• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

घन बहादुर थापा मगरको नवीनतम् कृति फूलको मुस्कान

  •   ४ श्रावण २०७७, आईतवार १२:१८ 
  • लण्डन काठमाडौँ न्यूज डेस्क
    कवि तथा गीतकार घन बहादुर थापा मगरको नवीनतम् गीतसङ्ग्रह ‘फूलको मुस्कान’को हालै नेपाली साहित्य विकास परिषद् युकेद्वारा आयोजित एक कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दूर्गाबहादुर सुवेदी क्षेत्रीबाट विमोचन गरिएको छ ।नेपाली कविता र गीत लेखनका क्षेत्रमा लामो समय खर्चेका घन बहादुर थापा मगर एक परिचित नाम हो ।

    यसो त थापा मगरले समाजसेवामा पनि त्यत्तिकै योगदान पुराउँदै आउनुभएको छ । देशको माटोमा मेरो फूल (कवितासङ्ग्रह, २०७०), मेरो चिनो मेरो देश (कवितासङ्ग्रह, २०७२), क्याक्मीको कोसेली (कवितासङ्ग्रह, २०७३), मायाको संसार (आधुनिक गीतिएल्बम, २०७३), बयान (आधुनिक गीतिएल्बम, २०७४), बस्ती (आधुनिक गीतिएल्बम, २०७४) र नबिर्स (आधुनिक गीतिएल्बम, २०७५) बजारमा ल्याई नेपाली साहित्य र सङ्गीतका क्षेत्रमा स्थापित भइसकेका थापा मगरको फूलको मुस्कान (गीतसङ्ग्रह, २०७७) आठौँ कृति हो । यस सङ्ग्रहमा सङ्गृहित ११४ वटा गीतहरूमध्ये दुईवटा गीत मगर भाषामा रहेका छन् । सङ्ग्रहका आधुनिक, राष्ट्रिय र लोकदोहोरी गीतहरूले विभिन्न विषयहरूलाई समेटेका छन् । विशेषतः प्रेमका संयोगान्त विषयमा कलम चलाउन खप्पिस थापा मगरले विछोडका विषयलाई पनि कलात्मक रूपले प्रस्तुत गर्नुभएको छ । विदेसिएका नेपालीहरूको समस्या र दुःखलाई अति मार्मिक रूपले प्रस्तुत गर्नुभएका थापा मगरले जीवनका विविध पक्षमा पनि कलम चलाउनुभएको छ । मातृभूमिप्रतिको अगाध मायालाई सुन्दर तरिकाले पोख्ने कला देखाउनुभएका थापा मगरले प्राकृतिक सुन्दरतालाई पनि त्यत्तिकै आकर्षक रूपले पोख्नुभएको छ । बाबाआमा र साथीभाइप्रतिका आदर, सत्कार र सद्भावका विषयमा मन खोलेर प्रस्तुत हुनुभएका थापा मगरले सामाजिक कुरीति र विसङ्गतिका विषयहरूलाई पनि उत्तिकै सशक्त रूपमा प्रस्तुत गर्नुभएको छ ।


    साहित्य रचना र समाज सेवामा रमाउने, बेलायतका विभिन्न साहित्यिक, सामाजिक र सांस्कृतिक कार्यक्रम एवम् अभियानहरूमा खटिने र सेवाभावले काम गर्ने घन बहादुर थापा मगरले आफ्नो जन्मथलो नेपालको स्याङ्जा जिल्लाको क्याक्मी गाउँमा विभिन्न सामाजिक सेवाका कार्य गर्दै आउनुभएको छ । नेपाली कला र साहित्य भनेपछि सधैँ हुरुक्क हुने थापा मगरको फूलको मुस्कान एक उत्कृष्ट गीतिकृति हो । राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी क्षेत्री, सुरेशजङ शाह र हरिसिंह थापाको शुभकामना मन्तव्य रहेको यस कृतिमा प्राज्ञ श्रवण मुकारुङको भूमिका रहेको छ । यस कृतिमा गीतकार थापा मगरको भनाइ पनि रहेको छ । गोपाल पराजुली र भावेश भुमरीको संक्षिप्त मन्तव्य रहेको यस कृतिमा भावेश भुमरीकै भाषिक सम्पादन रहेको छ । १६४ पृष्ठको यस गीतसङ्ग्रहको मूल्य ३०० रूपैयाँ रहेको छ । गीतकार थापा मगरकी धर्मपत्नी कृष्णा थापा मगरले प्रकाशनको आर्थिक व्यवस्थापन गर्नुभएको यस कृतिलाई नेपाली साहित्य विकास परिषद् युकेले प्रकाशन गरेको छ ।

     

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य