिप्लोमा सम्मको अध्यायन गरेका छन । १७ बर्षे नोकरीको दौडानमा उनले १/२ गोर्खा राफल्स, 1st Battalion The Royal Gurkha Rifles (1 RGR) कार्यरत रहदा संसारको बिभिन्न देशहरुमा बिभिन्न बिषयमा अनुभब, अध्यायन, अध्यापन तथा भ्रमण गर्ने मौका मिलेको थियो ।उनले ब्रिटिश आर्मीमा कार्यरत रहदा इमान्दारिता, बफादारिता, उच्च कार्यक्षमतालाई उच्च मुल्यांकन गरेर उनलाई Colonel Brigade of Gurkhas को बाहुलीबाट The Best Soldier of the Year को उपाधि उनलाई प्रदान गरिएको थियो ।
शेरबहादुर सुनार बेलायतका दर्जनौ भन्दा बढी संघ-संस्थाहरुमा चलायामान छन भने एनआरएन युकेका संस्थापन काल देखिनै सल्लाहकारमा आसिन थिए भने बर्तमान कार्यसमितिको उपाध्यक्ष हुन् । बर्तमान कार्यसमितिले उनलाई सदस्यता नबिकरण गर्ने तथा नयाँ सदस्यता बनाउने प्रमुख संयोजकको जिम्मेवारी दिएकोमा उनले झन्डै १४ हजार सदस्यता बनाएर बाजी मारेका छन । शेरबहादुर सुनार एनआरएन युकेको कुनै पनि बैठकमा अनुस्पस्थिति भएको रेकोर्ड छैन । यस कार्यसमितिका सम्पूर्ण सदस्यहरु भन्दा सबभन्दा प्रभावकारी काम गर्ने उपाध्यक्ष हु भनेर उनले गर्बका साथ कुरा गर्छन । उनि राज्य समन्वय परिषदको गठन गर्न स्कड्ल्याण्ड, वेल्स र नोडर्न आइर्ल्याण्ड, क्षेत्रीय सम्मेलनको लागि लाजम्बर्ग र अन्तराष्ट्रिय समन्वय परिषदको सम्मेलनको लागि नेपाल समेत पुगेका छन ।उनले सो समयमा एनआरएन युकेका टिमलाई नेपालका प्रधानमन्त्रि केपी शर्मा ओली, मन्त्रीहरु र प्रतिपक्षका लिडर शेरबहादुर देउपा लगायत सत्तापक्ष र प्रतिपक्ष सांसदहरुसंग भेटेर दोहोरो नागरिकता र गोर्खाहरुको पेन्सनको इस्युको बारेमा अबगत गराउनको लागि प्रमुख भूमिका खेलेका थिए । उनकै प्रमुख संयोजकमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरिन्जीवी नेपाल र गैर आबशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष भबन भट्टलाई बेलायतमा निमन्त्रणा गरि नेपालमा एनआरएनहरुले कसरी लगानी भित्र्याउन सकिन्छ भन्ने बारेमा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो । तत्कालिन एन आर एन युकेका सल्लाहकार रहेको समयमा उनकै संयोजकत्वमा नेपाली बिध्यार्थिहरू सन्तोष श्रेष्ठ र नबिन परियारको मृतु पश्चात सन्तोष श्रेष्ठको बाबा तथा नबिन परियारको बाबा तथा आमा दुबैलाई बेलायत झिकाउने र मृतकको पार्थिक शरीरलाई अन्त्यस्ती गर्ने तथा नेपाल पठाउने कार्यमा बिशेष भूमिका निभाएका थिए ।
