• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

म्प र किम जोङ उनबीच दोस्रो भेटवार्ता हुने

  •   १७ माघ २०७५, बिहीबार १८:२९ 
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी फेब्रुअरीमा दोस्रो भेटवार्ता हुने भएको छ ।

    अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दुई नेताबीच फेब्रुअरीको अन्तिम साता दोस्रो भेटवार्ता हुने तय भएको जनाएको छ ।

    दोस्रो भेटवार्ताको घोषणा गर्नुअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली वार्ता टोलीका सदस्य तथा नेता किमका विश्वासपात्र किम योङ छोलसँग ह्वाइटहाउसमै छलफल गर्नुभएको थियो ।

    दुई नेताबीच भियतनाममा भेटवार्ता हुनसक्ने बताइएको छ । ट्रम्प र किमबीच पहिलो ऐतिहासिक भेटवार्ता अघिल्लो वर्षको जुनमा सिंगापुरमा भएको थियो ।

    त्यस बेला परमाणु निशस्त्रीकरणका विषयमा छलफल भए पनि त्यस विषयमा राम्रो प्रगति हुन सकेको छैन ।

    उत्तर कोरियाली नेता किमका प्रतिनिधि तथा विश्वासपात्र छोलले ह्वाइटहाउसमै पुगेर राष्ट्रपति ट्रम्पलाई चिठी हस्तान्तरण गरेका थिए ।

    छोलले ट्रम्पलाई सुम्पिएको किमको चिठीमा के उल्लेख थियो भन्ने स्पष्ट भएको छैन । तर यही चिठी नै दोस्रो वार्ताको आधार बनेको विश्लेषण गरिएको छ ।(एजेन्सी) ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने
    लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य