• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

लण्डनमा काम गर्ने बाबु र छोरीको कोरोना भाइरसबाट मृत्यु

  •   १५ चैत्र २०७६, शनिबार २१:५० 
  • लण्डन । बेलायतको हित्रो बिमानस्थलमा काम गर्ने बुबा र छोरीको कोरोनाभाइरसबाट २४ घण्टा भित्र निधन भएको छ। हीथ्रो बिमानस्थलमा कार्यरत ६१ बर्षका अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी छोरी ३३ बर्षकी फर्मासीस्ट पुजा शर्माको कोरोना भाइरसबाट मृत्यु भएको हो ।टर्मिनल तीनमा कार्यरत सुधीर शर्माको बुधवार र फार्मसिस्ट छोरी पूजा शर्माको अर्को दिन निधन भएको थियो । जनवरी पहिलो सात देखि बिमानस्थलमा काम थालेका शर्मालाई कोरोना भाइरसले अफिसबाट भन्दा बाहिरी कन्टामीनेसनबाट रोग लागेको दावी गरिएको छ ।

    शर्माको अन्त्येष्टिमा समेत कोहि जान नमाने पछी स्थिति भयावह छ। समाचारका अनुसार आफ्ना श्रीमान्को अन्त्येष्टिमा ‘आइसोलेसन’ मा बस्नु परेकाले श्रीमती मलामी जान पाइनन्।‘यो तुलना नै गर्न नसकिने पीडा हो’, स्रोतलाई उल्लेख गर्दै समाचारमा लेखिएको छ, ‘उनकी श्रीमती आइसोलेसनमा बस्नु परेकाले अन्तिम संस्कारमा सहभागी गराउन सकिएन। यो निकै दर्दनाक अवस्था हो।’

    पश्चिमी लन्डनको होन्स्लोका बसोबास गरेका सुधीर शर्मालाई अन्य रोगद्वारा समेत पिडित भएको बताएको छ। बेलायती दैनिक पत्रिका ‘द सन’ ले उनीहरु बेलायती थिए वा अन्य मुलुकका भन्ने खुलाएको छैन। होन्स्लो क्षेत्रमा करिब तीन हजार नेपाली परिवार बसोबास गर्दै आएको अनुमान छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य