• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पुन मगर समाज यूकेको अध्यक्षमा बल पुर्जामगर

  •   २७ माघ २०७६, सोमबार ००:२७ 
  • अंग गर्बुजा
    लण्डन, शनिबार ८ फरवरी । पुन मगर समाज युकेको तेस्रो अधिवेशन लण्डनस्थित ह्यारो फुटबल क्लबमा सम्पन्न भएको छ । यस अधिवेशनबाट बल पुर्जामगर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
    नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छ–
    अध्यक्ष– बल पुर्जामगर, उपाध्यक्ष– तुलचन्द्र तिलिजा, महिला उपाध्यक्ष– मनकुमारी पुर्जा, महासचिव– कमल पाइजा, कोषाध्यक्ष– चन्द्रराम खोर्जा, सहसचिव– रुद्र चोचाङ्गी, सहकोषाध्यक्ष– लिल अर्मजा, सांस्कृतिक सचिव– खिम पुन, सांस्कृतिक सहसचिव– हिमानी चोचाङ्गी
    सदस्यहरू– रन पाइजा, छक तिलिजा, अञ्जना पुर्जा, चित्र गर्बुजा, मेषमान पुर्जा, पार्वती पुन, गम गर्बुजा, लिल पुर्जा, बल पुर्जा, कृष्ण तिलिजा, खिम पुन. मेडिया सचिव– अंग गर्बुजा

    सल्लाहकारहरू
    बिल पुर्जा, तेज रामजाली, अम्बु गर्बुजा, क्याप्टेन कृष्ण पुन, क्याप्टेन राम पुन, हर्क खोर्जा, मन पुर्जा, मनवीर पाइजा, भिम चोचाङ्गी

    यस अधिवेशनमा मन पुर्जा, हर्क खोर्जा र बिल पुर्जा निर्वाचन समितिका आयुक्त थिए । नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सल्लाहकारहरूलाई प्रमुख निर्वाचन आयुक्त श्री हर्क खोर्जा पुनमगर र सचिव मनबहादुर पुर्जा पुनमगरले सपथग्रहण गराएका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बल पुर्जाले समाजलाई दरिलोसँग अगाडि लैजाने र संस्थालाई आर्थिक रूपमा सबल बनाउनेबारे वचनबद्धता व्यक्त गर्दै सबैलाई धन्यवाद दिए ।

    कार्यक्रमका प्रमुख अतिथि भिम चोचाङ्गी, विशेष अतिथि कलाकार सरू थापा र अध्यक्ष तेज राम्जालीद्वारा पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रम शुभारम्भ गरिएको कार्यक्रममा अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए ।

    यस कार्यक्रमको पहिलो चरणमा पुन मगर समाज युकेका अध्यक्ष तेज राम्जालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव कमल पाइजाले सञ्चालन गरेका थिए । सचिव र कोषाध्यक्ष विशेष कामले उपस्थिति हुन नसकेका कारणले वर्षभरि गरिएका गतिविधिहरूको सम्पूर्ण विवरण र आर्थिक प्रतिवेदन अध्यक्ष तेज राम्जालीले नै पेस गरेका थिए ।

    ७० जनाभन्दा बढी सदस्यहरूको बाक्लो उपस्थिति रहेको साधारणसभामा आगामी दिनहरूमा काम गर्न सहज होस् भन्ने उद्देश्यअनुरूप सर्वसहमतले विधानमा संशोधन गरिएको थियो । अधिवेशनलाई सफल गराउनका लागि निम्नलिखित महानुभावहरूबाट सहयोग आएको थियो–

    १. सल्लाहकार क्याप्टेन कृष्ण पुन १०० पाउन्ड
    २. अध्यक्ष बल पुर्जा १०० पाउन्ड
    ३. निवर्तमान अध्यक्ष तेज राम्जाली ५० पाउन्ड
    ४. सोममाया पुर्जा ५० पाउन्ड
    ५. सुन पुर्जा ३० पाउन्ड
    ६. विमला गर्बुजा ३० पाउन्ड
    ७. दिलमाया चोचाङ्गी २० पाउन्ड

    खाजाका लागि सेलरोटी र आलुदममा मिनकुमारी पुर्जामगर, फकतिसा पुर्जामगर, लुलदेवी गर्बुजा र दिलकुमारी तिलिजाले सहयोग गरेका थिए भने माया पपका प्रोप्राइटर मन पुर्जाद्वारा खानपिनको व्यवस्था गरिएको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य