• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

किरिया सकेर स्वास्थ्य चौकीमा बास

  •   २२ आश्विन २०७७, बिहीबार ०५:४३ 
  • देव पचभैया
    पाल्पा – गएको ८ गते रम्भा गाउँपालिका २ फोक्सिङ्कोटमा ४ घर पुरिँदा ज्यान गुमाएका ६ जनाको परिवारले मंगलबार मृत्यु संस्कार अर्थात् किरिया सकेका छन् ।आइतबार फोक्सिङ्कोटमा पुग्दा छिमेकीहरुले पहिरोले पुरेका भाँडाकुडा र सरसामानहरु निकाल्न सहयोग गरिरहेका थिए । घर अगाडि राखिएको सुलीमा भेटिएका केही मकै टिनमाथि सुकाइएको थियो । घरका झ्याल ढोकालाई एकातिर सारिँदै थियो । स्थानीय ६० वर्षीय हुमबहादुर गाहा, उहाँकी श्रीमती ५० वर्षीया धनिसरा, कान्छी छोरी वर्ष १७ की कृष्णामाया र नातिनीहरु १४ वर्षीया खुमिसरा र ८ वर्षीया लक्ष्मी गाहाको पहिरोले ज्यान लिएको हो । त्यही दिन वडा नम्बर २ कै सुरुङ्डाँडा निवासी २७ वर्षीया मोतीसरा गाहाको समेत पहिरोले घर च्यापिँदा ज्यान गएको थियो ।


    घरै पहिरोले बगाएपछि हुमबहादुरका ३ छोरा र बुहारीहरु गाउँकै दाजुभाइ गाहा थरको घर खोजेर किरियामा बसे । पाँच जनाको एकै चिहान बनाएको असोजे झरीले १८ बाख्रा र ३ वटा भैँसी समेत पुरिएकाले अझै पनि गन्ध आइरहेको थियो । ‘मरेको लास निकाल्न त दुई दिन लाग्यो, बाख्रा र भैँसी निकाल्न सकिएन, त्यहीँ पुरियो’, स्थानीय धनबहादुर सारुले भन्नुभयो, ‘पहिरोले गाउँलेलाई समेत उठीबास बनायो ।’
    पीडित धेरैको मनमा अबका दिन कसरी काट्ने भन्ने चिन्ता छ । भएको अनाज, लुगाफाटा सबै पहिरोमा पुरिएपछि गास, बास र कपासको चिन्ताले छोएको हो । ‘किरिया त गरिँदैछ, सकेपछि कहाँ बस्ने, के खाने, के लाउने केही टुङ्गो छैन’ हुमबहादुरका छोरा मनबहादुरले चिन्ता पोख्नुभयो, ‘छिमेकी सबैको घर जोखिममा रहेकाले माग्न र भन्न जाने अवस्था पनि छैन ।’


    मनबहादुरले यसो भनिरहँदा उहाँका भाइहरु वीर र हेमबहादुरका आँखा रसाए । बुहारी भागीमाया र चेतनाले मनबहादुरलाई नरुन भनिरहे, तर आफू भने डाँको छोडेर रोएपछि छिमेकी महिलाहरुले पनि आँसु पुछ्न सुरु गरे ।  तीन दिनसम्म परेको पानीले गाउँका १५ घर जोखिममा पारेको छ । घर माथि र तल समेत पहिरो गएको छ । धाँजा फाटेको छ । बस्ने अवस्था नभएपछि उनीहरु आफन्त र गाउँकै स्वास्थ्य चौकीमा रात कटाइरहेका छन् ।

    ‘एकैपटक आपत आइलाग्यो’, स्थानीय अगुवा टंकबहादुर सारुले भन्नुभयो, ‘बाटो छैन, गाउँमा गाडी नआएको ३ महिला भयो, खाद्यान्न सकिन थालिसक्यो ।’ बाटो नहुँदा पनि सेना प्रहरी तत्काल घटनास्थलमा आउन नपाउँदा ५ जनाकै ज्यान गएको मृतक खुमीसरा आलेकी आमा मनसरीले गुनासो गर्नुभयो । ‘बिहानै घटेको घटना, अर्को दिन बेलुकी मात्रै खोज्न सकियो’, खुमिसराले पटुकीले आँसु पुछ्दै भन्नुभयो, ‘बेलैमा खोजेको भए सबैलाई जिउँदै फेला पार्थे ।’

    निरन्तर पानी र पहिरो गइरहेपछि गाउँलेले पनि घटना भएको दिन केही गर्न सकेनन् । भोलिपल्ट दिउँसो पुगेको सेना र प्रहरीले बेलुकी मात्रै ५ जनाको लास भेटाएको थियो । पीडितहरु अहिले रातमा छिमेकी र स्वास्थ्य चौकीमा बस्छन् दिनमा भने मन थाम्न घर जाने गरेका छन् । ‘दिनमा घर आउन मन लाग्छ, गाईबस्तु कराउँछन्, झन् रुन मात्रै आउँछ’, ३७ वर्षीया सुमित्रा आलेले भन्नुभयो, ‘दुःखले बनाएको घर, गोठ छोड्न सकिएन, जाने ठाउँ पनि कहीँ छैन ।’ अहिले बस्ती सार्ने कुरा भइरहेको छ । नयाँ ठाउँमा बस्ती सारेमा आफूलाई ठूलो राहत मिल्ने स्थानीयहरुको भनाइ छ । तर कहिले सार्ने, कहाँ सार्ने केही निश्चित छैन । ‘पुरानो घरमा बस्ने अवस्था छैन, नयाँ ठाउँ कहाँ राख्ने अन्योलमा छौँ’ वडा अध्यक्ष उमान सिंङ सारुले भन्नुभयो, ‘गाउँपालिकासँग बस्ती सार्ने बारेमा कुराकानी भैरहेको छ ।’
    पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।

     

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य