• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

हिमालयन योगा सेन्टरका मनोक्रान्ति योगी नगेन्द्र नेम्बाङज्यु संगको कुरा कानी

  •   २३ मंसिर २०७७, मंगलवार १७:१४ 
  • गोमा राना
    भनिन्छ उपचार गर्नु भन्दा रोग लाग्न बाट बच्नु उत्तम उपाय हो । हाम्रो दैनिक ब्यस्त जीवनमा शारीरिक मानसिक तन्दुरुस्त स्वस्थ अनि खुशी हुनको लागि विभिन्न ब्यायाम योगा ध्यान गर्ने गरिन्छ। कुनै पनि कुरालाइ बदल्नु छ भने शुरु आफैबाट गर्नु पर्छ भने जस्तै मनोक्रान्ति योगी नगेन्द्र नेम्बाङज्यु ले पनि आफ्नो दैनिकीलाई बदलेर समाजलाइ स्वस्थ राख्न हिमालयन योगा सेन्टर खोली सेवा पुर्याउनु भएको छ ।

    कोभिड-१९ महामारीको विषम परिस्थितिमा पनि भर्चुअल जुम मार्फत योगाको आसनहरुबाट योगाभ्यासको सेवा दिइरहनु भएको छ । योगा के कस्तो, कहाँ किन महत्त्वपूर्ण यी विभिन्न कुराहरुको बिस्तृत जानकारीको लागि नगेन्द्र नेम्बाङसङ्ग गरेको कुराकानी ।

    १. आजभोलि योगातिर ब्यस्त भएको जस्तो लाग्यो ।तपाईंले योगा सेन्टर खोलेको कुरा सुनिन्छ, सब भन्दा पहिलो कुरा त योगा भनेको केहो र कहिले देखि योगा गर्न लाग्नु भयो ?
    शरीर र ब्यायामको माध्यमद्वारा स्वास्थ्य र आनन्द प्राप्तको लागि गरिने कार्यलाइ योगा भनिन्छ योगा सुरु गरेको दुइ दशक भयो ।

    २. मनोक्रान्ति योगालाई नै किन रोज्नुभयो ?
    योगाको इतिहास प्राचीन कालदेखि सुरु भएको पाइन्छ ८४ लाख आसनहरु छन सबै आसनहरुलाइ बुझ्नको लागि मनोक्रान्ती योगामा गुरु डाक्टर योगि बिकासानन्द ज्युले सुत्र सहित क्रमबद्ध रुपमा सजिलै बुझ्नको लागि बैज्ञानिक तरिकाले परिमार्जित गर्नु भएको छ त्यसैले मनोक्रान्ती योगा रोजियो ।

    ३. मनोक्रान्ति योगाले तपाईंलाई के के फाइदा पुर्याएको छ र यो योगा गर्नु किन जरुरी छ ?
    बाच्ने कला भेटिएको छ शारिरिक समस्या ढाड दुखाइ, कम्मर , घुडा, टाउको दुखाइ बाट सदाको लागि मुक्त पाएको छु । योगा अहिले समयको माग हो योगाले सानो तिनो रोग लाग्नुबाट बच्न सकिन्छ जिर्ण दिर्घ रोगहरु निको नभए पनि केहि राहत भने मिल्छ योगाबाट ।

    ४.मनोक्रान्ति हिमालयन योगा सेन्टर खोल्नुको मुख्य उद्य्स्य के हो? र यो सामुदायिक सहयोगको लागि हो कि व्यावसायिक रुपले खोल्नु भएको हो?
    हिमालयन योगा र रेकि मेडिटेसन चाहि दुवै हो ।ब्यबसायिक पनि सामुदायिक पनि र अर्को हाम्रो मनोक्रान्ती टिमले मनोक्रान्ती योगा क्लब फार्नबोरो पनि खडा गरेका छौ जसमा मेरो नेतृत्वमा मलाइ सहयोग गर्नु हुने धन कुमार नेम्बाङ्ग, सचिव भगिस्वर चोङ्बाङ्ग र कोषाध्यक्ष नरेन्द्र तुम्बापो हुनुहुन्छ। कुनै समुदायहरुको माग आएमा निसुल्क कार्यक्रम पनि दिन तयारी छौ र प्रत्येक आइतबार न्युनतम सुल्क लिएर योगा कक्षा सन्चालन गरि सन्कलित रकम नेपालमा अपाङ्ग असक्तहरुलाइ आर्थिक सहयोग गर्ने अभियान पनि सन्चालन गरि रहेको छौ ।

    ५. योगा गर्ने उत्तम समय कुन बेला हो र किन?
    योगा गर्ने उत्तम समय बिहान ४ देखी ६ बजेसम्म मानिन्छ त्यो समय स्वच्छ र शान्त वातावरण हुन्छ प्रकृतिको उर्जा अधिकतम रुपमा लिन सकिन्छ ।

