क्लवले महामहिम राजदूत र प्रथम नेपाली महिलालाई बिदाई गर्यो
२९ जनवरी २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले कुवेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल र उहाकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ ।
हिजो २८ जनवरी २०१९ का दिन राजदूतावासमै गएर क्लवले राजदूत र वहाँँकी धर्मपत्निलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेको थियो ।
क्लवका पुर्व अध्यक्ष जय आलेले सञ्चालन गरेको बिदाई कार्यक्रममा महामहिम राजदूतको प्रमुख आतिथ्य, भद्र व्यक्तित्व तथा क्लव अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको सभापतित्व र राजदूत धर्मपत्नी रिता हमाल लगायत क्लवका संस्थापक बरिष्ट सल्लाहाकार मित्र सिंजाली मगरको बिशेष आतिथ्यता रहेको थियो ।
क्लवले महामहिम राजदुतले आफ्नो ४ बर्षे कार्यकालमा कुवेतको नेपाली समुदाय र नेपाली दुतावास कुवेतको सम्बन्धलाई सुमधुर बनाउन चाल्नु भएको पहल, नेपाली श्रमिकहरुको हक-हितमा उठान गर्नु भएको आवाज, पीडित महिला कामदारहरुको उद्दारमा पुर्याउनु भएको सहयोग, नेपालको पर्यटन प्रबर्धनमा टेवा पुग्ने खालका दिनु भएको योगदान र नेपाल-कुवेत २ देशबीच मैत्रिपूर्ण सम्बन्ध कायम गर्न खेल्नु भएको कुटनैतीक भूमिकाको सराहाना गर्दै वहाँको सुस्वास्थ्य तथा उज्जवल भविष्यको कामना गरेको थियो ।
यसैगरी, राजदूत धर्मपत्नी तथा प्रथम नेपाली महिला रिता हमालले कुवेत आएदेखी नै कुटनैतीक मर्यादा भित्र रहेर बिबिन्न देशका महिलाहरुसँग अन्तर्कृया गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला, संस्कृती, भाषा-भेषभुषा, परम्परा र उत्पादन लगायतका पहिचान झल्कने सामाग्रीहरु पस्किने र बेला बेलामा कार्यक्रमहरु समेत दिंदै आउनु भएको र नेपाली समाजका गतिबिधिहरुमा सहभागीता जनाई सल्लाह सुझाव दिएकोमा क्लवले प्रशंसा गरेको थियो ।









तपाइँको प्रतिक्रिया