• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एनआरएन नागरिकता संशोधन प्रस्ताव पारित अध्यक्ष भट्टद्धारा निर्णयको स्वागत

  •   १७ माघ २०७५, बिहीबार १८:२३ 
  • सरकारद्धारा संसदमा प्रस्तुत नेपाल नागरिकता ऐन २०६३ मार्फत गैरआवासीय नेपालीलाई प्रदान गरिने एनआरएन नागरिकता संघले माग गरे बमोजिम हुने गरि पारित भएको छ।

    सोमबार सम्पन्न राज्य ब्यवस्था तथा सुशासन समितिमा सांसद डा. सूर्य पाठकले राखेको संशोधन प्रस्तावलाई पारित गरेको हो।

    केही प्राविधिक र कानुनी विषयमा सामान्य संशोधन पछि आफूले राखेको संशोधन प्रस्ताव सर्वसम्मतबाट पारित भएको डा.पाठकले जानकारी दिए।

    ‘नागरिकता गृह मन्त्रालयले हेर्ने भएकाले विदेशी कुटनीतिक नियोगबाट नागरिकता लिने विषय प्राविधिक रूपमा सम्भव भएन अब अरूले जस्तै एनआरएनले पनि जिल्ला प्रशासन कार्यालयबाटै लिने गरि कानुन संशोधन गरियो’, पाठकले भने।

    संविधानको भावना अनुरूप गैरआवासीय नेपालीहरूको नागरिकता सुनिश्चित गरिएको भन्दै पाठकले खुशी व्यक्त गरे।

    बिहान ११ बजेदेखि चलेको समितिको बैठकमा कानुन र गृह मन्त्रालयका उच्च अधिकारीलेसमेत आ-आफ्नो सुझाव प्रस्तुत गरेका थिए।

    यसअघि गैरआवासीय नेपाली संघले नेपाल सरकारले संघीय संसदमा दर्ता गराएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकप्रति संघले ९ वटा बुँदामा सुझाव दिएको थियो।

    संघलेले गैरआवासीय नेपालीलाई नागरिकतासम्बन्धी व्यवस्थाका केही बुँदाको स्वागत गरी अपूर्ण बुँदाहरू सच्याउन मागसमेत गरेको थियो।

    गैरआवासीय नेपाली नागरिकतालाई वंशज, जन्मसिद्ध र अंगिकृत जस्तै नेपालको नागरिकतासरह नागरिकताको प्रमाणपत्र उपभोग गर्न पाउने प्रष्ट व्यवस्थाको माग गरिएको थियो।

    संसदीय समितिले पारित गरेको सो संसोधन प्रस्तावलाई संसदको पूर्ण बैठकले अनुमोदन गरेपछि कानुनको रूपमा कार्यान्वयन हुनेछ।

    आफूहरूले सच्च्याउन गरेको मागलाई सरकार र समितिले सकारात्मक रूपमा लिँदै संशोधन गरेकोमा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले खुसी ब्यक्त गर्दै निर्णयको स्वागत गरेका छन्।

    ‘राज्यले हाम्रा मुद्दाहरुलाई सकारात्मक रूपमा सम्बोधन गरेको छ र चाडै नै संसदमा पेश भएर अनुमोदनपछि कानुनका रुपमा आउने विश्वास हामीले लिएका छौ’, भट्टले सेतोपाटीसँग भने।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने
    लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य