• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगर संघ युकेको १२ औँ शाखा गठन

  •   १३ माघ २०७६, सोमबार १०:५३ 
  • गोमा राना
    लण्डन, २६ जनवरी २०२० । मिडल्याण्ड बासी मगरहरूका लागि एक ऐतिहासिक र अविस्मरणीय दिन रहेको छ । बेलायतभरि छरिएर रहेका मगरहरूलाई एकताको गाँठोमा बाँधेर एकताकै सन्देश सञ्चारित गर्दै मगर संघ युकेको १२ औँ मिडल्याण्ड शाखा गठन भएको छ । नेपाल आदिवासी जनजातिको सबैभन्दा ठूलो जनसङ्ख्या ओगोटेको मगर समुदाय अन्य समुदायको भन्दा फरक भाषा, संस्कृति र परम्परा रहेकाले मगर समुदायको छुट्टै पहिचान छ ।

    मिडल्याण्डवरिपरि मगरहरूको जनसङ्ख्या दिनप्रतिदिन तीब्र गतिले बढिरहेको अवस्थामा आफ्नो चिनारी के हो र यसवरिपरिका मगरहरू एकआपसमा एकजुट भएर भावी सन्ततिहरूलाई आफ्नो पहिचानका बारेमा बोध गराउन मगर संघ युके मिडल्याण्ड शाखा स्थापना गर्न अत्यावश्यक भएकाले यो सस्था स्थापना गरिएको हो । मिडल्याण्ड शाखा केन्द्रीय मगर संघ युकेको १२ औँ अर्थात् अहिलेसम्मकै कान्छो शाखाको रुपमा स्थापना भएको छ ।

    हेरिटेज इण्दिया रेस्टुराँ लेसेस्टेरमा सम्पन्न उक्त सभामा मगर भाषा, भेषभूषा, कला, धर्म र संस्कृतिहरूको जगेर्ना गर्दै युगान्तर जिवित राख्न र सबै मगरहरूको एकताका लागि आफ्नो जातीय उत्थानमा संलग्न भई अन्य जातजातिहरूसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्ने उद्देश्यले यस शाखाको स्थापना गरिएको हो ।

    सो सभामा केन्द्रीय मगर संघको युकेका अध्यक्ष सुनिल राना, महासचिव रुद्र थापा, ट्रस्टी गोमा राना र सल्लाहकार क्या. वीरबहादुर थापालगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्तिथिति रहेको थियो भने संयोजक क्या. भीम सारुमगरको संयोजकत्व र चित्र रानामगरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको चयन भएको छ ।

    नयाँ जोस, जाँगर, उत्साह र सकारात्मक सोचका साथ मगर समाजमा केही उदाहरणीय र सकारात्मक पक्षको विकास गर्ने उद्देश्यका साथ मगरहरूको बाक्लो उपस्थितिमा निम्नलिखित संस्थापक कार्यसमितिको चयन गरिएको छः

    अध्यक्ष– टङ्क मगर (नोनिटोन)
    उपाध्यक्ष– प्रेम आले (लेसेस्टर)
    सचिव– चम्पा थापा (कोलभेल)
    सहसचिव– खिम थापा (नोनिटन)
    कोषाध्यक्ष– पूर्ण बलाल (कोलभेल)
    सहकोषाध्यक्ष– दल थापा (पिटरबरो)
    सदस्यहरूहरूः
    निरज राना (पेटरबरो)
    ओम थापा (टेल्फोर्ड)
    चुडक थापा (कोलभेल)
    पदम भुजेल थापा (कोलभेल)
    जामलाल पुन (कोलभेल)
    बुद्ध थापा (कोलभेल)
    युवराज थापा (पिटरबरो)
    जस आले (लेस्टर)
    श्रीमती विष्णु थापा (कोलभेल)
    श्रीमती रिना ठेँडीमगर (कोलभेल)
    सल्लाहाकारहरूः
    क्या. भीम सारु (संयोजक) नोनिटन
    चित्र राना (बर्मिङ्हाम)
    दल बुढाथोकी (संस्थापक अध्यक्ष युएसए) पेटरबरो
    रुमा सारु थापा (नोनिटन)

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य