• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

फोनिज युकेको तेस्रो अधिवेशन २४ अक्टोबरमा

  •   ८ आश्विन २०७७, बिहीबार ०१:०७ 
  • जमुना पुन – बेलायत

    बेलायत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको तेस्रो अधिवेसन २४ अक्टोबरमा हुने भएको छ । फोनिज युकेको ८ अगष्ट २०२० को दिन मगर भवन, फार्नबोरोमा सम्पन्न बैठकले सो निर्णय  गरेको हो  । बैठकले अधिवेशनको लागि निर्वाचन मण्डल पनि गठन गरेको छ। निर्वाचन मण्डलको प्रमुख संयोजक संस्थाका प्रमुख सल्लाहकार मे. रि. सोनाम शेर्पालाई चयन गरेको छ भने सदस्यहरु सल्लाहकारहरु बिमला सेने र नरेश खपांगीलाई चयन गरेको छ। सो अधिवेससन भर्चुअल हुने छ।

    बैठकले सदस्यता नविकरण र नयाँ सदस्यको लागि सदस्यता वितरण गर्ने निर्णय गरेको छ भने सदस्यता नविकरण र नयाँ सदस्यको लागि सदस्यता लिनको लागि अन्तिम मिति शनिबार १० अक्टोबर २०२० तोकिएको छ। सदस्यता नविकरण र नयाँ सदस्यको लागि सदस्यता शुल्क £२० लिने निर्णय बैठकले गरेको छ।

    सो बैठकमा संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले फोनिज युकेले नेपालमा रहेका आदिवासी जनजाति पत्रकारहरुको लागि स्थापना गरिएको रु पाँच लाखको अक्षयकोषको बारेमा विशेष विवरण प्रस्तुत गर्नु भएको थियो। बैठकमा कोषाध्यक्ष गोमा रानाले संस्थाका आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने बैठकमा उपस्थित सदस्यहरुले फोनिज युकेको विभिन्न विषयहरुको बारेमा व्यापक छलफल गरेको छ।

    प्रमिला लाबुङ राईले अध्यक्षता गरेका बैठकमा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष नगेन्द्र नेम्बाङले दिएका थिए। संस्थाका महासचिव जमुना पुनले संचालन गरेको बैठकमा सल्लाहकारहरु मे. रि. सोनाम शेर्पा, दुत पुन , बिमला सेने कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष प्रमिला लाबुंग राई, उपाध्यक्ष नगेन्द्र नेम्बांग, महासचिब जमुना पुन, कोषाध्यक्ष गोमा राना, सचिव भिमल राई, सदस्यहरु होम किरात सुनुवार र मुकेश राईको उपस्थिति रहेको थियो।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य