• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

म लोकगित गायिका मात्र होइन पप गायिका पनि हुँ

  •   १३ माघ २०७५, आईतवार ११:१३ 
  • कृष्ण सारू मगर
    को हुन् त तारा श्रीस मगर ?
    स्थाई घर छिस्ती केवाईखानी ९ बाग्लुङ हाल लेखनाथ उपमहानगरपालिका ५ मालेपाटनकी ताराको एक दिदी र दुई भाई छन् । उनी पुजनिय बाबा बुद्धिमान श्रीस तथा आमा नरमा श्रीस मगरकी कोखबाट कान्छी सन्तानको रूपमा जन्मेकी तारा श्रीस मगर सामान्य किसान परिवारमा हुर्केकी चर्चित कलाकार हुन् ।
    बिजय मगर- कस्को प्रेरणाले यस कलाकारिता क्षेत्रमा प्रवेश गर्नु भएको ?
    तारा- मेरो पुजनिय बाबा र अनि परिवारको प्रेरणाले गर्दा नै आज म यो कलाकारिता क्षेत्रमा ब्यस्त छु ।

    बिजय मगर- हाल सम्म कति वटा एल्बम बजारमा ल्याउन सफल हुनु भयो ? सबै भन्दा दर्शक तथा श्रोताहरूले सर्वाधिक मनपराएका कुन-कुन हुन् । तपाईंलाई मन पर्ने चाहिँ ?

    तारा- मैले मेरो आफ्नो एकल एल्बमको बजारमा ल्याउन तयारीमा जुट्दैछु । मेरो हाल सम्म झण्डै पाैने पाँच सय गीति एल्बमको गीतमा स्वर भरि सकेकी छु ।
    जस्तै: आफ्नै मातृ भाषाको मगर गीत, गुरूङ्ग भाषा, सालैजो, कौडा, लोकदोहोरी, विभिन्न मगर चलचित्र, आधुनिक र पप छन् । यी सबै मेरो स्वरमा रहेको गीतलाई लाखौंलाख आदरणीय श्रोताले माया गरिदिनु भएको छ । भर्खरै मात्रै सार्वजनिक नेपाली कथानक चलचित्र “सिरफूल” को टाइटल गीत र गुरुङ्ग भाषामा रहेको प्रस्तुत “न्याग्लो” बोलको गीतलाई सर्वाधिक मन पराइदिनु भएको छ । मलाई गर्व लाग्छ । त्यसैले तपाईको यसै डिजिटल मिडिया राज्यसत्ता डटकम मार्फत समस्त मेरा आदरणीय श्रोता तथा दर्शकको अपार मायाँलाई सम्मान गर्दछु । मलाई आफैले गाएको गीत मध्ये “रैया भुमाले” जुन मगर “मातृ भाषा” मा रहेको छ । र अरु पनि गितहरु मनपर्छ ।

    बिजय मगर- कलाकारको भविष्य कस्तो छ ?
    तारा- कलाकारलाई अरुले झट्ट हेर्दा भबिश्य राम्रो देखिन्छ । स्वभाविक नै हो । वास्तविक हामी कलाकारलाई नै थाहा हुन्छ यथार्थ भोग्नेहरुलाई अलिक गाह्रो छ ।

    बिजय मगर- दोहा कतार स्थित विभिन्न समस्यामा परेकाको मानवीय उद्धधारका लागि आउँदो ५ जनवरी २०१८ का दिन हुने नेपाल श्रमिक संघ द्वारा आयोजित “प्रथम जिफण्ड साँस्कृतिक धमाका” कार्यक्रमको निमन्त्रणा भई रहँदा आफुलाई कस्तो महसुस गर्नु भएको छ ?
    तारा- विशेषगरी मेरो कला, गला र प्रतिभाको मुल्यांकन गरि मलाई निमन्त्रणा गर्नु भएको छ सम्पुर्ण आयोजक परिवार प्रति हृदय देखि नै कृतज्ञता ब्यक्त छु ।
    किनकी नेपाल प्रवासी श्रमिक संघ, दोहा कतारले पीडित श्रमिकहरुको सहयोग गर्ने अभिप्रायका साथ जुन उद्देश्यले कार्यक्रमको आयोजना गरेको छ । ती पीडित श्रमिकहरुको सहयोगी कार्यमा साथ, समर्थ जनाउन पाउँदा अवश्य पनि खुशी लाग्छ । उक्त कार्यक्रममा भब्य, सभ्य र सौहार्दपुर्ण वातावरणमा पुर्ण सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु । साथै, दोहा-कतारलाई कर्मभुमिका रूपमा बस्दै आउनु भएका समस्त मेरा आदरणीय गीत, संगीत पारखी आम दोहावासी नेपाली दाजु-भाई, तथा दिदी-बहिनीहरू, सम्मानित ब्याक्तित्व, बुद्धिजीवी समाजसेवीहरूमा गरिमामय उपस्थितिका लागि चुल्हो निम्तो छ ।

