• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

समाजसेवी मुक्तबहादुर दिसुवामगरद्वारा बुद्धको प्रतिमा स्थापित

  •   २८ मंसिर २०७६, शनिबार १०:११ 
  • बम थापा (सूर्यवंशी)

    पाल्पा, मङ्सिर २६ । गाउँघरमा नै बसेर रमाउने भूतपूर्व गोर्खा समाजसेवी मुक्तबहादुर दिसुवामगरद्वारा निर्मित बुद्ध मन्दिरको उदघाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारद्वारा प्रदान गरिने गोरखा दक्षिणबाहु तेस्रोले विभूषित तथा पाल्पाली नागरिकहरुद्वारा दुईपटक सम्मानित समाजसेवी जापानिज नागरिक काजुमासा काकिमी (ओके बाजे) थिए । उनै काजुमासा काकिमीद्वारा उदघाटन समारोहमा बुद्धको मूर्ति स्थापना गरिएको थियो भने सो अवसरमा विभिन्न विशिष्ट अतिथि, गाउँका समाजसेवी र भद्रभलादमीहरुको बाक्लो उपस्थिति रहेको थियो । आफ्नै निजी खर्चमा तल्लो मलेङमा अवस्थित सानो पानीपोखरीको बीचमा उहाँका बाबा स्व. श्रीधर दिसुवामगर, आमा स्व. बसुन्धरा दिसुवामगर र श्रीमती अतिसरा दिसुवामगरको स्मृतिमा सो बुद्धको मन्दिर स्थापनासहित उद्घाटन गरिएको हो ।

    समाजसेवी मुक्तबहादुर दिसुवामगर भूतपूर्व ब्रिटिश गोर्खा सैनिक हुन् । बेलायत सरकारको चार वर्ष वा सोभन्दा बढी नोकरी गरेका भूतपूर्व गोर्खालाई बेलायतमा आवासीय अधिकार प्राप्त भयो । यो निर्णयअनुसार अधिकांश भूतपूर्व गोर्खाहरु र उनका परिवारहरु बेलायतमा बसाईं सरिसकेका छन् । दिसुवामगरका छोरीजवाइँ पनि परिवारसहित बेलायतमा नै छन् । मुक्तबहादुर दिसुवामगर बेलायतको सुखसुविधा छाडेर नेपालको पाल्पा जिल्ला, रम्भा गाउँपालिका– ५, ताहुँको तल्लो मलेङमा रहँदै समाजसेवामा नै रमाइरहेका छन् । सामाजिक सेवाका लागि एक प्रेरित व्यक्तित्व मुक्तबहादुर दिसुवाले त्यहीँ बसेर समाजसेवा गर्दै आएका छन् ।

    ताहुँमा निकै ठूलो मलेङ गाउँ छ । माथिल्लो मलेङमा क्षेत्री जातिको बस्ती छ भने तल्लो मलेङमा क्षेत्रीसहित मगरको बाक्लो बस्ती रहेको छ । ठूलो गाउँ भएकाले खानेपानीको ठूलो समस्या थियो । समाजसेवी मुक्तबहादुर दिसुवामगरको पहलमा अहिले गाउँमा खानेपानीसहित हरियो सागसब्जीमा समेत राख्न पुग्ने गरी पानीको सुविधा मिलाइएको छ ।

    त्यस्तै तल्लो मलेङ र माथिल्लो मलेङको बीचमा कृष्ण मन्दिरको स्थापना गरिएको छ । मन्दिर निर्माणमा पनि उहाँको ठूलो योगदान रहेको छ भने मन्दिरको द्वार बेलायतमा बस्ने उहाँकी कान्छी छोरीज्वाइँको पहलमा निर्माण गरिएको हो । भनिन्छ, नेपालमा निर्माण गरिएका कृष्ण मन्दिरका द्वारमध्ये यो एक आकर्षक द्वार मानिन्छ । यसरी समाजसेवी मुक्तबहादुर दिसुवामगरले सामाजिक विकासका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य