• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगर संघ युकेको एक करोडको अक्षयकोष पूरा, हिमाल आरोही निर्मल पुर्जामगर सम्मानित

  •   १० मंसिर २०७६, मंगलवार ०१:४६ 
  • बम थापा (सूर्यवंशी)

    मगर संघ युकेले २३ नोवेम्बर, शनिबारका दिन एक भव्य च्यारिटी डिनर आयोजना गरी एक करोडको अक्षयकोष पूरा गरेको छ । नेपालमा रहेका गरिब तथा जेहेन्दार मगर विद्यार्थीहरूका लागि स्नान्तकोत्तर तथा विद्यावारिधिका लागि एक करोडको अक्षयकोष स्थापनाका लागि मगर संघ युकेले २०१५ सालदेखि च्यारिटी सुरु गरेको हो । अक्षयकोषका आयोजक एवम् मगर संघ युकेका पूर्व अध्यक्ष चिम्खोले काइँलाले सोही एक करोडको अक्षयकोष पूरा भएकोे कुरा बताएका छन् ।

    मगर संघ युकेका अध्यक्ष सुनिल रानाले अध्यक्षता गरेको यस कार्यक्रमका प्रमुख अतिथि विश्व कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जामगर ’निम्स‘ थिए भने विशेष अतिथिहरूमा ब्रिटिश आर्मीका उच्च पदमा पुग्न सफल हुनुभएका लेफ्टिनेन्ट कर्नेल याम राना, खेँबो निमासिँगे रामजालीमगर, डा. निरज थापा र डा. बल थापा थिए । संस्थाका महासचिव रुद्र थापाले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका संयोजक एवम् उपाध्यक्ष छविमाया पुनले दिइएकी थिइन् । मगर स्नातकोत्तर तथा विद्यावारिधि अक्षयकोष स्थापना गर्नुको मुख्य उद्देश्यबारे अक्षयकोषका आयोजक चिम्खोले काइँला र मगर संघ युकेका सल्लाहकार रमेश साराङकोटीमगरले प्रकाश पारेका थिए । यस समारोहमा नेपालबाट आएका लोकप्रिय गायक प्रसाद खाप्तरीमगर र गायिका खिमा रोकामगरको बेजोड प्रस्तुति रहेको थियो ।

    यस अवसरमा बेलायतमा भएका मगर युथहरूले मगर युथ ट्यालेन्ट प्रतियोगिता र फेशन शो गरेका थिए । मगर युथ गोट ट्यालेन्टमा सोम राना, दिया पुन र निकिता बुराले जज गरेका थिए भने केन्ट शाखाका जोडी रिया थापा र इसमे थापा पहिलो, स्विन्डन शाखाका ललित थापा दोस्रो एवम् युएचएसबी शाखाका रामुना पुन तेस्रो भएका थिए । मगर गोट ट्यालेन्टको संयोजक किशोर रानाले गरेका थिए भने यमुना आले, दिपक थापा मैथाने मगर, दिनेश रोका र जानकी रोकाले उद्घोषण गरेका थिए ।

    सोही समारोहमा विश्व कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जामगर ’निम्स‘लाई मगर संघ युकेले सम्मान गरेको थियो । हिमाल आरोहणको क्षेत्रबाट देशको नाम विश्वभरि फैलाउन सफल रहेको भन्दै हिमाल आरोही पुर्जामगरको साहस, लगन तथा योगदानको कदर गर्दै सहभागी सबैले खादा ओढाएर सम्मान गरेका थिए । हिमाल आरोही पुर्जामगरले उक्त विशेष समारोहमा विभिन्न हिमाल चढ्दाका गर्विला अनुभवहरू पस्केका थिए । हिमाल आरोहणका कुरा गर्दा भावनात्मक रुपमा के भयो र केके त्याग गरियो भन्ने कुरा आफ्नो स्मरणमा रहेको उल्लेख गर्दै उनले आफ्ना लागि नभई नेपाल र नेपालीहरूको गौरवका लागि उक्त प्रयास गरेको बताए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य