• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मायाको घर अमेरिकामा सार्वजनिक

  •   १४ पुष २०७६, सोमबार ११:२७ 
  • लन्डन । वरिष्ठ लोकगायक प्रेमराजा महतले अमेरिकाको मेरिल्याण्ड राज्यअन्तर्गत बाल्टिमोरको एक समारोहमा गीतकार लवकुमार बुढाथोकीमगरको मायाको घर (गीतसङ्ग्रह) विमोचन गरेका छन् । सो समारोहमा नायक दिलिप रायमाझी, नायिका मेलिना मानन्धरलगायतका सुपरिचित कलारकार, साहित्यकार र समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

    मायाको घर विमोचन समारोहको सभापतित्व समाजसेवी, बानाकी निर्वतमान अध्यक्ष तथा निर्मात्री अनसुया श्रेष्ठ वन्तले गरेकी थिइन् भने प्रमुख आतिथ्य महावाणिज्य दूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महतले गरेका थिए । डिसेम्बर २८ का दिन विमोचित गीतसङ्ग्रहका बारेमा आफना भनाइ राख्दै प्रमुख अतिथि महतले लवकुमार बुढाथोकीको गीतिलेखनको खुलेरै प्रशंसा गरे । एक कालिगढले कला सिर्जना गरेजस्तै लवकुमारले गीत सिर्जना गरेको भन्दै महतले लवकुमारको भावी गीतिलेखनमा अरु आयामहरूको कामना पनि गरे । विमोचन समारोहकी सभापति समाजसेवी अनसुया श्रेष्ठ वन्तले स्रष्टाका कृतिहरू सधैँ अमर रहने कुरा राख्दै यही कुरालाई बुझेर आफू अभिनयतिर लागेको कुरा खुलाइन् । विमोचन समारोहलाई नायक दिलिप रायमाझी, कलाकार पूजा चन्द लामा, गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाका अध्यक्ष डोलनाथ घिमिरे र बाना अध्यक्ष सुबोध पन्तलगायतले सम्बोधन गर्दै गीतकार लवकुमार बुढाथोकीलाई शुभकामना दिएका थिए ।

    गीतकार लवकुमार बुढाथोकी वैदेशिक रोजगारीका शिलशिलामा लामो समय जापानमा बस्दा यस गीतसङ्ग्रहका धेरै गीतहरू लेखिएका हुन् भने हाल यिनी अमेरिकामा रहेका छन् । विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार बुढाथोकीले विदेशका विभिन्न ठाउँमा बस्दा नेपाल र नेपाली सम्झेर गीत लेखेको प्रसङ्ग उठाउँदै अमेरिकाको बाल्टिमोरमा धेरै नेपाली बसोवास गर्ने र यस क्षेत्रमै आफ्नो गीतसङ्ग्रह विमोचन गर्ने चाहना पूरा भएको कुरा राखे । उनले थपे, ‘म आज एकदमै खुसी छु । मेरो गीतसङ्ग्रह यहाँहरूसामु आएको छ । यसलाई सबैले माया गरिदिनुहोला । यहाँहरूकै मायाले अरु गीतहरू लेख्न प्रेरित गर्ने छ ।’

    लोक गायिका एवम् मोडल शान्ति भण्डारीले स्वागत मन्तव्य राखेको यस विमोचन समारोहलाई सुरेश दर्पणले सञ्चालन गरेका थिए । वि. सं. २०७२ मा ‘बिसाउनी’ आधुनिक गीतिएल्बम निकालिसकेका लवकुमारका केही गीतहरू उदय सोताङ, कर्मग्याल्छेन बम्जन, शिव परियार, मेलिना राईलगायतका ख्यातिप्राप्त कलाकारहरूले गाइसकेका छन् । नेपाली साहित्यका लोकप्रिय गीतकार तथा साहित्यकार भावेश भुमरीले सम्पादन गर्दै भूमिकासम्म लेखिदिएको लवकुमारको मायाको घर पहिलो गीतसङ्ग्रह भए तापनि स्तरीय पुस्तकको रुपमा प्रकाशन भएको छ । गीतकार लवकुमारले आफ्नो पुस्तक केही सय सङ्ख्यामा साब्लाबुङ पुस्तकालय अभियानलाई हस्तान्तरण गरी नेपालका दुर्गम क्षेत्रका पुस्तकालयमा पुस्तक वितरणमा पनि सहयोग गर्ने घोषणा गरेका छन् ।

    मायाको घर विमोचन कार्यक्रममा इनास मेरिल्याण्ड राज्य शाखाका अध्यक्ष सृजन ताम्राकार, नायिका मेलिना मानन्धर, बानाका संस्थापक अध्यक्ष मोहन थापा, एन्जेल ब्याण्डका राजु लामा, बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठलगायतका विभिन्न व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । विमोचन कार्यक्रमको आयोजना प्लस ९७७ डट नेटले गरेको थियो भने मिडिया पार्टनरको रुपमा नेपाल जापान डटकम र नेप्लिज डटकमले रहेका थिए । भिडियो र फोटो व्यवस्थापनको कार्य विश्वराज थापाले गरेका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य