    बिजय मगर- तपाईं नेपाल मगर साँस्कृतिक संघको सदस्य आफ्नै मौलिक पहिचानको भेषभुषा, भाषा तथा कला संस्कृति रहेका छन् । यसको संरक्षण र प्रवर्द्धन गर्न के गर्नु पर्छ र यस्मा लोक दोहोरी गायिका भएकोले तपाईंको भुमिका कस्तो रहेको छ ? छोटकरीमा बताई दिनुस न !
    तारा- हिहिहिही…((हाँस्दै) छोटकरीमा बताउनु पर्ने प्रश्न नै लामो हुने भयो नि होइन र ? म नेपाल मगर साँस्कृतिक संघ, केन्द्रीय समितिको सदस्य हुँ । मेरो धेरै लेक, बेशी, कुना कन्दरा, भञ्ज्याङ्ग चौतारीहरूमा गुनगुनाउने गीतहरूमा स्वर भरेकी छु । तर म लोकदोहरी गायिका मात्रै चाँही होइन । अत: म आफुलाई पप गायिका भन्न रुचाउछु । किनकी, मेरो बिधा “पप” गीत रहेको छ । यस्को मतलब यो मात्र होइन कि, म एउटा पप गायिकाले लोक बिधाका गीतलाई गाउनै नहुने भन्ने चाहिँ पटक्कै होइन । म स्वंम् मगर भएकीले पनि आफ्नो संस्कृति र पहिचानको मगर “मातृ भाषा” मा रहेको सब्दलाई कौडा, सालैजो गीत पनि गाएकी छु । हाम्रो देश, बहु भाषिक, बहु धार्मिक, बहु साँस्कृतिक पहिचान बोकेको भौगोलिक विविधतायुक्त र अर्को कुरा म मगर समुदायको छोरी सम्पुर्ण नेपालीहरूको चेली भएकीले पनि हामी र हाम्रो आफ्नै मौलिक पहिचान छ आफ्नै भेषभुषा, भाषा,लिपी र संस्कृती छ । हामी हरेक समुदायका नेपालीले आ-आफ्नै मौलिक राष्ट्रिय पहिचानलाई बचाई राख्नु नैतिक जिम्मेवारीबाट पन्छिनु हुँदैन पनि । तसर्थ हरेक विधाका कलाकारले आफ्नो नेपाली माटोको सहअस्तित्वलाई जिवन्त राख्न संरक्षण-संवर्द्धन र प्रवर्द्धन संगै, संस्कार, सस्कृति भित्र पर्ने पद्धधतिलाई पनि अपनाउनु जरुरी ठानेकी छु ।
    गायिका ताराले थपिन, कलाकार राष्ट्रको गौरव हुन् समाजको पहिचान हो । तर, विडम्बना केही कलाकार यस्ता छन् । सस्तो लोकप्रियता कमाउन समाजमा अपाच्य हुने उत्छ्रिङ्खल किसिमका गतिविधिमा प्रस्तुत हुन्छन् । हामी कलाकारहरुले क्षणिक “वाह! वाह !!” बटुलेर मात्र नहुने भएर त्यसको विषयमा सबैले गम्भीर हुनु जरुरी छ अहिलेलाई यो बिषयमा यति मात्र भन्छु ।

    बिजय मगर- व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनु भएकोमा यहाँलाई धन्यवाद छ ।
    तारा- सर्वप्रथम त तपाईं र यसै राज्यसत्ता डिजिटल मिडिया प्रति विषेश आभार सहित धन्यवाद व्यक्त गर्दछु । आदरणीय मेरा दर्शक, स्रोता माझ मेरो केहि आफ्ना भनाईलाई राख्ने अवसर प्रदान गरिदिनु भएकोमा । साथै मलाई माया गर्ने सम्पुर्ण स्रोता शुभेच्छुकले मेेेरो प्रराविधिक कारणबाट हुने कमी कमजोरीलाई मीठो सब्दमा सुझाव, सल्लाह, अौल्याईदिनु होला ता कि मैले तपाईं दर्शक, श्रोता एवं शुभेच्छुकलाई मेरो साँङ्गितिक प्रस्तुतिले कौलाहमय बहकिएको तपाईंको मनलाई स्थिर बनाउन सकु ! पुन: फेरि सबैमा धन्यवाद ज्ञापन गर्दछु ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने
    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य