• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

चर्को गर्मीका कारण अष्ट्रेलियाका विभिन्न शहरको जनजीवन अस्तव्यस्त

  •   १७ माघ २०७५, बिहीबार १८:२८ 
  • अष्ट्रेलिया। अष्ट्रेलियामा गत शनिवार देखिको चर्को गर्मीका कारण जनजीवन प्रभावित भएको छ।

    गर्मीका कारण वन्यजन्तु मर्ने, डढेलो फैलिने र मानिसहरू विरामी परेर अस्पताल जानुपर्ने घटनाहरू ह्वात्तै बढेका छन्। अष्ट्रेलियाको मौसम पूर्वानुमान निकायले भनेको छ प्रारम्भिक तथ्यांकले देशभर दैनिक औसत उच्चतम तापक्रम चालिस डिग्री सेल्सियसभन्दा माथि नै रहेको छ।

    न्यू साउथ वेल्सको नूना नगरमा रातीको समयमा नै तापक्रम ३५.९ डिग्री सेल्सियस मापन गरिएको छ। अधिकारीहरूका अनुसार अष्ट्रेलियामा हालसम्म मापन गरिएको मध्ये त्यो सबैभन्दा उच्च न्यूनतम तापक्रम हो।

    मौसम पूर्वानुमानकर्ताहरूले हालको चर्को गर्मीको अवस्थालाई सन् २०१३ को तापलहरसँग दाँजेका छन् जुन बेला तापक्रम लगातार सात दिनसम्म ३९ डिग्री सेल्सियसभन्दा बढी रहेको थियो।

    अष्ट्रेलियामा मापन गरिएकामध्ये सबैभन्दा गर्मीको दिन सन् २०१३ को जेनुअरी सात तारिखको दिन थियो जुनबेला राष्ट्रिय औसत तापक्रम ४०.३ डिग्री सेल्सियस थियो।

    न्यू साउथ वेल्सको ठूलो इलाका चर्को गर्मीको मारमा परेको छ। त्यसैगरी क्वीन्सल्याण्ड, साउथ अष्ट्रेलिया, भिक्टोरिया र नोर्दन टेरिटोरीका केही भागहरूमा पनि तापक्रम चर्को छ। सप्ताहान्तको बेला दक्षिणी र मध्ये इलाकाहरूमा तापक्रम केही कम हुनसक्ने अनुमान गरिएको छ।

    तर मौसम पूर्वानुमानकर्ताहरूका अनुसार वेस्टर्न अष्ट्रेलियामा भने तापक्रम केही बढ्न जानेछ। उक्त राज्यका केही भागमा आगामी दिनमा औसतभन्दा १४ डिग्री सेल्सियसभन्दा बढीको विन्दूमा तापक्रम पुग्न सक्ने बताइएको छ।

    मौसमविज्ञहरूका अनुसार अत्यधिक तापक्रमको लहर अष्ट्रेलियका विभिन्न १० भन्दा बढी स्थानमा पहिले अभिलेख राखिएकोभन्दा बढी विन्दूमा पुगिसकेको छ।

    साउथ अष्ट्रेलियाको आउटब्याक नगर टारकूलामा गर्मीले रेकर्ड तोडिसकेको छ, जहाँ मंगलबारको तापक्रम ४९ डिग्री पुगेको थियो। साउथ अष्ट्रेलियाको पोर्ट अगस्टामा ४८.९ डिग्री तापक्रम पुगेको थियो। राज्य सरकारका अनुसार बुधवार अत्यधिक गर्मीका कारण साउथ अष्ट्रेलियामा १६ जना मानिसहरू अस्पताल भर्ना भएका थिए।

    अन्य राज्यका अधिकारीहरूले पनि मानिसहरूलाई घरभित्र नै रहन र थोरैभन्दा शारिरिक गतिविधि कम गर्न भन्दै स्वास्थ्य चेतावनी जारी गरेका छन्। खासगरी वृद्धवृद्धा, दीर्घ रोग भएका र बालबालिकाहरूको हेरविचारमा विशेष ध्यान पुर्याउन भनिएको छ।

    तटवर्ती शहरहरूमा थुप्रै मानिसहरू स्वीमिंग पूल, समुद्री किनार र पानी भएका अन्य स्थानमा भेला भएर गर्मी कम गर्ने प्रयास गरिरहेका छन्। ‌
    बिहीवार भिक्टोरिया, ताज्मेनिया र न्यू साउथ वेल्सका विभिन्न स्थानमा दर्जनौं वन डढेलोका घटनाहरू भएका थिए। बीबीसी

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने
    लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य