• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

म्प र किम जोङ उनबीच दोस्रो भेटवार्ता हुने

  •   १७ माघ २०७५, बिहीबार १८:२९ 
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी फेब्रुअरीमा दोस्रो भेटवार्ता हुने भएको छ ।

    अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दुई नेताबीच फेब्रुअरीको अन्तिम साता दोस्रो भेटवार्ता हुने तय भएको जनाएको छ ।

    दोस्रो भेटवार्ताको घोषणा गर्नुअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली वार्ता टोलीका सदस्य तथा नेता किमका विश्वासपात्र किम योङ छोलसँग ह्वाइटहाउसमै छलफल गर्नुभएको थियो ।

    दुई नेताबीच भियतनाममा भेटवार्ता हुनसक्ने बताइएको छ । ट्रम्प र किमबीच पहिलो ऐतिहासिक भेटवार्ता अघिल्लो वर्षको जुनमा सिंगापुरमा भएको थियो ।

    त्यस बेला परमाणु निशस्त्रीकरणका विषयमा छलफल भए पनि त्यस विषयमा राम्रो प्रगति हुन सकेको छैन ।

    उत्तर कोरियाली नेता किमका प्रतिनिधि तथा विश्वासपात्र छोलले ह्वाइटहाउसमै पुगेर राष्ट्रपति ट्रम्पलाई चिठी हस्तान्तरण गरेका थिए ।

    छोलले ट्रम्पलाई सुम्पिएको किमको चिठीमा के उल्लेख थियो भन्ने स्पष्ट भएको छैन । तर यही चिठी नै दोस्रो वार्ताको आधार बनेको विश्लेषण गरिएको छ ।(एजेन्सी) ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने
    बीजीडब्लूएसको वार्षिक भेटघाट सम्पन्न, ‘अफोर्डेबल सोलुसन’ अस्वीकार भए गोर्खा भर्ती बन्द गर्न दबाब दिने चेतावनी
    बुटवल सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न
    चिमखोले काइँला’का सिर्जनाले गुञ्जियो अल्डरसट, सम्पन्न भयो ‘अभिव्यक्ति श्रृङ्खला–१७
    बेलायतमा गुञ्जियो पाल्पाको पहिचान, पाल्पाली भञ्ज्याङ यूकेको १६औँ वार्षिक भेटघाट सम्पन्न
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य