• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

प्लमस्टिडमा पार्कमा हिड्न गएकी पाल्पाली धनमाया थापा (मगर) बेपत्ता, खोजीमा सघाउन अपील

  •   २९ बैशाख २०७७, सोमबार १८:४० 
  • लण्डन । नेपालको पाल्पा जिल्ला स्थाई घर भै हलमा लण्डनमा स्थित प्लमस्टिडमा बस्दै आएकी एक नेपाली वृद्धा धनमाया थापा (मगर) आइतबार दिउँसोदेखि बेपत्ता भएकी छन् । स्थानीय प्लमस्टिड कमन पार्कमा हिड्न भन्दै आइतबार दिउँसो साढे एक बजे घरबाट निस्किएकी ७० वर्षीया धनमाया थापा अहिले सम्म घर फर्किएकी छैनन् ।

    धनमायाका भान्जा तिर्थ कुमार थापाले खोजीका लागि स्थानीय प्रहरीलाई समेत खबर गरिसकेको बताए । एकैछिन हिडन जान्छु भनेर हिड्न गएकी धनमाया एक-डेढ घण्टासम्म पनि घर नफर्किएपछि श्रीमानले टेलिफोन फोन गरेका थिए । तर, बारम्बार टेलिफोन गर्दा पनि नउठेपछि परिवारमा चिन्ता शुरु भएको थियो ।

    परिवारका सदस्य र आफन्तहरु मिलेर आइतबार नै उनी हिड्न गएको पार्क आसपासमा घण्टौंसम्म खोजी गरेका थिए । धनमायाका भान्जा तिर्थ कुमार थापाका अनुसार धनमायाले गुलाबी रंगको यूके स्वीटर, पहेलो लुंगी र चप्पल लगाएकी छन् । गोरो वर्णकी उनको उचाई अन्दाजी ५ फिट छ । ‘प्रेसर’ को औषधि खाने उनलाई अन्य कुनै खालका स्वास्थ्य समस्या नरहेको र मानसिक अवस्था सामान्य रहेको परिवारले बताए ।

    धनमायाको खोजीमा सहयोग गरिदिन परिवारले समुदायलाई आग्रह गरेको छ । उनलाई कतै देखेमा परिवारको निम्नानुसारको नम्बरमा वा प्रहरीलाई खबर गरिदिन आग्रह गरिएको छ ।

    सम्पर्क नम्बरहरु :

    श्रीमान रेवतबहादुर थापा – 07848804449
    भान्जा तिर्थ कुमार थापा – 07402 065153
    छोरा विक्रम थापा – 07435230402

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य