• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतमा अप्रिलभित्र सबैलाई कोरोना भ्याक्सिन दिइने

  •   २७ आश्विन २०७७, मंगलवार ०१:१५ 
  • लन्डन । बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर चल्दै गर्दा सन् २०२१ को ‘इस्टर’ अर्थात अप्रिल पहिलो हप्तासम्म प्रत्येक नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन दिइने वैज्ञानिकहरुले  दावी गरेका छन्  ।

    कोरोना खोपको विकासमा तीव्र रुपमा लागि परेको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका फर्मास्यूटिकलले भनेका छन्- ‘सन् २०२१ को आरम्भमा कोरोना भ्याक्सिन तयार हुन्छ र यसको वितरणमा सरकारलाई ६ महिना लाग्न सक्ने छ ।’ तर सरकारी स्रोतका आनुसार निर्धारित समयभन्दा अघि पनि सम्भव हुने उनीहरुको धारणा छ ।

    अक्सफोर्डका वैज्ञानिकहरुले खोपको विकासमा काम गरिरहेको र आगामी वर्षको शुरुमा यस खोपलाई अनुमोदन गरिने अपेक्षा गरेका छन् । विशेषगरी ठूलो समूहमा स्वास्थ्यकर्मीबीच भ्याक्सिन सम्बन्धि नियम तयार भैरहेको र हप्ता दिनभित्र तालिम शुरु हुने बताइएको छ ।

    लाखौं मानिसलाई खोप दिन ठूलो चुनौती सामना गर्नुपर्ने भएकाले ‘ड्राइभथ्रु भ्याक्सिन’ केन्द्रको योजना भैरहेको र सेनाको पनि सहयोग लिइने बताइएको छ  ।

    तर बेलायतका सम्पूर्ण नागरिकसमक्ष खोप पुर्याउन कम्तिमा एक वर्ष लाग्न सक्ने केहि वैज्ञानिकहरुको धारणा छ । खोपलाई प्राथामिकताका आधारमा वितरण गरिने भएकाले यसको कार्यान्वयनमा भरपर्ने पनि उनीहरुले बताए ।

    हाल अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका फर्मास्यूटिकलको संयुक्त प्रयासमा खोप विकास भैरहेको छ ।

    चीन, रसिया, अमेरिकालगायत देशका करिब दर्जन कम्पनीहरुले कोरोना विरुद्धको भ्याक्सिन अन्तिम चरणमा ‘ट्रायल’ गरिरहेका छन् ।

    गत अप्रिलदेखि उक्त खोप मानव परीक्षण शुरु गरिएको हो ।  बेलायतमा ५३ मिलियन जनतालाई भ्याक्सिन दिनुपर्नेछ । सरकारले अक्सफोर्डसँग १ सय मिलियन डोज भ्याक्सिन अर्डर गरिसकेको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य