• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

कार्यालयको सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै तीन सशस्त्र प्रहरीलाई कैद र जरिवाना

  •   १७ माघ २०७५, बिहीबार १८:२५ 
  • सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले सशस्त्र प्रहरीका एसएसपी गोपाल मिश्र, इन्सपेक्टर चित्रबहादुर केसी र हवल्दार नयनबहादुर ओलीलाई जरिवाना र कैद सजाय सुनाएको छ।

    विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीशहरू रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले बिहीबार उक्त फैसला सुनाएको हो।

    उनीहरूले बाँकेस्थित सशस्त्र प्रहरी बल नौबस्तामा कार्यरत हुँदा ठेकेदार राजु रावलसँग मिलेर भ्रष्टाचार गरेको विशेष अदालतको ठहर छ। रावल जेजे ट्रेडिङ एन्ड इन्टरप्राइजेजका सञ्चालक हुन्।

    इजलासले तीनै जनालाई छुट्टाछुट्टै बिगो जरिवाना र कैद तोकेको छ। उनीहरूले फर्जी कागजात खडा गरी बिल पेस गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख थियो।

    विशेषका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार एसएसपी मिश्र र इन्सपेक्टर केसीले ६३ लाख १६ हजार रूपैयाँ भ्रष्टाचार गरेको ठहर छ। बिगो र जरिवानाबापत उनीहरूले जनही ६३ लाख १६ हजार बुझाउनुपर्ने छ। कैद पनि एक-एक वर्ष तोकिएको छ।

    एसएसपी मिश्रले उच्च ओहोदा दुरूपयोग गरेर भ्रष्टाचार गरेको भन्दै थप ३१ लाख ५८ हजार ४ सय जरिवाना र ६ महिना कैद भुक्तान गर्नुपर्ने विशेषको फैसला छ।

    यी दुवै प्रहरी अधिकारी र ठेकेदारले बिगो, जरिवानाबाहेक राज्यलाई थप जनही ४२ लाख ११ हजार भराउनुपर्ने फैसलामा उल्लेख छ। एसएसपी मिश्रबाट राज्यलाई भराउने रकम जोड्दा १ करोड ३८ लाख ८५ हजार हुन आउँछ। इन्सपेक्टर केसीलाई थप जरिवाना र कैद गरिएको छैन। उनले जम्माजम्मी १ करोड ३ लाख तिर्नुपर्ने हुन्छ।

    त्यस्तै, ठेकेदार राजु रावलले १ करोड २६ लाख ३३ हजार बिगो र ४२ लाख ११ हजार जरिवाना गरी जम्मा १ करोड ६८ लाख राज्यलाई भर्नुपर्ने फैसला विशेषले सुनाएको छ। उनलाई कैद सजाय गरिएको छैन।

    हवलदार नयनबहादुर ओलीलाई ३१ लाख ५८ हजार ४ सय ४१ रूपैयाँ र ६ महिना कैद सुनाएको छ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    पूर्वसभामुख ओनसरी घर्तीमगर र पूर्वमन्त्री राम कार्कीलाई नेफिन युके र मगर संघ युकेद्वारा भव्य स्वागत तथा सम्मान
    नेपाली मेला २०२५ मा CNCBG को झाँकी प्रदर्शन : वंशजको नेपाली नागरिकता निरन्तरताको पक्षमा सशक्त आवाज
    एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आउँदै स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह
    नेफिन यूकेद्वारा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना, ओनसरी घर्ती र राम कार्की सहभागी हुने
    को हुन् बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरे ?
    व्यक्तित्व पुनम गुरुङ
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य