• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

कानुङ लाङ्घाको स्तर र लोभलाग्दो बिक्री रेकर्ड

  •   १७ फाल्गुन २०७६, शनिबार २०:४१ 
  • – भावेश भुमरी
    मगर संघ युकेद्वारा प्रकाशित वार्षिक मुखपत्र ‘कानुङ लाङ्घा’ वर्ष १५, पूर्णाङ्क १४, सन् २०२० मगर दिवसको एक कार्यक्रमको अवसरमा युकेको रेडिङमा सार्वजनिक गरिएको छ । विशेषतः संस्थाको वार्षिक कार्यक्रम र भावी योजनाहरूलाई सार्वजनिक गर्न प्रकाशित हुने वार्षिक मुखपत्रको प्रकाशनलाई सामान्य गतिविधिको रूपमा हेरिने परिपाटी भए तापनि यसपालिको कानुङ लाङ्घाको प्रकाशनलाई भने निक्कै महत्वका साथ हेरिएको छ ।

    मगर संघ युकेका अध्यक्ष सुनिल राना संरक्षक रहेको कानुङ लाङ्घा प्रकाशन समितिका सल्लाहकारहरूमा मगर संघ युकेका निवर्तमान अध्यक्ष तथा साहित्यकार चिमखोले काइँला, पत्रकार नरेश खपाङ्गी र साहित्यकार तथा सामाजिक व्यक्तित्व गोमा राना रहनुभएको छ । बम थापा सूर्यवङ्शी प्रधानसम्पादक रहनुभएको यस पत्रिकाका सम्पादकहरू देवी आले र ओम थापा काउचा रहनुभएको छ भने मगर संघ युकेकी सचिव सरला रानाले संयोजकको भूमिका निर्वाह गर्नुभएको छ । नेपाल सम्पादक भावेश भुमरीले पत्रिकाको भाषिक सम्पादन र प्राविधिक रूपले प्रकाशनको व्यवस्थापन गरेको यो पत्रिका १६ पेज रङ्गीनसहित १५२ पृष्ठको छ ।

    प्रमुख अतिथि बमकुमारी बुढामगरले विमोचन गरेको यस पत्रिकाको विषयसूचीअगाडि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीको शुभकामना मन्तव्य र प्रधानसम्पादक बम थापा सूर्यवङ्शीको सम्पादकीय रहेको छ भने औपचारिकरूपमा अग्रस्थानमा संस्थाका अध्यक्ष सुनिल रानाको लेख रहेको छ । मगर संघ युके केन्द्रीय समितिको वार्षिक प्रतिवेदन संस्थाका महासचिव रुद्र थापाले तयार पार्नुभएको छ भने नेपाली ओपन कन्सर्ट २०१९ सम्बन्धी संस्थाका सांस्कृतिक सचिव तेन्याङ (सरु) राना गुरुङको लेख रहेको छ । पत्रिकामा मगर संघ युके, केन्ट शाखा, युएचएसबी शाखा, वेस्ट लण्डन शाखा, प्लमस्टेड शाखा, रेडिङ शाखा, स्विन्डन शाखा, वेल्स शाखा, क्याटरिक शाखा र वेम्बली मिडलसेक्स शाखाका वार्षिक प्रतिवेदनहरू पनि रहेका छन् । यी प्रतिवेदनहरू क्रमशः क्याप्टेन (रिटायर्ड) रामबहादुर पुनमगर, श्रीमती हेमा राना, टेकबहादुर राना, चेतबहादुर रानामगर, विशन थापामगर, चित्र पुनमगर, लालु बुढामगर, क्याप्टेन (रिटायर्ड) भक्तहादुर थापामगर (एमभीओ) र श्रीमती सरला रानाले तयार पार्नुभएको छ । मगर महिला संघ बेलायत केन्द्रीय समितिको वार्षिक प्रतिवेदन सरला रानामगरले नै तयार पार्नुभएको छ भने मगर युथका अध्यक्ष किशोर रानाको च्यारिटीसम्बन्धी लेख पनि रहेको छ । मगर संघ युकेका विभिन्न ट्रस्ट फन्डहरूबारेको लेखपछि हुमबहादुर थापाको मगर विद्यार्थी उत्थान समाज ललितपुरसम्बन्धी लेख रहेको छ । पत्रिकामा लाङ्घाली परिवार ब्रुनाईसम्बन्धी मेजर कमल रानाको लेख, मगर संघ युकेकै २०२० र २०२१ का विभिन्न कार्यक्रम तालिका र मगर अध्ययन केन्द्रका कार्य र भावी योजनासम्बन्धी डा. गोविन्दप्रसाद थापाको लेख पनि रहेका छान् ।

