• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पत्रकार महासंघ युकेले ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने

  •   १४ कार्तिक २०७७, शुक्रबार ०६:२० 
  • लण्डन । कोरोना भाइरसको दोस्रो लहर आउन लागेको अवस्थामा बेलायतस्थित नेपाली समुदायलाई लक्षीत गरी नेपाल पत्रकार महासंघ युके शाखाले जनस्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम  ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने भएको छ ।
    शाखाको बुधबार बसेको बैठकले नेप्लिज डक्टर्स एसोसिएसन युके, नेप्लिज नर्सेज एसोसिएसन युके र गैरआवासीय नेपाली संघ युकेको  स्वास्थ्य समितिसंग  मिलेर सो सम्वाद शुरु गर्ने निर्णय गरेको हो ।
    नोभेम्बरको पहिलो सातादेखि कम्तीमा तीन महिना सञ्चालन हुने सो सम्वादमा सर्वसाधारणले बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुसंग  आफ्ना जिज्ञासा राख्ने अवसर पाउने छन् । सो सम्वाद सञ्चालनका लागि शाखाले वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालको संयोजकत्वमा एक समिति बनाएको छ । समितिमा उपाध्यक्ष बिमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत, सचिवहरु शिव भण्डारी र जगन कार्की रहेका छन् । अरु सदस्य आवश्यकताअनुसार संयोजकले थप गर्न सक्ने अधिकार दिइएको छ ।
    यसैगरी, बैठकले शाखाका सदस्यहरुको वृत्तिविकासका लागि भर्चुअल तालिम लगायतका कार्यक्रम गर्न शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेललाई संयोजक तोकेको छ ।
    दुवै वृत्तिविकास तथा स्वास्थ्य सम्वाद समितिको सल्लाहकारमा वरिष्ठ पत्रकार भगिरथ योगी रहेका छन् ।
    शाखाले नोभेम्बर २९ तारिखका दिन भर्चुअल साधारण सभा गर्ने निर्णय गरेको छ । सो साधारणसभाको संयोजनको जिम्मा उपाध्यक्ष बिमला सेनेलाई दिइएको छ ।
    यसैगरी शाखाले स्थापना गरेको १ हजार पाउण्ड राशीको पत्रकारिता पुरस्कारको कार्यविधि बनाउन सचिव जगन कार्कीलाई जिम्मा दिइएको छ ।
    बैठकले कोरोना संक्रमणका कारण ज्यान गुमाएका नेपाल पत्रकार महासंघ कुवेत शाखाका सहसचिव गोपाल सिवा र मध्यपूर्वका पत्रकार रोशन श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै एक शोक प्रस्ताव पनि पारित गरेको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य