• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

सिएनएस युकेद्वारा जनगणनाबारे ओएनएससित छलफल

  •   १५ माघ २०७७, बिहीबार ०८:१८ 
  • लण्डन । इङल्याण्ड र वेल्समा आउँदो मार्च २१ का दिन हुन गइरहेको जनगणनाका बारेमा सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) सित छलफल गरेको छ । माइक्रोसफ्ट टिम्समा बुधबार भएको सो छलफलमा ओएनएसबाट सामुदायिक साझेदारी प्रबन्धक इमिली स्टिडस्टन, ग्रिन्विच क्षेत्रका लागि नेपाली समुदायका सल्लाहकार समिर गुरुङ, ओएनएस युकेका जनसम्पर्क तथा मिडिया टीमका ग्लेन ग्यारेट र एमी वाल्कर तथा सिएनएस युकेका तर्फबाट बरिष्ठ शोधकर्ता डा. कृष्ण अधिकारी र रिसर्च एसोसिएट नरेश खपाङ्गीमगर सहभागी थिए ।

    छलफलमा प्रबन्धक स्टिडस्टनले यसवर्षको जनगणनाको तयारी कसरी भइरहेको छ र त्यसमा समुदायहरुले कसरी सहयोग गर्न सक्छन् भन्ने बारेमा जानकारी दिएकी थिइन् । यसपटकको जनगणनामा अनलाइनमा जोड दिइएको बताउँदै उनले अनलाइनमा पहुँच नभएका र अंग्रेजी भाषामा सहयोग आवश्यक भएकाहरूलाई सहयोगका विभिन्न उपायहरुको व्यवस्था गरिएको बताइन् । उनले मार्च महिनाको सुरुवातदेखि हरेक घरमा जनगणनामा भाग लिनका लागि संकेत सहितको पत्र प्राप्त हुने र जनगणनाको वेभसाइटमा गएर आफ्नो आफ्नो परिवारको विवरण भर्न सकिने जानकारी दिइन् । अनलाइन फाराम भर्न नसक्ने अवस्थामा कागजकै फाराम झिकाएर जनगणनामा भाग लिन सकिने पनि उनले थपिन् । जनगणनामा नेपाली समुदायलाई लक्षित गरेर फारामको नेपाली भाषामा अनुवाद गरिएको साथै फाराम कसरी भर्ने भन्ने बारेमा नेपालीमा निर्देशिका पनि बनाइएको उनले जानकारी दिइन् । नेपाली समुदायका लागि जनगणनाबारे पर्चा र पोष्टरहरु पनि तयार गरिएको उनको भनाइ थियो । यी सबै सन्दर्भ सामग्री मात्र भएको र फाराम भर्दा अङ्ग्रेजीमै भर्नु पर्ने उनको भनाइ थियो ।

    यस्तै, नेपाली समुदायका लागि सल्लाहकार समिर गुरुङले नेपाली समुदायमा जनगणनालाई सफल पार्न भइरहेका गतिविधिका बारेमा बताएका थिए । उनले आफ्नो कार्यक्षेत्र तोकिएको ग्रीनवीचमा मात्र सीमित नरही बेलायतका विभिन्न क्षेत्रमा नेपालहरुलाई जनगणनाका बारेमा प्रचारप्रसार गरिरहेको जानकारी दिए । ओएनएसका जनसम्पर्क तथा मिडिया टीमका ग्लेन ग्यारेटले नेपाली मिडियाहरुलाई जनगणनाबारे आवश्यक प्रचारप्रसार सामग्री उपलब्ध गराउन आफूहरु तत्पर रहेको बताए ।

    सिएनएस युकेका डा. अधिकारीले आफ्नो संस्थाले जनगणनाको क्षेत्रमा बेलायतमा गर्दै आएको कामको बारेमा जानकारी गराएका थिए । उनले सन् २००८ मा संस्थाले जनस्तरमा जनगणना सञ्चालन गरी पुस्तक, लेख प्रकाशन गरेको बताए । बेलायतको राष्ट्रिय जनगणनामा नेपाली समुदायको सहभागिताका लागि सन् २०११ मा पनि ओएनएससितको सहकार्यमा अभियान चलाएको उल्लेख गर्दै ओएनएसले सीएनएसयुकेको कामको गरेको कदर र प्रशंसा गरेकोमा धन्यवाद व्यक्त गरे । यसपटकको जनगणनामा पनि सो कार्य जारी राख्ने बताए । उनले यसपटकको जनगणनाका बारेमा नेपाली समुदायलाई जानकारी दिन बेलायतमा रहेका नेपाली समुदायको राष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिने जानकारी दिए । सिएनएस युकेका रिसर्च एसोसिएट नरेश खपाङ्गीमगरले जनगणनामा बेलायतमा बसोबास गर्ने नेपालीहरुको धेरैभन्दा धेरै सहभागिताका लागि सिएनएस युकेले कार्य गरिरहेको बताए ।

    सिएनएस युकेले आयोजना गर्ने कुनै कार्यक्रममा ओएनएसको तर्फबाट कुनै सूचना र सहयोग चाहिए ओएनएस सो प्रदान गर्न प्रतिवद्ध रहेको जानकारी गराइएको थियो।छलफलमा बेलायतका विभिन्न भागमा बसिरहेका नेपाली समुदायलाई जनगणनामा आवश्यक पर्ने सहयोगका लागि ओएनएसका सामुदायिक सहभागिता प्रबन्धकहरुको सम्पर्क र ती स्थानका नेपाली समुदायका अगुवाहरुको सम्पर्क स्थापना गर्ने निचोड निकालिएको छ । ओएनएसले इङल्याण्ड र वेल्समा हरेक १० वर्षमा जनगणना गर्ने गर्दछ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य