• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

गोधूलिको किनारा विमोचित

  •   १९ भाद्र २०७६, बिहीबार ०२:४० 
  • लन्डन । साब्लाबुङ प्रकाशनद्वारा प्रकाशित कवि डोम रानाको कवितासङ्ग्रह गोधूलिको किनारा सो प्रकाशनका अध्यक्ष राजकुमार राईको सभापतित्व र साहित्यकार भावेश भुमरीको प्रमुख आतिथ्यबाट हालै विमोचन गरिएको छ । हङकङको जोर्डनस्थित कङगन रेस्टुरेन्ट एण्ड बारमा आयोजित सो विमोचन कार्यक्रममा हङकङका विभिन्न साहित्यकार, समाजसेवी र साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो ।

    नेपालको पश्चिमाञ्चलको स्याङ्जा जिल्लामा जन्मी पोखरा हुँदै हङकङ पसेका डोम रानाले पछिल्लो चरणमो कविता लेखनलाई गतिशिल बनाए । त्यसको फलस्वरुप कवितासङ्ग्रह प्रकाशन गर्न सफल भए । अथितिहरुको बाक्लो उपस्थितिबीच गोधूलिको किनारा कृतिको समीक्षा गर्दै साहित्यकार टङ्क सम्वाहाम्फेले कविताहरु सरल भईकन पनि लेखनको कलात्मक पक्षले पाठकहरुलाई सजिलै छुने कुरा बताए । कवि रानाले आउँदा कृतिमा विचार र लेखनको स्तरलाई उकास्न सके एक शक्तिशाली कवि बन्ने लक्षण देखिएको कुरा पनि सम्वाहाम्फेले अभिव्यक्त गरे । कवि डोम रानाले आफ्नो मन्तव्य राख्दै आफूलाई कृति प्रकाशनका लागि राजकुमार राईले नै साथ दिएको र सहयोग गरेको कुरा राखे । सायद यस्तो साथ र हौसला नपाएको भए आफू सङ्ग्रह निकाल्ने सोचमा नभएको कुरा पनि खुलासा गरे । पछिल्लो चरणमा कवितासङ्ग्रह प्रकाशनका प्राविधिक कार्यमा नेपालबाट भावेश भुमरीले पनि सहयोग गरेको कुरा सम्झे । सो कार्यक्रममा मगर संघ हङकङकी अध्यक्ष युगमाया राना र मुककाजी गुरुङले कवि रानालाई आफ्ना मन्तव्यद्वारा शुभकामना दिएका थिए । प्रमुख अतिथि भावेश भुमरीले कवि रानाका कविता लेखनका पृष्टभूमिका बारेमा संक्षिप्तमा प्रष्ट्याएका थिए । भावेशले हङकङेली नेपालीहरुको साहित्यिक ऊर्जाले आफूलाई निक्कै प्रभाव पारेको कुरा पनि राखेका थिए ।

    कार्यक्रमका सभापति राजकुमार राईले हङकङको व्यस्तता अनि सिर्जनाका सन्दर्भहरु कोट्याउँदै कवि रानासँग कहिले काहीँ ड्युटीको रेल यात्रामा योमाताईदेखि मङ्कोकसम्म सँगसँगै हुने र एक दिन तीन मिनेटको सोही यात्रामा कवितासङ्ग्रह प्रकाशन गर्ने निर्णय भएको रोचक घटना सुनाए । नयाँ प्रतिभाहरुलाई पुस्तक प्रकाशन या साब्लाबुङ साहित्यिक पत्रिकामार्फत रचना प्रकाशनमा स्थान दिएर सार्वजनिक गर्न भरमग्दुर प्रयास गर्दै आएको कुरा राख्दै राईले नयाँहरु स्थापित हुँदै जाँदा विगतका सिँढीहरुलाई भुल्ने गरेको गुनासो पनि गरे । यस्तो प्रवृत्ति हावी भएका प्रतिभाहरु स्थापित हुनुको साटो पलायन हुँदै गरेको तितो सत्यले आफूलाई दुखी बनाएको कुरा पनि राखे । कवि डोम रानाको कवि भविष्यलाई यस्तो घटनातिर मोडिएको नदेखियोस् भन्ने सुझाव पनि दिए ।

    नवीन सुहाङद्वारा सञ्चालित, साहित्यकार जेबी किराती राई, कमल पौडेल, डीबी पालुङ्वा, पत्रकार किसन राईलगायतका विभिन्न साहित्यकार र पत्रकारहरुको आतिथ्य रहेको सो विमोचन कार्यक्रममा कवि रानाले नेपालका विभिन्न दुर्गम ठाउँका पुस्तकालयहरुलाई पुस्तकलगायतका पुस्तकालयसम्बन्धी विभिन्न सामग्री वितरण गर्दै आएको साब्लाबुङ पुस्तकालय अभियानलाई एक लाख पचपन्न हजार नगद रकम हस्तान्तरण गरे । कवि रानाले सात सयको सङ्ख्यामा आफ्नो कवितासङ्ग्रह यसअगावै पुस्तकालय अभियानलाई नै हस्तान्तरण गरिसकेका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य