• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

चिम्खोले काईला छात्रवृति बितरण

  •   २५ फाल्गुन २०७६, आईतवार १७:४९ 
  • गत सुक्रबार म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नम्बर ७ चिमखोला अमर माध्यामिक बिद्यालयमा चिम्खोले काईला छात्रवृति बितरण भएको छ । उक्त छात्रवृति साहित्यकार, पत्रकार तथा समाजसेवी दुत पुन (चिम्खोले काईला) ले स्थापित गरेका हुन् । चिम्खोले काईला छात्रवृति अक्षयकोषको धन राशी १० लाख रुपियाको छ । सो १० लाख रुपियाको अक्षयकोषबाट हरेक बर्ष आउने ब्याजबाट चिमखोला गाउँबाट अध्ययनको सिलशिलामा अन्यत्र तर नेपालमा ब्याचलर डिग्री, मास्टर डिग्री र पि.एज.डी. मा अध्ययनरत तथा निम्न आय भएका छात्र तथा छात्राहरुलाई हरेक बर्ष चिम्खोले काईला छात्रवृतिद्वारा सम्मान गरिन्छ ।

    चिम्खोले काईला अक्षयकोष आज भन्दा २ बर्ष अगाडी तथा सन् २०१८ मा दुत पुन तथा चिम्खोले काइलाको परिकल्पनामा स्थापित भएको हो । गत बर्ष अंग्रेजी बिषयमा, ब्याचलर डिग्री, दोस्रो बर्ष, बेनी बहुमुखी क्याम्पस म्याग्दीमा अध्ययनरत, चिमखोला निवासी अनिता सुनार र इञ्जिनिएरिङ बिषय, ब्याचलर डिग्री, तेस्रो बर्ष, पच्चिमाञ्चल क्षेत्रीय बिश्वबिद्यालय पोखरामा अध्यायनरत धबिन पुनलाई जनही रु २५,००० को दरले सम्मान गरिएको थियो । यस बर्ष निम्न तलका कलेज तथा बिश्वबिद्यालयहरुमा अध्ययनरत निम्न छात्र तथा छात्राहरु चिम्खोले काईला छात्रवृतिद्वारा सम्मानित भएका छन ।
    दीक्षा गर्बुजा, म्यानेजमेन्ट बिषय, ब्याचलर डिग्री, दोस्रो बर्ष, बिन्ध्याबासिनी क्याम्पस पोखरा,
    रोशना पुन म्यानेजमेन्ट बिषय, ब्याचलर डिग्री, दोस्रो बर्ष, शंकरदेव क्याम्पस काठमाडौ,
    नेस्मिता पुन शिक्षा बिषय, ब्याचलर डिग्री, दोस्रो बर्ष, बेनी बहुमुखी क्याम्पस म्याग्दी,
    रुश्मा बुढा शिक्षा बिषय, ब्याचलर डिग्री, पहिलो बर्ष, बेनी बहुमुखी क्याम्पस म्याग्दी,
    मिया पुन, होटेल म्यानेजमेन्ट बिषय, ब्याचलर डिग्री, दोस्रो बर्ष, प्रिथिवी नारायण क्याम्पस पोखरा,
    मनिषा पुन शिक्षा बिषय, ब्याचलर डिग्री, पहिलो बर्ष, बेनी बहुमुखी क्याम्पस म्याग्दी,
    धबिन पुन इञ्जिनिएरिङ बिषय, ब्याचलर डिग्री, चौथो बर्ष, पच्चिमाञ्चल क्षेत्रीय बिश्वबिद्यालय पोखरा लगायत सम्पूर्ण बिध्यार्थिहरुलाई जनही रु. १४,००० को दरले बितरण गरिएको छ ।

    बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष दिल प्रसाद गर्बुजाले अध्यक्षता संचालित कार्यक्रममा हिमालयन आमा समुह चिम्खोलाका अध्यक्ष बुद्धिमाया पहराई पुन प्रमुख अतिथि थिए भने बिशेष अतिथिहरुमा अमर मा. बि. का प्रधानध्यापक पृथ गर्बुजा, समाजसेवी अमृत गर्बुजा, वडा समितिका सदस्य लक्ष्मण पुन र साहित्यकार निलम गर्बुजा थिए | सो कार्यक्रम अमर मा. बि. का शिक्षक क प्रसाद गर्बुजाले संचालन गरेका थिए भने समाजसेवी अमृत गर्बुजाले स्वागत मन्तब्य दिएका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य