• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतमा पेन्सन क्रेडिटसम्बन्धी नीतिहरु बदली भएसँगै कान्छी श्रीमती बेलायतमा भित्र्याउने लाहुरेको बिजोग

  •   १८ मंसिर २०७६, बुधबार ०३:१४ 
  • बम थापा (सूर्यवंशी)

    बेलायत सरकारको चार वर्ष वा सोभन्दा बढी नोकरी गरेकालाई बेलायतमा आवासीय अधिकार प्राप्त भयो । यो निर्णयअनुसार अधिकांश भूतपूर्व गोर्खाहरु र उनका परिवारहरु बेलायतमा बसाईं सरिसकेका छन् । बसाईं सराइसँगै जेष्ठ नागरिकहरुले भर्खरका कान्छी श्रीमती विवाह गरेर बेलायतमा भित्र्याउने लहर नै चलेको छ तर अबको अवस्था भने फरक रहेको छ । जेष्ठ नागरिक पुरुषले पेन्सनको उमेर नपुगेका कान्छी श्रीमती विवाह गर्ने र जेष्ठ महिलाले पेन्सनको उमेर नपुगेका श्रीमान् विवाह गरेर बेलायतमा ल्याएमा दुबैले पेन्सन क्रेडिट नपाउनेबारे बेलायतको पेन्सन क्रेडिटसम्बन्धी नीतिहरु बदली भएका छन् ।

    गोर्खाहरु बेलायत आए, सबै कुरा पाए भन्ने जुन भनाइ छ, यो अति नै गलत छ । ब्रिटिश सरकारको नोकरी गरेर पनि पेन्सन नपाएपछि बुढेसकालमा जीवननिर्वाह सहायता पाउनका लागि बेलायत आएर बस्नुपर्ने ठूलो बाध्यता रहेको छ । पेन्सन नभएका अथवा कम भएका, बेलायतमा आर्थिक अवस्था कमजोर हुने भएको हुनाले जीवन धान्न दिइने आर्थिक सहयोगलाई पेन्सन क्रेडिट (सामाजिक सुरक्षा भत्ता) भनिन्छ । उमेर पुगेका धेरैजसा जेष्ठ नागरिकहरुले पेन्सन क्रेडिट र घरभाडा सहयोग लिएर बेलायतमा जीवन गुजारा गरिरहेका छन् । जीवन धान्न दिएको माना चामलजस्तो सहायताका लागि उनीहरु बेलायतमा नै बस्न बाध्य छन् । भाषा मिल्दैन, बुढेसकालमा अस्पतालमा धाउनु, खानका लागि बजार गर्नु यी सबै पटक्कै सजिला छैनन् । जीवन अति नै कष्टकर छ ।

    गत १५ मे २०१९ देखि बेलायतको पेन्सन क्रेडिटसम्बन्धी नीतिहरु बदली भएको हुनाले यसको सिधा असर वयोबृद्ध भूतपूर्व गोर्खाहरुलाई पर्न गएको छ । ब्रिटिश आर्मीमा नोकरी गरे तापनि भेदभाव गरेर पेन्सन नपाएकाहरुले श्रीमान् र श्रीमती दुईजना भएको खण्डमा जीवननिर्वाह सहायतास्वरुप महिनामा लगभग एक हजार पौण्ड पेन्सन क्रेडिट पाउने गरेका छन् । तर अब नीतिनियम बदली भएको हुँदा यदि मिक्स एज पेन्सन उमेर नपुगेका जोडी (कान्छा श्रीमान् र कान्छी श्रीमती) भएमा युनिभर्सल क्रेडिटमा सहायता कोषमा आवेदन दिनुपर्ने हुन्छ । जुन आवेदन दिन सजिलो भने छैन । आधुनिक युगमा सबै कम्प्युटरमा अन लाइन फाराम भर्नुपर्ने हुन्छ, जुन काम गर्न गोर्खाहरुको ढङ्ग पुग्दैन । फारम भरिसकेपछि धेरैपल्ट तोकिएको ठाउँमा अन्तर्वार्ता गएर मात्र सहयोगस्वरुप महिनामा धेरै भनेको दयाले जीवन धान्न ४९८ पौण्ड मात्र सहयोग रकम पाउने छन् । यसकारण जीवन अझ कष्टकर छ ।

    जेष्ठ नागरिकहरुलाई बेलायतमा बस्ने अनुमति त दिइयो तर सबै परिवारलाई बेलायतमा ल्याउन भने दिइएन । यस नियमले पारिवारिक विखन्डन भएको छ । परिवारबाट टाढिनुपर्यो, जुन उमेर ढल्केका बुढापाकाहरुलाई पक्कै पनि सजिलो छँदैछैन । १८ वर्ष माथिका सन्तानहरुले बेलायतमा बस्न पाउने अधिकारको पक्षमा पहिले नै अदालतमा फैसला भएको थियो त्यसपछि ३० वर्षको हद कायम भयो । पछि २८ अप्रिल २०१७ को फैसलाले ३० वर्षको उमेरको हद हटाएर हरेक मुद्धाको सुनवाइ र निर्णय अलगअलग केस बाई केस हुने व्यवस्था गरेको छ ।

    गोर्खाको पक्षमा अदालतको फैसला भए तापनि जेष्ठ नागरिकहरुको हकमा भने अझ कष्टकर हुन पुगेको छ । ३० वर्ष नाघेका छोराछोरीलाई भिसा एप्लाई गर्दा सरकारले जीवन धान्न दिइने आर्थिक सहयोग रकम अलि अलि जोगाएर राखेको चर्को भिसा फी दिनुपर्ने हुन्छ । त्यस्तै कतिपय जेष्ठ नागरिकहरुको ज्ञानको कमी भएको हुनाले न्यायालयको व्यवसाय गर्ने कर्मचारीहरुबाट ठगिएका हुन्छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य