• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

युकेमा मगर दिवस भव्यताका साथ सम्पन्न

  •   १८ फाल्गुन २०७६, आईतवार २०:३७ 
  • – बम थापा (सूर्यवंशी)                        फोटो फिचर: ओम बजांगे रोका मगर
    लण्डन शनिबार, ‘२२ फेब्रुअरी २०२० का दिन रेडिङ जाऔँ, ३८ औँ मगर दिवस भव्यताका साथ मनाऔँ’ भन्ने नाराका साथ मगर संघ युकेले शनिबार युकेको रेडिङस्थिति रिभरमेड लेजर कम्पलेक्सको हलमा एक भव्य कार्यक्रम गरी अति नै धुमधामका साथ ३८ औँ मगर दिवस मनाएको छ । संघका अध्यक्ष सुनिल रानाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि मगर संस्कृतिकी ज्ञाता बमकुमारी बुढामगर रहेकी थिइन् ।

    नेपालका आदिवासी जनजातिहरुमध्ये सबैभन्दा धेरै सङ्ख्यामा रहेका मगर जाति आफ्नै मौलिक संस्कार, धर्म, संस्कृति, कला र भाषा बोकेको जाति हो । ऐतिहासिक फागुन १५ गते मगर एकता दिवसको अवसरमा नेपालबाट बेलायतमा आएका मगरहरुको बहुसांस्कृतिक र बहुकलाको प्रदर्शन हेर्नका लागि बेलायतभरि छरिएर रहेका हजारभन्दा बढी मगरहरु भेला भएका थिए ।

    कार्यक्रममा मगर संघ युकेको भर्खरै जन्मेको शाखा मिडल्याण्डलगायत अन्य शाखाहरु प्लमस्टेड, वेल्स, विनचेस्टर, केन्ट, वेस्ट लण्डन, वेम्बली, स्विण्डन, युएचएसबी, रेडिङसहित पुनमगर समाजहरुले झाँकीको प्रदर्शन साथै मगर संस्कृतिलाई झल्काउने घाटु, कौरा, सोरठी, सालैजो, हुर्रा आदि नाचहरूसँगै बेलायतमा पहिलोचोटि अथार मगरात क्षेत्रमा प्रचलित सारङ्गे नृत्य प्रदर्शन गरिएको थियो ।

    कार्यक्रममा युकेस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो भने मगर महिला संघकी अध्यक्ष विष्णु श्रीस र अन्य मगर महिलाहरुले पाहुनाहरुको सत्कार गरेका थिए । संस्थाका सल्लाहकार देवी आलेमगरले मगर दिवसको महत्वका बारेमा र ट्रष्टी गोमा रानाले मगर भाषा र भेषभूषाका बारेमा प्रस्तुति दिएका थिए । सोही कार्यक्रममा सांस्कृतिक सचिव सरु राना गुरुङ र मगर युथहरुको संयोजकत्वमा मगर फेशन शो पनि राखिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि बमकुमारी बुढामगर, विशेष अतिथि नेपाली राजदूतावास लण्डनका प्रतिनिधि र एनआरएनका उपाध्यक्ष प्रेम गाहामगरले मन्तव्य दिएका थिए भने कार्यक्रम संयोजक एवम् उपाध्यक्ष लालबहादुर पुनले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमलाई महासचिव रुद्र थापा, सचिव सरला राना र सांस्कृतिक सचिव सरु राना गुरुङलगायतले सञ्चालन गरेका थिए ।

    यसै अवसरमा नेपालका राष्ट्रिय कलाकार, चर्चित गायक मनसुधन थापामगर र राष्ट्रिय हाँस्य कलाकार सन्ध्या बुढा (काउली बुढी) को विशेष प्रस्तुति रहेको थियो भने संस्थाका उपाध्यक्ष छविमाया पुनको संयोजकत्वमा रेफल ड्रो गरी पहिलो पुरस्कार एक तोला सुनको डल्लो पुरस्कार प्रदान गरिएको थियो ।

    सो मगर दिवसको अवसरमा मगर संघ युकेले गरेका आफ्ना काम र गतिविधिहरूलाई लिपिवद्ध गरी सार्वजनिक रूपले पाठकहरूसम्म पुर्याउने उद्देश्यका साथ तयार पारिएको संस्थाको मुखपत्र ‘कानुङ लाङ्घा’को विमोचन गरी मगर महिला दिदीबहिनीहरुले सबै बिक्री गराएर नयाँ रेकर्ड कायम गरिएको छ ।

     

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य