• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

सबैकी आमा इन्दिरा आमा

  •   १६ भाद्र २०७६, सोमबार २१:०२ 
  • गोमा राना
    इन्दिरा आमा समाज सेवी, गैर नाफा संगठनको संस्थापक बन्दी सहायता नेपाल PANepal (work with Prisoners Assistance Nepal) जुन सस्थाले,बाबू आमा जेलमा परेका र बच्चाहरु पनि सङ्सङ्गै जेलको जीवन भोगाइमा परेका बच्चाहरुको पालन पोषन रेखदेख गर्ने गर्दछ ।
    १७ – १८ बर्षको कलिलो उमेर देखि लगातार ३० बर्ष सम्म सेवामै निरंतरता दिने क्रममा इन्दिरा आमाले विभिन्न पुरस्कारहरु हात पारिसक्नु भएको छ। Asoka fellow award 2005. Asia 21 Young Leader Public Service Award 2009. World’s Children’s Honorary Award 2014. BBC 100 Inspirational and innovation Women 2017 त्यस्तै १५० वटा विभिन्न देश्हरुको राजदुतावासबाट १९ जना छानेकोमा न्युयोर्कबाट इन्दिरा आमा पुरस्कृत । Mountain biking गर्ने पहिलो नेपाली महिला ।

    अहिले Txarango band( Spain) को निमन्त्रणामा आउनु भएको हो त्यही अबसरमा बेलायतको बिभिन्न ठाँउ Nottingham , Birmingham साथै अन्य ठाउँँमा कार्यक्रमहरु लिएर आउनु भएको हो । यहाँ आएको अवसरमा मगर संघ यूके सेन्ट्रल कमिटीले पनि 29 अगस्टको दिन मगर भवनमा भेटघाट र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो जुन भब्यताका साथ सप्पन्न भयो । बच्चाहरु जो निर्दोष छन,राम्रो पालन पोषन, हेरचाह शिक्षा आधारभुत आवस्यकता बाट बन्चित छन तिनै बच्चाहरुको रेखदेख गरि सहिमार्गमा डोर्याइ सक्षम र योग्य ब्यक्ति बनाइरहेकी सबैको आमा । कसरी Crime लाई रोक्ने ? प्रत्येक ब्यक्तिले आफु मानविय ब्यबहार बाट कसरी बन्चित नहुने, आफु बाचेर अरुलाइ कसरी बचाउने ? अरुलाइ दोष नदिइ,आफ्नै मेहनतले केही कुराको उत्पादन गरेर आन्मनिर्भर कसरी बन्ने भनी सधै सकारात्मक सोच राख्ने इन्दिरा आमा । कारागारमा प्रत्यक्ष स्वयम् गएर त्यहाँको गतिविधि बुझेर सधैं मद्दत दिन तत्पर, 2000 भन्दा बढीलाई जेलबाट पनि छुट्टयाइसकेको अवस्था । अहिले १७ वटा शाखाहरु भैसकेको र ५०० भन्दा बढी बालबच्चाहरुको रेखदेख भैरहेको इन्दिरा आमाले बताउनु भएको छ ।

    जो कोहि इच्छुक ब्यक्तिले नेपालमा गएर सेवा गर्न चाहने विशेष गरि नानीहरुको CV बनाउन ठुलो मद्दत हुने भएकोले पनि आमालाइ सम्पर्क राखेर सेवा गर्ने अबसरको बन्दोबस्त रहेको छ । यस्तो धन बिनाको ठूलो उद्दारिलो मन भएको सयौं हजारौं इन्दिरा आमाजस्तै आमाहरु होस जस्ले गर्दा कुनै बालबच्चाहरु आमा बाबा बिना गरिबी र दुखी जीवन जिउन नपरोस बाल अधिकारबाट बन्चित हुन नपरोस।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य