• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

अभागीलाई खाने बेला रिस उठ्छ

  •   ३१ भाद्र २०७६, मंगलवार ००:३१ 
  • चिम्खोले काईला – बेलायत

    अभागीलाई खाने बेला रिस उठ्छ रे भने झैँ ठ्याक्कै त्यस्तै भएको छ | गैर आबसीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षको लागि प्रत्यासीहरु पुनम गुरुङ र शेरबहादुर सुनारलाई | निर्वाचन मण्डलले बेलायतको बिभिन्न १३ वटा मतदान केन्द्रहरुमा निर्वाचन सफलतापुर्बक सम्पन्न गराए पनि गन्ने मत गणनाको प्रक्रिया शुरु गर्दा शेरबहादुर सुनारको प्यानलले मत गणना बहिष्कार गरे पछि अभागीलाई खाने बेला रिस उठेको हो | शेरबहादुर सुनारलाई मत गणना बहिष्कार गर्नमा बाध्य बनाउने एनपीसिसि युकेका सल्लहाकारहरु र पदाधिकारीहरुको ठुलो हात छ | लाटो सोझो, इमान्दारी, क्षमतावान तथा अध्यक्षको लागि भोका शेरबहादुरको अगाडी चौरासी ब्याञ्जन आएपनि उनका सल्लाहकारहरु र पदाधिकारीहरुले रिस उठाईदिएका छन तथा शेरबहादुरलाई खाने बेलामा रिस उठाईदिएका छन |

    किन उठ्यो शेरबहादुर सुनारलाई खाने बेलामा रिस ? उनि त कहिल्यै नरिसाउने, सधै भरि हाँसिरहने, भलादमी, सहयोगी तथा मनकारी ब्याक्ति थिए |  निर्बाचन मण्डलले बेलायतको बिभिन्न १३ वटा मतदान केन्द्रहरु जस्तै: नोर्डन आयरल्याण्ड, ग्लासगो, एडिन्बोरो, लेस्टर, कार्डिफ,  बर्मिङ्घम, ह्यारो, प्लम्स्तिड, केन्ट, अल्दर्सट, रेडिङ, स्विण्डन र बेजिङस्टोक मतदान सफलतापुर्बक सम्पन्न भएपनि बेजिङस्टोक मतदान केन्द्रमा धाधली भयो भनेर शेरबहादुर सुनारको निर्वाचन मण्डलमा उजुरी परेको थियो | सो उजुरीलाई छानबिन समितिले छानबिन गर्दा छिटफुट समस्या देखिएको भएपनि खास्सै धाँधली नभएको प्रमाणित गरेको थियो | मतदानको अन्तिम समयमा तथा मुचुल्का उठाउने बेलामा शेरबहादुर सुनारको प्रतिनिधि उत्तर सुन्दास अनुस्पस्थिति भएको हुँदा निर्वाचन आयुक्त नरेश खपांगीले प्रक्रियापुर्बक  मुचुल्का उठाएर मतपेटिका केद्रमा ल्याएका थिए | खपांगीले मतपेटिका केद्रमा ल्याउने क्रममा केन्द्रको नजिकको कार पार्कमा शेरबहादुर सुनारको पक्षले मतपेटिका खोस्ने प्रयास भएको थियो तर सफल हुन सकेन |

    सम्पूर्ण मदान केन्द्रहरुबाट मतपेटिका केन्द्रमा आइसके पछि दुवै तर्फको प्रतिनिधिहरुको रोहबरमा मत गणना शुरु गर्ने तयारी भयो | मत गणना गर्नको लागि शेरबहादुर सुनारको प्यानल तयारी नभए पछि सहमतिको लागि धेरै प्रयासहरु भए तर पनि सहमति हुन् सकेन तथा झन्डै २४ घण्टा समय खर्चिन पर्यो | निर्बाचन मण्डलमा उप निर्वाचन प्रमुख शिवजी श्रेष्ठ मतगणनाको बिपक्षमा नरहे पनि केहि समय सहमतिको लागि प्रयास गरौ भन्ने पक्षमा थिए भने अन्य सम्पूर्ण आयुक्तहरु जसरी भएपनि मतगणना सम्पन्न गर्नु पर्छ भन्ने पक्षमा भएको हुँदा मत गणना ग्लासगो तथा एडिन्बोरोबाट शुरु भयो | तर बिभिन्न कारण देखाएर मतगणना स्थगित गरिएको छ | यो कारणले गर्दा एनआरएन युकेको धेरै आर्थिक क्षति बेहोर्न परेको छ | बेलायतबासी १३६२९ नेपालीहरुको मतको कदर भएको छैन तथा निर्वाचन मण्डल, कर्मचारीहरु समय बर्बाद भएको छ | समग्रमा भन्ने हो भने बेलायतबासी सम्पूर्ण नेपालीहरुको बेइजत भएको छ |

    एनआरएनए युकेको निर्वाचनलाई असफल पार्नको लागि बिशेष भूमिका खेल्ने कलंकिक  पात्रहरु, बेलायतबासी नेपालीहरुको बेइजत गर्ने भलादमी भनाउदाहरु, ननिदाए पनि निदाए जस्तो गर्ने पापीहरु तथा बिभिन्न बाहनामा मतगणना स्थगित गर्ने स्यालहरुलाई भविष्यमा नेपालीहरुको संघ-संस्थाहरुमा कुनैपनि जिम्मेवारी नदिएर भौतिक कारबाही गरिदिए राम्रो |

    एनआरएनए युकेको अध्यक्ष योग कुमार फगामीको कार्यसमिति बिगठन नभएको अबस्था र निर्वाचन समितिले पनि आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको अबस्थामा काम चलाउ सरकारको रुपमा एनआरएनए युके योग कुमार फगामीको पोल्टामा जाने निश्चित छ |

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य