• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

शेर-जनिमा स्मृति छात्रवृति बितरण

  •   २५ फाल्गुन २०७६, आईतवार १७:५२ 
  • गत सुक्रबार म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नम्बर ७ चिमखोला अमर माध्यामिक बिद्यालयमा शेर-जनिमा स्मृति छात्रवृति बितरण भएको छ । उक्त छात्रवृति स्वर्गीय शेर बहादुर गर्बुजा र स्वर्गीय जनिमा गर्बुजाको स्मृतिमा उनका छोराहरु साहित्यकार, पत्रकार तथा समाजसेवी दुत पुन (चिम्खोले काईला), समाजसेवी अमृत गर्बुजा, साहित्यकार निलम गर्बुजा (चिम्खोले ठिटो) र स्वर्गीय समासेवी हस्त कुमार गर्बुजाका परिवार मिलेर स्थापित गरिदिएका हुन् । शेर-जनिमा स्मृति अक्षयकोषको धन राशी ५ लाख रुपियाको छ । सो ५ लाख रुपियाको अक्षयकोषबाट हरेक बर्ष आउने ब्याजबाट चिमखोला गाउँमा संचालित बिद्यालयहरुबाट सर्बोत्कृष्ट नतिजा ल्याउने छात्र तथा छात्राहरुलाई उक्त शेर-जनिमा स्मृतिद्वारा हरेक बर्ष सम्मान गरिन्छ । शेर-जनिमा स्मृति अक्षयकोष आज भन्दा ५ बर्ष अगाडी तथा सन् २०१५ मा अमृत गर्बुजाको परिकल्पनामा स्थापित भएको हो । यस बर्ष निम्न तलका बिध्यालयहरुबाट निम्न छात्र तथा छात्राहरुले सर्बोत्कृष्ट नतिजा ल्याएर शेर-जनिमा स्मृति छात्रवृतिद्वारा सम्मानित भएका छन ।

    अल्जिना रसाइली र नेहा पुन चिमखोला आधारभूत प्राथमिक बिद्यालय गौडामुनी, समिक्षा पुन र स्नेह पुन चिमखोला सिद्ध प्राथमिक बिद्यालय पात्लेखेत, सन्ध्या नेपाली र यशु पुन अमर प्राथमिक बिद्यालय चिमखोला, स्मृति बुढा र सन्ध्या पुन अमर निम्न माध्यामिक बिद्यालय चिमखोला र दिमा गर्बुजा र पत्रिका पुन लगायत उक्त माथिका सम्पूर्णले जनही रु. दुइ हजार रकम प्राप्त गर्न सफल भएका छन ।सोहि कार्यक्रममा चिमखोला अमर माध्यामिक बिद्यालयबाट बाहिर तथा छिमेकी गाउँहरुमा कक्षा ११ र १२ मा अध्ययनरत निम्न तलका छात्र तथा छात्राहरुलाई अमृत गर्बुजाले ब्याक्तिगत तर्फबाट सम्मान गरेका छन ।रोजिना गर्बुजा १२ कक्षा, रिना पुन १२ कक्षा, सिन्सोन तिलिजा ११ कक्षा, सुरज तिलिजा ११ कक्षा, बच्चन पुन ११ कक्षा, गर्बुना पुन ११ कक्षा, समिक्षा गर्बुजा सिएमइ, धनमाया बुढा ११ कक्षा, सुनिता पुन १२ कक्षा र थामी पुनलाई जनही रु. ३००० रकम हस्तान्तरण सम्मान गरेका छन ।

    बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष दिल प्रसाद गर्बुजाले अध्यक्षता संचालित कार्यक्रममा हिमालयन आमा समुह चिम्खोलाका अध्यक्ष बुद्धिमाया पहराई पुन प्रमुख अतिथि थिए भने बिशेष अतिथिहरुमा अमर मा. बि. का प्रधानध्यापक पृथ गर्बुजा, समाजसेवी अमृत गर्बुजा, वडा समितिका सदस्य लक्ष्मण पुन र साहित्यकार निलम गर्बुजा थिए | सो कार्यक्रम अमर मा. बि. का शिक्षक क प्रसाद गर्बुजाले संचालन गरेका थिए भने समाजसेवी अमृत गर्बुजाले स्वागत मन्तब्य दिएका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य