• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

१/८० इनटेक बहुदलले गर्यो नम्बरीको उद्धार

  •   ४ फाल्गुन २०७६, आईतवार ०५:१७ 
  • १९८० सालमा ब्रिटिस आर्मीमा लागेका खोटाङको खोट्टेहाङ गाउँपालिका ४ का पर्शुराम राई तालिमको क्रममा एक्कासी कान नसुन्ने स्वस्थ्यमा समस्या देखा परेपछि नेपाल फर्कनु बाध्य भएका थिए । ब्रिटिस आर्मीमा लागेपनि तीन महिना नपुग्दै फालिएपछि नेपालमा दुख पाएर बसेको पर्शुराम राईलाई १/८० इनटेक बहुदलले नम्बरीलाई उद्धार गरेको छ ।

    जीवन दुःखमा डुविरहेको बेला खोटाङको खोट्टेहाङ गाउँपालिका ४ का पर्शुराम राईले नसोचेको खुशी पाएका छन् । १/८० इनटेक बहुदल नम्बरीहरुले जग्गा खरिद गर्नुको लागि युकेवाट ७ लाख ४० हजार आर्थिक संकलन गरेर पठाएको हो । त्यो सहयोगले उदयपुरको त्रियुगा नगरपालिका १२ विसनपुरमा १० धुर जग्गा खरिद गरेका छन् ।

    धरानका सिनियर वेलफेर अफिसर पूर्ण लिम्बुको सयोगार्थ वेलफेरले त्यसमा नयाँ पक्की घर बनाई दिएको छ भने मासिक ११ हजार ५ सय पेन्सन पाएका छन् । खान, लाउन धौधौ परिरहेको अवस्थाका जग्गा, नयाँ घर र वेलफेर पेन्सन पाउदा रमाई रहेका छन् ।

    पेन्सन र घर बनाउन वेलफेयरले नै सहयोग गर्ने प्रावधान रहेता पनि जग्गा स्वयम्ले नै व्यवस्था गर्नु पर्ने तर उनीसंग जग्गा किन्ने हैसियतसमेत नरहे पछि आर्थिक सहयोग जुटाउनु परेको थियो । आर्थिक संकलनका लागि सिनियर वेलफेयर अफिसर लिम्बुले नै सयोजन तथा सहजिकरण गरेका थिए । वेलफेयरले बनाई दिएको एकतले पक्की घर राईलाई हस्तान्तरण गरिएको छ । वेलफेयरको प्रतिनिधित्व गर्दै सिनियर अफिसर लिम्बुले राईलाई घर हस्तान्तरण गरेका हुन् ।

    तीन सन्तान र श्रीमतीसहितको राई परिवार खोटाङमा आफनो दाजुको घरमा बस्दै आएका थिए । वेलफेयर र १/८० इन्टेक बहुदल नम्बरीहरुको सहयोगमा बनेको आफ्नाे नामको घरजग्गामा बस्न पाउदा सबै परिवारमा खुसी छाएको छ । जीवनदेखि हरेस खाईसकेको अवस्थामा यतिसम्मको सुखको दिन भोग्न पाउदा सपना जस्तै लागेको पर्शुराम राई बताउछन ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य