• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एनआरएन नागरिकता संशोधन प्रस्ताव पारित अध्यक्ष भट्टद्धारा निर्णयको स्वागत

  •   १७ माघ २०७५, बिहीबार १८:२३ 
  • सरकारद्धारा संसदमा प्रस्तुत नेपाल नागरिकता ऐन २०६३ मार्फत गैरआवासीय नेपालीलाई प्रदान गरिने एनआरएन नागरिकता संघले माग गरे बमोजिम हुने गरि पारित भएको छ।

    सोमबार सम्पन्न राज्य ब्यवस्था तथा सुशासन समितिमा सांसद डा. सूर्य पाठकले राखेको संशोधन प्रस्तावलाई पारित गरेको हो।

    केही प्राविधिक र कानुनी विषयमा सामान्य संशोधन पछि आफूले राखेको संशोधन प्रस्ताव सर्वसम्मतबाट पारित भएको डा.पाठकले जानकारी दिए।

    ‘नागरिकता गृह मन्त्रालयले हेर्ने भएकाले विदेशी कुटनीतिक नियोगबाट नागरिकता लिने विषय प्राविधिक रूपमा सम्भव भएन अब अरूले जस्तै एनआरएनले पनि जिल्ला प्रशासन कार्यालयबाटै लिने गरि कानुन संशोधन गरियो’, पाठकले भने।

    संविधानको भावना अनुरूप गैरआवासीय नेपालीहरूको नागरिकता सुनिश्चित गरिएको भन्दै पाठकले खुशी व्यक्त गरे।

    बिहान ११ बजेदेखि चलेको समितिको बैठकमा कानुन र गृह मन्त्रालयका उच्च अधिकारीलेसमेत आ-आफ्नो सुझाव प्रस्तुत गरेका थिए।

    यसअघि गैरआवासीय नेपाली संघले नेपाल सरकारले संघीय संसदमा दर्ता गराएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकप्रति संघले ९ वटा बुँदामा सुझाव दिएको थियो।

    संघलेले गैरआवासीय नेपालीलाई नागरिकतासम्बन्धी व्यवस्थाका केही बुँदाको स्वागत गरी अपूर्ण बुँदाहरू सच्याउन मागसमेत गरेको थियो।

    गैरआवासीय नेपाली नागरिकतालाई वंशज, जन्मसिद्ध र अंगिकृत जस्तै नेपालको नागरिकतासरह नागरिकताको प्रमाणपत्र उपभोग गर्न पाउने प्रष्ट व्यवस्थाको माग गरिएको थियो।

    संसदीय समितिले पारित गरेको सो संसोधन प्रस्तावलाई संसदको पूर्ण बैठकले अनुमोदन गरेपछि कानुनको रूपमा कार्यान्वयन हुनेछ।

    आफूहरूले सच्च्याउन गरेको मागलाई सरकार र समितिले सकारात्मक रूपमा लिँदै संशोधन गरेकोमा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले खुसी ब्यक्त गर्दै निर्णयको स्वागत गरेका छन्।

    ‘राज्यले हाम्रा मुद्दाहरुलाई सकारात्मक रूपमा सम्बोधन गरेको छ र चाडै नै संसदमा पेश भएर अनुमोदनपछि कानुनका रुपमा आउने विश्वास हामीले लिएका छौ’, भट्टले सेतोपाटीसँग भने।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने
    बीजीडब्लूएसको वार्षिक भेटघाट सम्पन्न, ‘अफोर्डेबल सोलुसन’ अस्वीकार भए गोर्खा भर्ती बन्द गर्न दबाब दिने चेतावनी
    बुटवल सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न
    चिमखोले काइँला’का सिर्जनाले गुञ्जियो अल्डरसट, सम्पन्न भयो ‘अभिव्यक्ति श्रृङ्खला–१७
    बेलायतमा गुञ्जियो पाल्पाको पहिचान, पाल्पाली भञ्ज्याङ यूकेको १६औँ वार्षिक भेटघाट सम्पन्न
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य