• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

आसफोर्डमा नेपाली घर

  •   २९ माघ २०७६, बुधबार २३:१९ 
  • – जानुका राई
    इतिहासका विभिन्न कालखण्डहरूलाई हेर्ने हो भने वीर गोर्खालीहरूको इतिहास निकै बलशाली रहेको छ । गोर्खालीहरूको शाहस र शक्तिको सदुपयोग गर्दै विकसित र शक्तिशाली राष्ट्रहरूले संसारका धेरै कठिन युद्धहरू जित्न सफल भएका छन् । शत्रुसामु कहिल्यै नझुक्ने बरु ज्यानको आहूति दिने, बन्दुक, गोली र आधुनिक हातहतियारहरूका विरुद्ध गोर्खालीको नाङ्गो खुकुरीले प्रतिकार गरेर विजय प्राप्त गरेको गर्विलो इतिहास नै आज वीर गोर्खालीको पहिचान बनेको छ । यसरी वीर गोर्खालीहरूले अन्तर्रा्ष्ट्रिय भूगोलमा आफ्नो गर्विलो इतिहास रचना गर्न सफल भएका छन् ।

    आफ्नो अधिकारका लागि आन्दोलन गरेर सन् २००४ मा आंशिक रूपमा र सन् २००९ मा पूर्णरूपमा अवकाश प्राप्त गोर्खालीहरू आवासीय सुविधा प्राप्त गरेर बेलायतका विभिन्न स्थानहरूमा बस्दै आएका छन् । आफ्ना सन्तानहरूको सुन्दर भविष्यका लागि हजारौँ गोर्खालीहरू बेलायतका दक्षिणपूर्वमा रहेको आसफोर्ड केन्ट सहरलाई कर्मथलो बनाएर बसोबास गरिरहेका छन् ।

    गोर्खालीहरूले अहिले नेपालको शिक्षा, कला, संस्कृति र समाजसेवालगायत विभिन्न क्षेत्रमा बेलायतमै बसेर योगदान गरिरहेको अवस्था छ । आसफोर्डबासी गोर्खालीहरूद्वारा गोर्खाली समाजको उन्नति, हक, हित र विकासका लागि आसफोर्ड केन्टमा सन् २००४ मा सगरमाथा गोर्खा नेपाली समाज नामक संस्था स्थापना गरियो । उक्त संस्थाद्वारा यो सहरका सबै गोर्खाली मिलेर नेपाली सभा सम्मेलन,कला, साहित्य, शिक्षा, खेलकुद, चाडपर्व र संस्कार मनाउने एवम् विभिन्न गतिविधिहरू ब्रिटिश हल भाडामा लिएर सञ्चालन गर्ने गरिन्छ । भविष्यमा आफ्ना लागि कार्यक्रम हल नपाउने सम्भावना देखिएकाले नरेन्द्र लिम्बूको अध्यक्षतामा गठन भएको कार्यसमितिले सन् २०११ मा नेपाली घर खरिद तथा निर्माण परियोजना प्रस्ताव पास गरी बजेटका लागि विभिन्न कार्यक्रमहरूद्वारा आर्थिक रकम सङ्लन अभियान सुरु गर्यो । सन् २०११ देखि २०१८ सम्म अध्यक्षहरू नरेन्द्र लिम्बू, पोपिराज राई, श्रीप्रसाद लिम्बू, भाष्कर तितुङलगायतको योगदान रहेको छ । यिनीहरूका सबै कार्यसमितिले गोर्खा च्यारिटी डिनर गरी अन्य कार्यक्रमहरूबाट आर्थिक सङ्लन गरेर यो अभियान बढाइरहेका थिए र छन् । यसले बेलायतमा पनि गोर्खालीहरूको स्वतन्त्रतालाई कायम राख्न नेपाली घर परियोजनाको अभियान सफल रहेको छ । सन् २०१८ मा सगरमाथा गोर्खा नेपाली समाज समितिमा चक्रबहादुर राईको अध्यक्षतामा भएको टोलीले भने शसक्त रूपमा नेपाली घर परियोजनाका लागि आर्थिक सङ्लन कार्यहरू अगाडि बढाइरहेको छ । यसमा अध्यक्ष राईको निकै महत्वपूर्ण भूमिका रहेको छ । संस्थाले यो परियोजना सफल पार्न विभिन्न उपसमितिहरूसमेत निर्माण गरी नेपाली घर परियोजनालाई सन् २०२१ सम्ममा सफल पार्ने उद्देश्यले च्यारिटी डिनर कार्यक्रम, घरदैलो कार्यक्रम र देउसीभैलो कार्यक्रमलगायत विभिन्न माध्यमहरूबाट आर्थिक सङ्लन गर्ने काम गरिरहेको छ । भर्खर मात्र २५ जनवरी, २०२० का दिन उक्त संस्थाले भव्य रूपमा गोर्खा च्यारिटी डिनर कार्यक्रम सम्पन्न गरी नेपाली घर परियोजनाका लागि उल्लेख्य मात्रामा आर्थिक रकम सङ्लन गर्यो ।

    उक्त कार्यक्रममा गीतकार जानुका राईद्वारा लिखित तथा गायक नरेन्द्र राईद्वारा निर्मित बाबाआमाको गीतिभिडियो सार्वजनिक गरियो । बसुन्धरा राईको अध्यक्षतामा गठित महिला उपसमितिले पनि उक्त परियोजनालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

    नेपाली घर नेपालको कला र संस्कृति झल्किने नेपाली झण्डासमेत भएको पुरानादेखि नयाँ पुस्तासम्मलाई सबैखाले गतिविधिहरू गर्न मिल्ने एउटा ऐतिहासिक धरोहरको रूपमा हुने छ । आज आसफोर्डबासी गोर्खाली नेपालीहरूले आसफोर्डबासी सम्पूर्ण समुदायका लागि हरेक कार्यक्रमहरू सहजतासाथ सम्पन्न गर्न सक्ने सुविधाजनक हलको व्यवस्था गर्ने अभियानमा सबै एकजुट भएर लागिरहेका छन् । शिक्षा, साहित्य, कला, प्रतिभा, संस्कार, संस्कृति र खेलकुदका लागि उर्वराशक्ति केन्द्रको रूपमा मानिन्छ आसफोर्डबासी गोर्खाली समाज ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य