• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

कोरोना भाइरसबाट पाल्पाली घनबिर थापाको लण्डनमा निधन

  •   ४ बैशाख २०७७, बिहीबार २१:२१ 
  • लण्डन । कोरोना संक्रमणबाट पूर्व गोरखा सैनिक घनवीर थापा मगरको निधन भएको समाचार प्राप्त भएको छ। नेपालको पाल्पा सत्यवतिको गोठादी घर भै बेलायतको न्युमल्डन लण्डन बस्ने पाल्पा जिल्ला समाज युकेका आजीवन सदस्य घनबिर थापाको कोरोना भाइरसको कारण आज अस्पतालमा निधन भएको समाचार प्राप्त भएको छ ।

    ७५ वर्षीय थापाको बुधबार लण्डनको किँग्ङस्टन अस्पतालमा निधन भएको जानकारी पाल्पाली जिल्ला समाजका महासचीव खुम कंवर र समाजसेवी बिष्णु सुर्यबंशीले मृतक थापाको श्रीमती भीम कुमारी थापासंग बुझेर जानकारी दिएका हुन् ।

    पहिल्यैदेखि ब्लड प्रेसर लो भएको र पिसाव शैलीको समस्या भै औषधी लिइ रहेको अवस्थामा थापालाई कोरोना भाइरसको सीम्टम देखीएको र शरीरमा अक्सिजनको मात्रा कमी भएको महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । उनी गत मंगलबार अस्पताल भर्ना भएका थिए। उनी बेलायतको दक्षिण पश्चिमी शहर न्यू माल्डेनमा श्रीमतीसहित नेपली कै घरमा बिगत ७ बर्ष देखी भाडामा बस्दै आएका थिए।

    अहिले श्रीमती भीम कुमारी थापा आफ्नै निवासमा सेल्फ आइसोलेसनमा छिन् भने दुई छोरा नेपाल मै रहेको बताइएको छ। उनको दुई छोरा, एक छोरी छन् । जेठा छोरा र छोरी नेपालमा छन् भने कान्छा छोरा बहराइनमा छन्। उनि ब्रिगेड अफ गोर्खाजमा कार्यरत २/२ गोर्खा राइफल्सका भूपू गोर्खा आर्मी नम्बर २११५५६३१ हुन् ।

    सन् २००९ देखि युकेमा बस्दै आएका स्वर्गीय थापाको पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्यांगले) आवश्यक सहयोग गर्ने समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिएका छन् । पाल्पा जिल्ला समाज युकेको सदस्य बनेका सदस्यहरू निधन भएमा आर्थीक सहयोग पाल्पालीहरूले एक छन् । एउटा असल पाल्पाली साथी गुमाएका दुख ब्यक्त गर्दै मृतक थापाको चीर शान्तीको कामना र शोक सन्तप्त परिवारलाई पाल्पा जिल्ला समाजका अध्यक्ष वाचस्पति रेग्मीले समवेदना चढाउदै धैर्य धारण गर्ने बल मिलोस् भनेका छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य