• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

१/८० इनटेक बहुदलले गर्यो नम्बरीको उद्धार

  •   ४ फाल्गुन २०७६, आईतवार ०५:१७ 
  • १९८० सालमा ब्रिटिस आर्मीमा लागेका खोटाङको खोट्टेहाङ गाउँपालिका ४ का पर्शुराम राई तालिमको क्रममा एक्कासी कान नसुन्ने स्वस्थ्यमा समस्या देखा परेपछि नेपाल फर्कनु बाध्य भएका थिए । ब्रिटिस आर्मीमा लागेपनि तीन महिना नपुग्दै फालिएपछि नेपालमा दुख पाएर बसेको पर्शुराम राईलाई १/८० इनटेक बहुदलले नम्बरीलाई उद्धार गरेको छ ।

    जीवन दुःखमा डुविरहेको बेला खोटाङको खोट्टेहाङ गाउँपालिका ४ का पर्शुराम राईले नसोचेको खुशी पाएका छन् । १/८० इनटेक बहुदल नम्बरीहरुले जग्गा खरिद गर्नुको लागि युकेवाट ७ लाख ४० हजार आर्थिक संकलन गरेर पठाएको हो । त्यो सहयोगले उदयपुरको त्रियुगा नगरपालिका १२ विसनपुरमा १० धुर जग्गा खरिद गरेका छन् ।

    धरानका सिनियर वेलफेर अफिसर पूर्ण लिम्बुको सयोगार्थ वेलफेरले त्यसमा नयाँ पक्की घर बनाई दिएको छ भने मासिक ११ हजार ५ सय पेन्सन पाएका छन् । खान, लाउन धौधौ परिरहेको अवस्थाका जग्गा, नयाँ घर र वेलफेर पेन्सन पाउदा रमाई रहेका छन् ।

    पेन्सन र घर बनाउन वेलफेयरले नै सहयोग गर्ने प्रावधान रहेता पनि जग्गा स्वयम्ले नै व्यवस्था गर्नु पर्ने तर उनीसंग जग्गा किन्ने हैसियतसमेत नरहे पछि आर्थिक सहयोग जुटाउनु परेको थियो । आर्थिक संकलनका लागि सिनियर वेलफेयर अफिसर लिम्बुले नै सयोजन तथा सहजिकरण गरेका थिए । वेलफेयरले बनाई दिएको एकतले पक्की घर राईलाई हस्तान्तरण गरिएको छ । वेलफेयरको प्रतिनिधित्व गर्दै सिनियर अफिसर लिम्बुले राईलाई घर हस्तान्तरण गरेका हुन् ।

    तीन सन्तान र श्रीमतीसहितको राई परिवार खोटाङमा आफनो दाजुको घरमा बस्दै आएका थिए । वेलफेयर र १/८० इन्टेक बहुदल नम्बरीहरुको सहयोगमा बनेको आफ्नाे नामको घरजग्गामा बस्न पाउदा सबै परिवारमा खुसी छाएको छ । जीवनदेखि हरेस खाईसकेको अवस्थामा यतिसम्मको सुखको दिन भोग्न पाउदा सपना जस्तै लागेको पर्शुराम राई बताउछन ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य