• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

लण्डनमा काम गर्ने बाबु र छोरीको कोरोना भाइरसबाट मृत्यु

  •   १५ चैत्र २०७६, शनिबार २१:५० 
  • लण्डन । बेलायतको हित्रो बिमानस्थलमा काम गर्ने बुबा र छोरीको कोरोनाभाइरसबाट २४ घण्टा भित्र निधन भएको छ। हीथ्रो बिमानस्थलमा कार्यरत ६१ बर्षका अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी छोरी ३३ बर्षकी फर्मासीस्ट पुजा शर्माको कोरोना भाइरसबाट मृत्यु भएको हो ।टर्मिनल तीनमा कार्यरत सुधीर शर्माको बुधवार र फार्मसिस्ट छोरी पूजा शर्माको अर्को दिन निधन भएको थियो । जनवरी पहिलो सात देखि बिमानस्थलमा काम थालेका शर्मालाई कोरोना भाइरसले अफिसबाट भन्दा बाहिरी कन्टामीनेसनबाट रोग लागेको दावी गरिएको छ ।

    शर्माको अन्त्येष्टिमा समेत कोहि जान नमाने पछी स्थिति भयावह छ। समाचारका अनुसार आफ्ना श्रीमान्को अन्त्येष्टिमा ‘आइसोलेसन’ मा बस्नु परेकाले श्रीमती मलामी जान पाइनन्।‘यो तुलना नै गर्न नसकिने पीडा हो’, स्रोतलाई उल्लेख गर्दै समाचारमा लेखिएको छ, ‘उनकी श्रीमती आइसोलेसनमा बस्नु परेकाले अन्तिम संस्कारमा सहभागी गराउन सकिएन। यो निकै दर्दनाक अवस्था हो।’

    पश्चिमी लन्डनको होन्स्लोका बसोबास गरेका सुधीर शर्मालाई अन्य रोगद्वारा समेत पिडित भएको बताएको छ। बेलायती दैनिक पत्रिका ‘द सन’ ले उनीहरु बेलायती थिए वा अन्य मुलुकका भन्ने खुलाएको छैन। होन्स्लो क्षेत्रमा करिब तीन हजार नेपाली परिवार बसोबास गर्दै आएको अनुमान छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य