• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

सपनाको सहरमा कृष्णकला र घायल

  •   २५ फाल्गुन २०७६, आईतवार १२:१२ 
  • ८ मार्च, लण्डन । गीतकार तथा मुक्तककार कृष्णकला वनेम र जगतराम बर्देवा ‘घायल’को संयुक्त मुक्तकसङ्ग्रह सपनाको सहरको हालै बीएफबीएस रेडियो, काठमाडौँको आयोजनामा विमोचन गरिएको छ ।

    बीएफबीएस रेडियोको स्वर्णिम सङ्गम कार्यक्रमका प्रस्तोता तुलसी बस्नेतले साे कार्यक्रमको सुरुमै विमाेचित पुस्ततकका स्रष्ठा कृष्णकला वनेम र जगतराम बर्देवाको परिचय दिएका थिए भने साहित्यार भावेश भुमरीले सपनाको सहर मुक्तकसङ्ग्रहको संक्षिप्त चर्चा गरेका थिए । भुमरीले भने, ’मुक्तककारद्वाय वनेम र बर्देवाका मुक्तकहरू विदेशी पीडाबाट सिर्जित सिर्जना हुन् । विषयवस्तु र अनुभूतिका दृष्टिले सबै मुक्तक मुक्तककारहरूका देश छोड्दाका विशेष अनुभूति हुन् । मुक्तकहरूमा मायाप्रेमका विविध पक्षलाई उठान गर्दागर्दै पनि विदेश पीडाका विषय बग्रेल्ती प्रस्तुत भएका छन् । देशका विकृति र विसङ्गतिप्रति पनि धेरै मुक्तकहरूले कटाक्ष गरेका छन् । सरल शब्द र शैलीमा धेरै कुरा भन्न सक्नु मुक्तककारहरूको सफता हो । मुक्तकहरू रोचक र घोचक बन्नु यसको विशेषता हो । मुक्तककारद्वाय वनेम र बर्देवा यस पक्षमा निक्कै सफल देखिन्छन् । थोरैमा धेरै कुरा भन्न सफल छन् सपनाको सहर कृतिका मुक्तककारहरू ।‘ इजरायलका कार्यरत मुक्तककार कृष्णकला वनेमले आफूले सिर्जनातिर लाग्नु नै वैदेशिक रोजगारीमा भोग्नुपरेका एक्लोपना, स्वदेश, परिवार र संस्कृति प्रेम हुन् भन्दै सायद स्वदेशमै बसेको भए आफू लेखनमा लाग्ने अवस्था नहुने कुरा बताइन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै हङकङमा कार्यरत गीतकार विशु समले कृष्णकला र जगतरामका मुक्ताहरू एकदमै स्तरीय भएका कुरा प्रस्ट्याए । वैदेशकि रोजगारीकै क्रममा कतारमा कार्यरत मुक्तककार जगतराम बर्देवा भने कार्यक्रममा उपस्थित हुन सकेनन् । उनका मुक्तकहरूका बारेमा आफ्ना विचार राख्दै भुमरीले भने, ‘बर्देवाले देशका विकृति र विसङ्गतिका विषयहरूलाई पनि प्राथमिकताका साथ प्रस्तुग गरेका छन् ।’ मुक्तककार बर्देवाका केही मुक्तक भावेशले नै वाचन गरी सुनाएका थिए । कार्यक्रम अवधिभर कृष्णकला वनेमद्वारा रचित पाँचवटा गीत बजाइएको थियो भने गीतकार भावेश भुमरीका दुई गीत र विशु समका एक गीत पनि बजाएर स्रोताहरूलाई मनोरञ्जन दिने काम गरिएको थियो ।

    प्रस्तोता तुलसी बस्नेतका विभिन्न प्रश्नहरूको उत्तर दिँदै आफ्ना मुक्तकहरू वचन गर्ने क्रममा मुक्तककार कृष्णकला वनेमले आफूले बाबा, ससुरा, सासू र श्रीमान् गुमाउँदाका विषयलाई मुक्तकहरूमा समावेश गरेको भन्दै विशेषतः आफ्ना स्वर्गीय श्रीमान् बाबुराम कन्दङ्वाको स्मरणमा मुक्तक वाचन गरिन् । वनेम त्यतिबेला निक्कै भावुक पनि बनिन् । आफ्ना मुक्तकहरू सुन्दर शैलीमा बाचन गर्दै कृष्णकलाले आफू एक असल मुक्तक स्रष्टामात्र नभएर वाचक पनि भएको कुरा देखाइन् । कार्यक्रमको अन्त्यतिर तपाई. के भन्न चाहनुहुन्छ भन्ने प्रस्तोता बस्नेतको उत्तर दिँदै वनेमले आफ्ना मुक्तकहरू पढेर प्रतिक्रिया दिन अनुरोध गरिन् । कार्यक्रमको अन्त्यमा राम्रा कृति पनि बिक्री हुन नसक्दा स्रष्ठाहरूको मेहनत र लगानीको मूल्याङ्कन हुन सकेको छैन भन्दै भुमरीले साहित्यका पाठकहरूले कृतिहरू किनेर पढिदिएमा स्रष्ठाहरू अरू कृति लेख्न र प्रकाशन गर्न पछि नपर्ने कुरा बताए ।

    विमोचित यस सपनाको सहर मुक्तकसङ्ग्रहमा दुवै मुक्तककारका तीन तीन सय गरी छ सय मुक्तकहरू सङ्गृहित छन् । यस पुस्तकलाई स्वयम् कृष्णकला वनेमले प्रकाशन गरेकी छन् भने साहित्यकार भावेश भुमरीले भाषासम्पादन गरेका छन् । यस कृतिको आवरण भने जीवित खड्कामगरले बनाएका छन् ।

    समाजसेवामा पनि उत्तिकै लागीपर्ने कृष्णकला वनेमले नेपालका दुर्गम गाउँगाउँका पुस्तकालयहरूलाई ठूलो मात्रामा पुस्तकहरू प्रदान गर्दै आएको साब्लाबुङ पुस्तकालय अभियानलाई २०० प्रति सपनाको सहर पुस्तक प्रदान गरेकी छन् । यस पुस्तकालय अभियानका अध्यक्ष राजकुमार राई हुन् भने सचिवमा भावेश भुमरी रहेका छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य