• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

क्लवले महामहिम राजदूत र प्रथम नेपाली महिलालाई बिदाई गर्‍यो

  •   १७ माघ २०७५, बिहीबार १८:२१ 
  • २९ जनवरी २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले कुवेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल र उहाकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ ।

    हिजो २८ जनवरी २०१९ का दिन राजदूतावासमै गएर क्लवले राजदूत र वहाँँकी धर्मपत्निलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेको थियो ।

    क्लवका पुर्व अध्यक्ष जय आलेले सञ्चालन गरेको बिदाई कार्यक्रममा महामहिम राजदूतको प्रमुख आतिथ्य, भद्र व्यक्तित्व तथा क्लव अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको सभापतित्व र राजदूत धर्मपत्नी रिता हमाल लगायत क्लवका संस्थापक बरिष्ट सल्लाहाकार मित्र सिंजाली मगरको बिशेष आतिथ्यता रहेको थियो ।

    क्लवले महामहिम राजदुतले आफ्नो ४ बर्षे कार्यकालमा कुवेतको नेपाली समुदाय र नेपाली दुतावास कुवेतको सम्बन्धलाई सुमधुर बनाउन चाल्नु भएको पहल, नेपाली श्रमिकहरुको हक-हितमा उठान गर्नु भएको आवाज, पीडित महिला कामदारहरुको उद्दारमा पुर्‍याउनु भएको सहयोग, नेपालको पर्यटन प्रबर्धनमा टेवा पुग्ने खालका दिनु भएको योगदान र नेपाल-कुवेत २ देशबीच मैत्रिपूर्ण सम्बन्ध कायम गर्न खेल्नु भएको कुटनैतीक भूमिकाको सराहाना गर्दै वहाँको सुस्वास्थ्य तथा उज्जवल भविष्यको कामना गरेको थियो ।

    यसैगरी, राजदूत धर्मपत्नी तथा प्रथम नेपाली महिला रिता हमालले कुवेत आएदेखी नै कुटनैतीक मर्यादा भित्र रहेर बिबिन्न देशका महिलाहरुसँग अन्तर्कृया गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला, संस्कृती, भाषा-भेषभुषा, परम्परा र उत्पादन लगायतका पहिचान झल्कने सामाग्रीहरु पस्किने र बेला बेलामा कार्यक्रमहरु समेत दिंदै आउनु भएको र नेपाली समाजका गतिबिधिहरुमा सहभागीता जनाई सल्लाह सुझाव दिएकोमा क्लवले प्रशंसा गरेको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने
    लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य