• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

चर्को गर्मीका कारण अष्ट्रेलियाका विभिन्न शहरको जनजीवन अस्तव्यस्त

  •   १७ माघ २०७५, बिहीबार १८:२८ 
  • अष्ट्रेलिया। अष्ट्रेलियामा गत शनिवार देखिको चर्को गर्मीका कारण जनजीवन प्रभावित भएको छ।

    गर्मीका कारण वन्यजन्तु मर्ने, डढेलो फैलिने र मानिसहरू विरामी परेर अस्पताल जानुपर्ने घटनाहरू ह्वात्तै बढेका छन्। अष्ट्रेलियाको मौसम पूर्वानुमान निकायले भनेको छ प्रारम्भिक तथ्यांकले देशभर दैनिक औसत उच्चतम तापक्रम चालिस डिग्री सेल्सियसभन्दा माथि नै रहेको छ।

    न्यू साउथ वेल्सको नूना नगरमा रातीको समयमा नै तापक्रम ३५.९ डिग्री सेल्सियस मापन गरिएको छ। अधिकारीहरूका अनुसार अष्ट्रेलियामा हालसम्म मापन गरिएको मध्ये त्यो सबैभन्दा उच्च न्यूनतम तापक्रम हो।

    मौसम पूर्वानुमानकर्ताहरूले हालको चर्को गर्मीको अवस्थालाई सन् २०१३ को तापलहरसँग दाँजेका छन् जुन बेला तापक्रम लगातार सात दिनसम्म ३९ डिग्री सेल्सियसभन्दा बढी रहेको थियो।

    अष्ट्रेलियामा मापन गरिएकामध्ये सबैभन्दा गर्मीको दिन सन् २०१३ को जेनुअरी सात तारिखको दिन थियो जुनबेला राष्ट्रिय औसत तापक्रम ४०.३ डिग्री सेल्सियस थियो।

    न्यू साउथ वेल्सको ठूलो इलाका चर्को गर्मीको मारमा परेको छ। त्यसैगरी क्वीन्सल्याण्ड, साउथ अष्ट्रेलिया, भिक्टोरिया र नोर्दन टेरिटोरीका केही भागहरूमा पनि तापक्रम चर्को छ। सप्ताहान्तको बेला दक्षिणी र मध्ये इलाकाहरूमा तापक्रम केही कम हुनसक्ने अनुमान गरिएको छ।

    तर मौसम पूर्वानुमानकर्ताहरूका अनुसार वेस्टर्न अष्ट्रेलियामा भने तापक्रम केही बढ्न जानेछ। उक्त राज्यका केही भागमा आगामी दिनमा औसतभन्दा १४ डिग्री सेल्सियसभन्दा बढीको विन्दूमा तापक्रम पुग्न सक्ने बताइएको छ।

    मौसमविज्ञहरूका अनुसार अत्यधिक तापक्रमको लहर अष्ट्रेलियका विभिन्न १० भन्दा बढी स्थानमा पहिले अभिलेख राखिएकोभन्दा बढी विन्दूमा पुगिसकेको छ।

    साउथ अष्ट्रेलियाको आउटब्याक नगर टारकूलामा गर्मीले रेकर्ड तोडिसकेको छ, जहाँ मंगलबारको तापक्रम ४९ डिग्री पुगेको थियो। साउथ अष्ट्रेलियाको पोर्ट अगस्टामा ४८.९ डिग्री तापक्रम पुगेको थियो। राज्य सरकारका अनुसार बुधवार अत्यधिक गर्मीका कारण साउथ अष्ट्रेलियामा १६ जना मानिसहरू अस्पताल भर्ना भएका थिए।

    अन्य राज्यका अधिकारीहरूले पनि मानिसहरूलाई घरभित्र नै रहन र थोरैभन्दा शारिरिक गतिविधि कम गर्न भन्दै स्वास्थ्य चेतावनी जारी गरेका छन्। खासगरी वृद्धवृद्धा, दीर्घ रोग भएका र बालबालिकाहरूको हेरविचारमा विशेष ध्यान पुर्याउन भनिएको छ।

    तटवर्ती शहरहरूमा थुप्रै मानिसहरू स्वीमिंग पूल, समुद्री किनार र पानी भएका अन्य स्थानमा भेला भएर गर्मी कम गर्ने प्रयास गरिरहेका छन्। ‌
    बिहीवार भिक्टोरिया, ताज्मेनिया र न्यू साउथ वेल्सका विभिन्न स्थानमा दर्जनौं वन डढेलोका घटनाहरू भएका थिए। बीबीसी

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने
    बीजीडब्लूएसको वार्षिक भेटघाट सम्पन्न, ‘अफोर्डेबल सोलुसन’ अस्वीकार भए गोर्खा भर्ती बन्द गर्न दबाब दिने चेतावनी
    बुटवल सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न
    चिमखोले काइँला’का सिर्जनाले गुञ्जियो अल्डरसट, सम्पन्न भयो ‘अभिव्यक्ति श्रृङ्खला–१७
    बेलायतमा गुञ्जियो पाल्पाको पहिचान, पाल्पाली भञ्ज्याङ यूकेको १६औँ वार्षिक भेटघाट सम्पन्न
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य