• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मदर अफ पाल्पा (युकेवासी पाल्पालीहरुकी आमा) को साथमा पाल्पाली वार्षिक कार्यक्रम सम्पन्न

  •   २९ श्रावण २०७६, बुधबार ०२:०० 
  • फोटो फिचर सहित (Photo Credit: Allan Cook)
    लण्डन । नेपालको अति नै सुन्दर नगरी पाल्पा जिल्लाबाट आएर बेलायतका विभिन्न भागमा बसोबास गर्ने पाल्पालीहरुको वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम गत शनिबार लण्डनको फार्नबोरोमा सम्पन्न भएको छ । कार्यक्रममा संरक्षकहरु, सल्लाहकारहरु र डिग्री हासिल गरेका समाजका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

    बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि र समाजका अध्यक्ष वाचस्पति रेग्मीले दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रम संस्थाका महासचिव खुम कुँवरले सञ्चालन गरेका थिए । कार्यक्रमका संयोजक एवम् वरिष्ठ उपाध्यक्ष गोपाल थापाले स्वागत मन्तव्य राखेका थिए भने महिला उपाध्यक्ष लक्ष्मी आले र महिला समूहले पाहुनाहरुको स्वागतको व्यवस्था गरेका थिए ।

    उत्सवको अवसरमा ८६ वर्षीया आमा भूमिसरा थापालाई ’मदर अफ द पाल्पाली समाज युके‘को उपाधिले सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका मुख्य अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र संस्थाका अध्यक्ष वाचस्पति रेग्मीको बाहुलीबाट सर्टिफिकेट र खादाद्वारा सम्मान गरिएको हो ।

    यस वार्षिक कार्यक्रमको दोस्रो चरणको सांस्कृतिक कार्यक्रम भने संस्थाका सचिव बुद्धि गाहाले सञ्चालन गरेका थिए । सो कार्यक्रममा स्थानीय कलाकार मोहन रानाको व्याण्डका कलाकारहरूले मनोरञ्जन दिएका थिए भने नेपालबाट आएका राष्ट्रिय कलाकारहरू जमुना राना, कुमार पुन, भूमिका शाह र पवन थापाको वेजोड लोकभाका र स्थानीय कलाकारहरूका नृत्य अत्यन्त मनोरन्जनात्मक भएको हुनाले सबै पाल्पालीहरू झुमेका थिए । अन्त्यमा समाजका अध्यक्ष वाचस्पति रेग्मीले समाजका गतिविधिमा सक्रियतापूर्वक सघाउने सबैलाई धन्यवाद दिएका थिए ।

     

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य