• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतमा पेन्सन क्रेडिटसम्बन्धी नीतिहरु बदली भएसँगै कान्छी श्रीमती बेलायतमा भित्र्याउने लाहुरेको बिजोग

  •   १८ मंसिर २०७६, बुधबार ०३:१४ 
  • बम थापा (सूर्यवंशी)

    बेलायत सरकारको चार वर्ष वा सोभन्दा बढी नोकरी गरेकालाई बेलायतमा आवासीय अधिकार प्राप्त भयो । यो निर्णयअनुसार अधिकांश भूतपूर्व गोर्खाहरु र उनका परिवारहरु बेलायतमा बसाईं सरिसकेका छन् । बसाईं सराइसँगै जेष्ठ नागरिकहरुले भर्खरका कान्छी श्रीमती विवाह गरेर बेलायतमा भित्र्याउने लहर नै चलेको छ तर अबको अवस्था भने फरक रहेको छ । जेष्ठ नागरिक पुरुषले पेन्सनको उमेर नपुगेका कान्छी श्रीमती विवाह गर्ने र जेष्ठ महिलाले पेन्सनको उमेर नपुगेका श्रीमान् विवाह गरेर बेलायतमा ल्याएमा दुबैले पेन्सन क्रेडिट नपाउनेबारे बेलायतको पेन्सन क्रेडिटसम्बन्धी नीतिहरु बदली भएका छन् ।

    गोर्खाहरु बेलायत आए, सबै कुरा पाए भन्ने जुन भनाइ छ, यो अति नै गलत छ । ब्रिटिश सरकारको नोकरी गरेर पनि पेन्सन नपाएपछि बुढेसकालमा जीवननिर्वाह सहायता पाउनका लागि बेलायत आएर बस्नुपर्ने ठूलो बाध्यता रहेको छ । पेन्सन नभएका अथवा कम भएका, बेलायतमा आर्थिक अवस्था कमजोर हुने भएको हुनाले जीवन धान्न दिइने आर्थिक सहयोगलाई पेन्सन क्रेडिट (सामाजिक सुरक्षा भत्ता) भनिन्छ । उमेर पुगेका धेरैजसा जेष्ठ नागरिकहरुले पेन्सन क्रेडिट र घरभाडा सहयोग लिएर बेलायतमा जीवन गुजारा गरिरहेका छन् । जीवन धान्न दिएको माना चामलजस्तो सहायताका लागि उनीहरु बेलायतमा नै बस्न बाध्य छन् । भाषा मिल्दैन, बुढेसकालमा अस्पतालमा धाउनु, खानका लागि बजार गर्नु यी सबै पटक्कै सजिला छैनन् । जीवन अति नै कष्टकर छ ।

    गत १५ मे २०१९ देखि बेलायतको पेन्सन क्रेडिटसम्बन्धी नीतिहरु बदली भएको हुनाले यसको सिधा असर वयोबृद्ध भूतपूर्व गोर्खाहरुलाई पर्न गएको छ । ब्रिटिश आर्मीमा नोकरी गरे तापनि भेदभाव गरेर पेन्सन नपाएकाहरुले श्रीमान् र श्रीमती दुईजना भएको खण्डमा जीवननिर्वाह सहायतास्वरुप महिनामा लगभग एक हजार पौण्ड पेन्सन क्रेडिट पाउने गरेका छन् । तर अब नीतिनियम बदली भएको हुँदा यदि मिक्स एज पेन्सन उमेर नपुगेका जोडी (कान्छा श्रीमान् र कान्छी श्रीमती) भएमा युनिभर्सल क्रेडिटमा सहायता कोषमा आवेदन दिनुपर्ने हुन्छ । जुन आवेदन दिन सजिलो भने छैन । आधुनिक युगमा सबै कम्प्युटरमा अन लाइन फाराम भर्नुपर्ने हुन्छ, जुन काम गर्न गोर्खाहरुको ढङ्ग पुग्दैन । फारम भरिसकेपछि धेरैपल्ट तोकिएको ठाउँमा अन्तर्वार्ता गएर मात्र सहयोगस्वरुप महिनामा धेरै भनेको दयाले जीवन धान्न ४९८ पौण्ड मात्र सहयोग रकम पाउने छन् । यसकारण जीवन अझ कष्टकर छ ।

    जेष्ठ नागरिकहरुलाई बेलायतमा बस्ने अनुमति त दिइयो तर सबै परिवारलाई बेलायतमा ल्याउन भने दिइएन । यस नियमले पारिवारिक विखन्डन भएको छ । परिवारबाट टाढिनुपर्यो, जुन उमेर ढल्केका बुढापाकाहरुलाई पक्कै पनि सजिलो छँदैछैन । १८ वर्ष माथिका सन्तानहरुले बेलायतमा बस्न पाउने अधिकारको पक्षमा पहिले नै अदालतमा फैसला भएको थियो त्यसपछि ३० वर्षको हद कायम भयो । पछि २८ अप्रिल २०१७ को फैसलाले ३० वर्षको उमेरको हद हटाएर हरेक मुद्धाको सुनवाइ र निर्णय अलगअलग केस बाई केस हुने व्यवस्था गरेको छ ।

    गोर्खाको पक्षमा अदालतको फैसला भए तापनि जेष्ठ नागरिकहरुको हकमा भने अझ कष्टकर हुन पुगेको छ । ३० वर्ष नाघेका छोराछोरीलाई भिसा एप्लाई गर्दा सरकारले जीवन धान्न दिइने आर्थिक सहयोग रकम अलि अलि जोगाएर राखेको चर्को भिसा फी दिनुपर्ने हुन्छ । त्यस्तै कतिपय जेष्ठ नागरिकहरुको ज्ञानको कमी भएको हुनाले न्यायालयको व्यवसाय गर्ने कर्मचारीहरुबाट ठगिएका हुन्छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य