    पत्रिकाको दोस्रो भागमा मगरसम्बन्धी विभिन्न लेखकका लेखकहरू रहेका छन् । विष्णुकुमार सिङ्जालीको मगर जातिमा उच्च शिक्षाको अवस्थाको एक समीक्षा, दिनेश रोकाको कलेज वा युनिभर्सिटी नगई कसरी स्मार्ट र सफल बन्ने भन्ने लेख रहेका छन् भने टेनिसा रानाको लेख पनि रहेको छ । हंसबहादुर दर्लामीमगरको हुर्रा नृत्य एक परिचय, बलबहादुर घर्तीमगरको मगर जातिमा थर निर्माण र पद वितरण प्रक्रिया, विजय हितानमगरको आर्थिक उन्नति मगरहरूको भावी चुनौती, मगर संघ युकेका संरक्षक घनबहादुर थापामगरको मगराती एक परिचय, बम थापा (सूर्यवङ्शी) को बेलायतमा जेष्ठ लाहुरेहरूको अवस्था, गजवीर थापा (झेँडी) मगरको मगरहरूको थर मगर भाषामै, जगत् थापाको मगरको सान मगर भवन, हिमाली रानामगरको मगर जातिको ऐतिहासिक पहिचान खतरामा, ओम थापा काउचाको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको उत्कृष्ट प्रदर्शनमा मगरहरूको सहभागिता र सफलता, छवि पुनको मगर संघ युकेको च्यारिटी कार्यक्रकम, वीरप्रसाद घर्तीमगरको मगर संघ युकेलाई आर्थिक रूपले सबल कसरी बनाउने ? रिम गलामीमगरको मगर धर्मसंस्कार र इन्द्र पुनको मगर संघ युकेका वर्तमान उद्देश्य र भावी दिशाहरू र गङ्गा रानाको गृहिणीका चुनौतिहरू शीर्षकका लेखहरू पनि रहेका छन् । पत्रिकामा हिमाल आरोही निर्मल (निम्स) पुर्जामगर, मगर संस्कृतिविद् बमकुमारी बुढामगर, फूटबल खेलाडी अस्मिता आले, मगर संघ युके, युएजएसबी शाखाकी अध्यक्ष श्रीमती हेमा राना र मगर संघ युकेका अध्यक्ष सुनिल रानाको व्यक्तित्व परिचयहरू पनि रहेका छन् । यी परिचय चिम्खोले काइँला र देवी आलेले तयार पार्नुभएको छ । पत्रिकामा भर्खरै स्थापना भएको मगर संघ युके, मिडल्याण्ड शाखाका बारेमा अध्यक्ष सुनिल रानाले नै परिचय तयार पार्नुभएको छ ।

    पत्रिकाको तेस्रो भागमा विभिन्न मगर साहित्यकारका रचनाहरू रहेका छन् । पूर्ण राना, जयबहादुर हितानमगर, नानु राना, भावेश भुमरी, सीता पुर्जा पुनमगर, करिश्मा घम, गोमा राना, दीपक थापा ‘माइथाने मगर’, डोम राना, देवी आले, विशन थापा, पद्मा लिंखामगर, शशी थापा सुब्बा, लाल राना, गङ्गा थापामगर र लक्ष्मी आलेका कविता, गीत, गजल र कथाले यस भागलाई सिँगार्ने काम गरेका छन् । चौथो भागमा भने विभिन्न व्यक्ति र संस्थाका शुभकामना र अन्य विज्ञापन रहेका छन् ।

    यस कानुङ लाङ्घा पत्रिकामा मगर भाषा र संस्कृतिका साथमा मगरसँग सरोकार राख्ने विभिन्न विषयलाई महत्वका साथ समेट्ने प्रयास गरिएको छ । मगरहरूले शैक्षिक, आर्थिक र राजनीतिक क्षेत्रमा मार्नुपर्ने फड्कोलाई विशेष रूपमा ध्यान दिनुपर्ने अवस्था छ । यस्ता विषयलाई पत्रिकाले सकेसम्म समेट्ने काम गरेको छ । लेखन क्षेत्रमा मगरहरूको उपस्थिति अत्यन्त न्यून छ । प्रायः सुनिन्छ, मगरहरू पनि साहित्यमा लाग्छन् र ? यस्तो अवस्थामा पनि १६ मगर स्रष्टाका सिर्जनाहरूलाई यस पत्रिकाले सार्वजनिक गर्नु चानचुने कुरा होइन । मगरहरूको बौद्धिक क्षेत्रमा उपस्थिति खोज्नु छ भने साहित्य सिर्जनालाई प्रोत्साहन र प्रवद्र्धन गर्नु नितान्त आवश्यक छ । यसपटक कानुङ लाङ्घाले यस कुरालाई थोरै भए पनि बोध गरेको छ । यसरी नै उदीयमान मगर स्रष्ठाहरूलाई प्रोत्साहन गर्न सकेमा भोलिका दिनमा मगर स्रष्ठाहरू केन्द्रीय लेखकका रूपमा स्थापित हुन सक्ने छन् ।

    प्रायः गीतसङ्गीत र नृत्यमा मात्र झुम्ने हाम्रो समाजले अबका दिनमा माथि उठेर अन्य जातिले जस्तै सिर्जनाको पाटोबाट बौद्धिक कुराको उठान गर्नु आवश्यक छ । कलाकारका स्वर, नृत्य र एल्बम प्रस्तुत र बिक्री हुने कार्यक्रमहरूमा साहित्य स्रष्ठाका सिर्जनाहरूले पनि निर्वाध प्रस्तुत र बिक्री हुने उचित वातावरण पाउनुपर्छ । यस कुरालाई पनि मगर संघ युकेले यस पत्रिकामार्फत अगाडि सारेको छ । यसको पुष्टि भनेको कार्यक्रममा पुस्तक र पत्रिहरू बिक्री हुँदैनन् भन्ने सोचलाई चिरेर सबै पत्रिका बिक्री भएको रेकर्ड कायम गर्नु हो । स्मरणीय कुरा के छ भने बिक्री हुने पुस्तक या पत्रिका स्तरीय हुनु नितान्त आवश्यक छ । मलाई लाग्छ, कानुङ लाङ्घा बिक्री हुनुको मुख्य कारण यही हो । यसले पढ्ने, सोच्ने र लेख्ने वातावरण सिर्जना गर्छ । लाग्छ, भोलिका दिनमा मगर संघ युकेले सामाजिक कार्यसँगै साहित्य, कला, सङ्गीत, शिक्षालगायतका क्षेत्रमा उदाहरणीय काम गर्दै अगाडि बढ्ने छ । स्तरीय पत्रिका प्रकाशनकालाई पनि मगर संघ युकेले निरन्तरता दिने छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य