• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

भव्य भावेश भुमरी सिर्जना साँझ हङकङ

  •   १६ भाद्र २०७६, सोमबार ००:१८ 
  • लन्डन, अगस्त २९ । लोकप्रिय साहित्यकार तथा गीतकार भावेश भुमरीको एकल कार्यक्रम भावेश भुमरी एकल सिर्जना साँझ‘ यही अगस्त २४ तारिख, हङकङमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम साब्लाबुङ प्रकाशन हङकङले आयोजना गरेको हो ।

    विशेषतः नेपाली आधुनिक गीत लेखनका क्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण गरेका भावेश कविता र नियात्रा लेखनमा पनि त्यत्तिकै कुशल मानिन्छन् । गत साल बेलायत भ्रमणका विषवस्तुलाई अनुभूतिमय तरिकाले नियात्रामा उतारेको भावेशको भिसाको रङ‘ नियात्रा विमोचन गरिएको थियो । नेपालमा बसोबास गर्ने भावेशको बेलायती भ्रमणको नियात्रासङ्ग्रह हङकङमा विमोचन हुनु नै एउटा नौलो संयोग हो । यसो त भावेशको एकल साँझ भएकाले कार्यक्रमको विविधताले उपस्थित सबै अतिथि र दर्शकहरूको ध्यान तानेको थियो ।

    साब्लाबुङ प्रकाशनका अध्यक्ष राजकुमार राईले अध्यक्षता गरेको कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रामकृष्ण वान्तवा थिए भने विशेष अतिथि सुप्रसिद्ध सङ्गीतकार दिनेश सुब्बा थिए । गीतकार जीतकर्ण राईले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य र स्रष्ठा भावेशको परिचय साहित्यकार किराती जेबी राईले दिएका थिए । मगर संघ हङकङकी अध्यक्ष तथा अतिथि युगमाया राना र साहित्यकार टङ्क सम्वाहाम्फेले भावेशका बारेमा संक्षिप्त मन्तव्य राखेका थिए । विमोचित कृति भिसाको रङको समीक्षा भने साहित्यकार कमल पौडेलले गरेका थिए । दिनेश सुब्बा, गणेश पराजुली र देवी थापाद्वारा भावेशका गीतहरू गाइएर कार्यक्रमका अतिथिहरूलाई मनोरञ्जन मात्र दिइएको थिइएन, भावेशको सिर्जनाका अर्थ र महत्वलाई केलाउँदै प्रस्तुत गर्ने काम पनि गरिएको थियो ।

    विमोचित पुस्तकको समीक्षा गर्दै कमल पौडेलले ससाना कुराबाहेक कृतिको स्तर प्रशंसायोग्य भएको कुरा राखेका थिए । कवि टङ्क सम्वाहाम्फेले भावेशका बारेमा मन्तव्य राख्दै निरन्तर सिर्जना र प्रकाशनमा लागेका कारण यहाँसम्म आइपुगेको कुरा प्रस्ट्याएका थिए । युगमाया रानाले भावेशको निरन्तर लेखाइ र प्रगतिको कामना गरेकी थिइन् । प्रमुख अतिथि रामकृष्ण वान्तवाले भावेशको सालिनता र सिर्जनात्मक क्षमताका कारण आफू निक्कै प्रभावित भएको कुरा राखे । भावेशले संक्षिप्त मन्तव्य राख्दै आफू आफ्नै वर्कतमा विश्वास गर्ने र साहित्य अनि साहित्यप्रेमी दाजुभाइ, दिदीबहिनी र साथीहरूले हङकङसम्म ल्याएको कुरा राखे । भावेशले समयाभावका कारण तीनवटा रचना वाचन गरे । नयाँ हुँदा आफ्नो वास्तविक नामबाट रचनाहरू नछापिएकाले नाम परिवर्तन गर्नुपरेको तितो यथार्थ पनि पोखे ।

    कार्यक्रमका सभापति राजकुमार राईले साहित्यको जात र सीमा नहुने कुरा राख्दै आफू पूर्व सङ्खुवासभाको भए तापनि मध्यपश्चिमका भावेशलाई हङकङमा ल्याउनका कारण खुलाए । उनले थपे, पश्चिमका साहित्यिक स्रष्टाहरू थोरै भएको र विदेशमा बसोवास गर्ने पश्चिमी व्यक्तिहरूले लोकगीत र नृत्यहरूलाई मात्र जोड दिँदै आएकाले नै भावेशलाई यता ल्याउने काम गरेका हौँ । बौद्धिक व्यक्तिहरूलाई ल्याउँदा महत्वपूर्ण प्रभाव पर्ने कुरा आजकै कार्यक्रले देखाउँछ भन्दै राईले हङकङमा यस्ता कार्यक्रमहरूकालाई महत्व दिनुपर्ने कुरा राखे ।

    राजकुमार राई, युगमाया राना, विशु सम, जीतकर्ण राई, नेत्र पहराई र जयप्रकाश गुरुङले प्रायोजन गरेको भावेश भुमरीको हङकङ यात्रा र कार्यक्रममा भावेशले हङकङका अनुभूतिहरूलाई शब्दहरूमा उन्ने सङ्केत दिए । एक सयभन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको सो कार्यक्रममा आयोजकका तर्फबाट सबै प्रायोजक र गायकगायिकाहरूलाई सम्मान एवम् प्रशंसापत्र प्रदान गरिएको थियो भने भावेशले मायाको चिनो प्रदान गरेका थिए । साब्लाबुङ पुस्तकालय अभियानका तर्फबाट पुस्तकदाताहरूलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य