    ६. तपाईं आफै पनि पत्रकार, तर पत्रकारीतालाइ निरंतरता नदिइकन आद्यात्मिक तर्फ लाग्नुको मुख्य कारण के हो?
    पत्रकारितालाइ पनि निरन्तरता दिइरहेको छु, अध्यात्ममा मात्र स्वास्थ्य आनन्द र शान्ति मिल्छ बाकी जिवन आनन्दमय बिताउने हेतुले अध्यात्मतिर जिवनको बाटो मोडेको हो ।

    ७. बेलायत जस्तो ब्यस्त ठाउंमा योगा गर्नु कत्तिको महत्वोपुर्ण रहेछ?
    मानिसको जनमानसमा अहिलेको समस्या भनेकै मानसिक तनाव हो यो समस्या ब्यस्त जिवनशैलीबाट सुरुआत हुन्छ र यसबाट बच्न अन्तिम बिकल्प भनेको योगा नै हो तनावग्रस्त जिन्दगी जिउनुभन्दा जसरी पनि समय तालिका मिलाएर योगा गर्नु पर्ने देखिन्छ ।

    ८. तपाईंको पारिवारिक जीवनमा यो योगाले कस्तो प्रभाव पारेको छ?
    योगामा मनको अवस्था लाइ पनि ब्याख्या हुन्छ प्रेम, भावना ,कल्पना, करुणा , दया , माया यति बुझेपछि पारिवारिक झै झगडा झमेला हुनबाट बचिन्छ ।

    ९. जीवन के हो जस्तो लाग्छ तपाईंलाई?
    गुरु डाक्टर योगि बिकासानन्द भन्नुहुन्छ जिवन एक अवसर हो यसको भरपुर उपभोग गर्नु पर्छ भन्नुहुन्छ । एउटा गीतको याद आइरहेको छ छुट्टी छोटो छ मायाको सम्झना दिलमा फोटो छ बाच्ने कला भेटियो जीवन साह्रै छोटो छ शरीरमा रोग लाग्यो भने जिवन ब्यर्थ छ ।

    १०. ध्यान पनि गर्नुहुन्छ?
    मनोक्रान्ती योगामा ध्यान अनिवार्य हुन्छ जिन्दगी शरीर मन र आत्मा तीन चिजको समायोजन हो। योगासनले शरीरलाई मात्र हुन्छ, मनमा आनन्द प्राप्तको लागि ध्यान पनि अनिवार्य गर्नु जरुरी छ ।

    ११. तपाईं हरहमेसा हसिलो फ़ुर्तिलो देख्नु हुन्छ, हास्नु स्वास्थ्यको लागि किन जरुरी छ हामिलाइ पनि टिप्स दिनु हुन्छ कि?
    हासो मनोक्रान्तिको परिचय हो गुरु डाक्टर योगि बिकासानन्दज्युले सिकाउनु भएको नियमित हास्ने हो भने मुटु रोग लाग्नबाट बचिन्छ रोग प्रतिरोधात्मक क्षमता कृयासिल हुन्छ पेट मिची मिची हास्दा फोक्सोलाइ पनि ब्यायाम हुन्छ। मानसिक रुपमा तनाव हुनबाट छुट्कारा पाइन्छ हासोबाट धेरै फाइदा हा हाहा हा हा हा हा।

    १२. योगाको बारेमा त कुरा गर्यौ खाना सम्बन्धि पनि छोटकरीमा बताइदिनुहुन्छ कि?
    रोग लाग्नुको मुख्य कारणमध्ये खानेकुरामा ज्ञान नहुनु पनि एक हो । हामीले दैनिक खाइरहेको खानेकुरा सेतो चामल, सेतो चिनी, सेतो मैदा , सेतो नुन चिल्लो चिप्लो बोसो स्वास्थ्यको लागि लाभदायक मानिदैन । त्यसैले रोग लाग्नबाट बच्ने हो भने सेतो चामलको ठाउमा खैरो चामल ( ब्राउन राइस) सेतो चिनीको साट्टो सखर मह प्रयोग गर्ने, सेतो मैदाको ठाउमा चोकरसहितको खैरो आटा सेवन गर्ने, सेतो नुनको मात्रा घटाउने चिल्लो बोसो कम खाने, हरियो तरकारी काचो सलाद, काचो प्याज खानेकुरामा अनिबार्य समाबेस गर्ने, पानी दिनको एक देखी दुइ लिटर पिउने योग ब्यायाम ३० देखी ९० मिनेटसम्म दिनको अनिबार्य गर्नु पर्दछ । शारिरीक रुपमा स्वास्थ्य तन्दुरुस्त र मानसिक रुपमा खुशीब र आनन्द प्राप्त गरि सुखी जिवन जिउने कला मनोक्रान्ति दर्शनमा पाइन्छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य