• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बीबीसीको १ सय प्रभावशाली महिलाको सूचीमा परिन् मगर चेली सपना मगर

  •   १० मंसिर २०७७, बुधबार ०३:५० 
  • लण्डन । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले प्रकाशन गरेको संसारका १ सय प्रभावशाली महिलाको सूचीमा एक नेपाली किशोरी पनि परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर उक्त सूचीमा समावेश भएकी हुन् ।

    बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । जसमा सपनासंगै फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

    सपनाले हालसम्म तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । उनले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउने कार्य समेत गर्दै आएकी छन् ।

    सपना आबद्ध उक्त केन्द्रले मृत्‍यु भएको ३५ दिनसम्म पनि परिवारले नलागेका शबहरु उठाएर दाहसंस्कार गर्ने गरेको छ । म्याग्दीकी सपना काठमाडौं आउनुपूर्व आफैले तीन महिना सडक जीवन बिताएकी थिइन् ।

    ‘संसारमा धेरै मानिसहरु सडकमा छन्, बेबारिसे अवस्थामा छन् । तर उनीहरु पनि मृत्‍युपछि अन्तिम संस्कारका हकदार छन् भन्ने मलाई लाग्छ । त्यही सोचेर मैले आफ्नै मनको शान्तिको लागि उनीहरुको अन्तिम संस्कार गर्ने गरेकी छु’, सपनाले भनेकी छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य