• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पाल्पाका बाढी-पहिरो पिडितलाई पाल्पा जिल्ला समाज युके (पाल्पाली भञ्याङ्ग)वाट आर्थिक सहयोग

  •   २१ आश्विन २०७७, बुधबार ००:३२ 
  • पाल्पाको फोक्सिङ्कोटमा पहिरोले ज्यान गुमाएका र घरबार बिहिन भएका परिवार र आफन्तलाई पाल्पा जिल्ला समाज यू.के.ले २ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । गएको ८ गते बिहिबार रम्भा गाउँपालिका २ फोक्सिङ्कोटमा २ घर पुरिँदा ६ जनाको ज्यान गएको थियो ।
    स्थानीय ६० वर्षिय हुम बहादुर गाहाको घर पहिरोले पुरिदा हुम बहादुर संगै उहाँकी श्रीमती ५० बर्षिया धनिसरा गाहा, कान्छी छोरी १७ बर्षिया कृष्णा माया र नातिनिहरु १४ बर्षिया खुमिसरा र ८ बर्षिषा लक्ष्मी गाहाको ज्यान गएको थियो । सोही दिन सोही वडाको सुरुङ्डाडा निवासी २७ बर्षिया मोतीसरा गाहाको समेत पहिरोले घर च्यापिँदा ज्यान गएको थियो । बेलायतमा रहेका पाल्पालीहरुको संस्था पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले पठाएको दुई लाख नेपाली रुपियाँ पत्रकार देब पचभैया, पाल्पा जिल्ला समाज यू.के.का प्रतिनिधिहरु इन्द्र बहादुर थापा, बृहस्पति राना र पाल्पाका केही पत्रकारहरुले घटनास्थलमै पुगेर हस्तान्तरण गरेका हुन् । उक्त रकम पहिरोमा ज्यान गुमाएका हुम बहादुर गाहाको परिवारलाई एक लाख, खुमिसरा आलेको परिवारलाई पचास हजार र मोतीसरा गाहाको परिवारलाई पचास हजार गरी जम्मा दुई लाख सहयोग गरेको पाल्पा जिल्ला समाज यू.केका पूर्ब अध्यक्ष एबम् आर्थिक सहयोग कार्यक्रमका संयोजक बम थापा सुर्यबंशीले जानकारी दिनुभयो ।

    सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै रम्भा गाउँपालिका २ का वडा अध्यक्ष उमान सिंङ सारुले दुःखमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै पहिरोले गाउँका १४ भन्दा धेरै घर जोखिममा रहेको बताउनुभयो । जोखिममा रहेका घरधनीहरु रातमा आफन्तकोमा तथा गाउँमा रहेको स्वास्थ्य चौकी र बिद्यालयका भवनमा सुत्नुपर्ने अवस्था आएको भन्दै समस्या समाधानका लागी पहल गरिदिन सबै संग आग्रह समेत गर्नुभयो ।

    पिडा र आपतमा परेका जिल्लाबासीको लागी केही भएपनि राहत होस भनेर आफूहरुले बेलायतमा रहेका पाल्पालीहरु संग अनुरोध गरेर आर्थिक सहयोग पठाएको पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग) का अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनुभयो । बाढी पहिरो तथा बिपद्मा परि ज्यान गुमाएका र घरबार बिहिन भएका अन्य पाल्पालीहरुलाई समेत क्रमस सहयोग गर्दे जाने योजना रहेको समाजका सल्लाहकार एवं पूर्ब अध्यक्ष सुर्यबंसीको भनाई छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य