शेरबहादुर सुनारले सामाजिक सेवामा समर्पित गरेका कार्यहरुको लिपिबद्ध गर्नेहो भने पहाड जस्तै अग्लो तथा चुलिन सक्छ | तर पनि केहि संघ-संस्थाको नाम लिन पर्दा उनि ग्रेटर रस्मुर नेपाली कमुनिटिका निबर्तमान उपाध्यक्ष तथा बर्तमान सल्लाहकार हुन् भने शिर्जन्सिल नेपाली समाजका संस्थापक अध्यक्ष तथा बर्तमान संरक्षक हुन् । उनि चेरिउड स्कुलको सन २००७ देखि २००९ सम्म गभर्नरको जिम्मेवारी बहन गरेका थिए भने शिबकल्चर ग्रुपको संस्थापक उपाध्यक्ष तथा बर्तमान सल्लाहकार हुन् । त्यस्तै नेपाली लोकदोहोरी प्रतिष्ठान युकेको सल्लाहकार हुन् भने सयपत्री सांस्कृति कल्चर ग्रुपको पनि सल्लाहकारमा आसिन छन । शेरबहादुर सुनारले ब्याक्तिगत हिसाबमा लम्जुङ जिल्ला बिचौर स्थित बाग्यस्वरी माध्यामिक बिद्यालयलाई पलस टु संचालन गर्नको लाग दश लाख धरौटी राखिदिएका छन भने सोहि स्कुलमा गरिब तथा जेहन्दार विद्यार्थीको लागि १५ लाख अक्षय कोष स्थपना गरिदिएका छन ।
शेरबहादुर सुनार पेशाले बेलायतको रक्षा मन्त्रालयको मातहतमा रहेको आर्मी क्याम्पमा हातहतियार र खजना सम्बन्धि बिज्ञ हुन् भने उनि एक सफल रेस्टुरेन्ट ब्याबसायी हुन् | उनको भेटघाट नेपाली रेस्टुरेन्ट बेलायतको अल्दर्सट्मा अबस्थित छ | शेरबहादुर सुनारले फुर्सदको समयमा सामाजिक शेवामा रमाउछन भने बचेको समय उनकी धर्म पत्नी जानकी सुनारसंग लहसिएर बस्न मन पराउछन | उनका दुइ छोराहरु र एक बुहारीका साथ बेलायतको फार्नबोरो बसोबास गर्दै आएका छन भने छोराहरु, बुहारी र श्रीमती जानकीले शेरबहादुर सुनारलाई भेटघाट नेपाली रेस्टुरेण्ट संचान गर्नमा सहयोग पुर्याउदै आएका छन |
शेरबहादुर सुनारले अगाडी भन्छन अब त एनआरएन युकेको अध्यक्षको कार्यभार सम्हाल्ने पालो दलितको पनि आउनु पर्ने हो तर दलित भनेर म दुइ हात पसारेर दलितलाई भोट दिनुहोस भन्दैन | किनकि एनआरएन युकेको अध्यक्षको कार्यभार सम्हाल्न म आफै सक्षम छु जस्तो लाग्छ भनेका छन | यदि मलाइ भोट दिएर जिताउनु भयो भने मैले बेलायतबासी नेपालीलाई इथ्निक माइनिरितिमा दर्ता गर्ने प्रतिबद्धता गर्दछु भने दोहोरो नागरिकता र गोर्खा भूपू सम्बन्धि इस्युलाई पनि सशक्त रुपले अगाडी बढाउने छु भनेर प्रतिबद्धता जनाएका छन |
हुन त धर्म र राजनीति आ-आफ्नो आस्थाको बिषय भएता पनि बिगत र बर्तमानलाई केलाउदा शेरबहादुर सुनारलाई नेपाली कांग्रेसको झोले र हिन्दु धर्मको पुजारी भनेर संज्ञा नदिएको होइन | केहि दलित साथीहरुले त दलितलाई दलितको मुक्तिबाट छुट्केरा दिलाउनको लागि सम्पूर्ण दलितहरुले हिन्दु धर्म र नेपाली कांग्रेसलाई परित्याग गरे मात्र दलितको मुक्ति गर्न सकिन्छ भन्ने मानसिकता बोकेको बेला शेरबहादुर सुनारको उमेद्वारीमा दलितको भोट उनले कसरी पोल्टामा पार्लान पुष्टि गर्न तथा हेर्न बाँकी छ ।









तपाइँको प्रतिक्रिया