• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

कोरोना भाइरसबाट पाल्पाली घनबिर थापाको लण्डनमा निधन

  •   ४ बैशाख २०७७, बिहीबार २१:२१ 
  • लण्डन । कोरोना संक्रमणबाट पूर्व गोरखा सैनिक घनवीर थापा मगरको निधन भएको समाचार प्राप्त भएको छ। नेपालको पाल्पा सत्यवतिको गोठादी घर भै बेलायतको न्युमल्डन लण्डन बस्ने पाल्पा जिल्ला समाज युकेका आजीवन सदस्य घनबिर थापाको कोरोना भाइरसको कारण आज अस्पतालमा निधन भएको समाचार प्राप्त भएको छ ।

    ७५ वर्षीय थापाको बुधबार लण्डनको किँग्ङस्टन अस्पतालमा निधन भएको जानकारी पाल्पाली जिल्ला समाजका महासचीव खुम कंवर र समाजसेवी बिष्णु सुर्यबंशीले मृतक थापाको श्रीमती भीम कुमारी थापासंग बुझेर जानकारी दिएका हुन् ।

    पहिल्यैदेखि ब्लड प्रेसर लो भएको र पिसाव शैलीको समस्या भै औषधी लिइ रहेको अवस्थामा थापालाई कोरोना भाइरसको सीम्टम देखीएको र शरीरमा अक्सिजनको मात्रा कमी भएको महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । उनी गत मंगलबार अस्पताल भर्ना भएका थिए। उनी बेलायतको दक्षिण पश्चिमी शहर न्यू माल्डेनमा श्रीमतीसहित नेपली कै घरमा बिगत ७ बर्ष देखी भाडामा बस्दै आएका थिए।

    अहिले श्रीमती भीम कुमारी थापा आफ्नै निवासमा सेल्फ आइसोलेसनमा छिन् भने दुई छोरा नेपाल मै रहेको बताइएको छ। उनको दुई छोरा, एक छोरी छन् । जेठा छोरा र छोरी नेपालमा छन् भने कान्छा छोरा बहराइनमा छन्। उनि ब्रिगेड अफ गोर्खाजमा कार्यरत २/२ गोर्खा राइफल्सका भूपू गोर्खा आर्मी नम्बर २११५५६३१ हुन् ।

    सन् २००९ देखि युकेमा बस्दै आएका स्वर्गीय थापाको पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्यांगले) आवश्यक सहयोग गर्ने समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिएका छन् । पाल्पा जिल्ला समाज युकेको सदस्य बनेका सदस्यहरू निधन भएमा आर्थीक सहयोग पाल्पालीहरूले एक छन् । एउटा असल पाल्पाली साथी गुमाएका दुख ब्यक्त गर्दै मृतक थापाको चीर शान्तीको कामना र शोक सन्तप्त परिवारलाई पाल्पा जिल्ला समाजका अध्यक्ष वाचस्पति रेग्मीले समवेदना चढाउदै धैर्य धारण गर्ने बल मिलोस् भनेका छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य