• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मृर्गौला बिरामीका लागि आयुर्वेदिक उपचार

  •   १७ माघ २०७५, बिहीबार १९:०७ 
  • “दुवै मिर्गौला खराब भएर परिवारले बाँच्छ भन्ने आस मारिसकेका थिए तर आयुर्वेदिक औषधि खाएर अहिले ठीक छ,”–भक्तपुर पेप्सीकोला निवासी ५३ वर्षीय लीला दाहालले भने ।  “मिर्गौला खराब भएको थाहा भएको दुई वर्ष भयो, पहिला महिले धेरै नै पीडा सहेँ, कुन अस्पतालमा जाँदा ठीक होला भनेर धेरै अस्पताल धाएँ” उनले थपे, “कुपनटोलको गुरुद्वारास्थित विशेष आयुर्वेदिक केन्द्रका प्रमुख वैद्य गणेशबहादुर राउतकहाँ गएर उपचार गरेपछि अहिले ठीक छ ।”
    “राष्ट्रिय मिर्गौला केन्द्र, वनस्थली र तीनकुनेस्थित कान्तिपुर अस्पतालमा गएर उपचार गर्दा गर्दै रु एक लाख ५० हजार सकियो तर ठीक भएन” लीलाले उपचार गर्दाको आफ्नो अनुभव सुनाउँदै भने, “जडीबुटीबाट बनेको औषधि खाएर ठीक भइरहेको छ, डेढ महिना रु दुई हजारको औषधिले पुग्छ ।”
    मिर्गौला खराबीका कारण बिरामी भएर आयुर्वेदिक औषधि सेवन गर्ने लीला एक्ली होइनन्, नौ दश वर्षदेखि मिर्गौला खराबीका कारण बिरामी परेका भरतपुर–९, चितवनका एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य ६० वर्षीय चित्रबहादुर श्रेष्ठले पनि तीन वर्षदेखि आयुुर्वेदिक औषधि सेवन गरिरहेका छन् ।
    “आयुवेदिक औषधि भरपर्दो छ, आर्थिक रूपमा आधुनिक ठुल्ठूला अस्पतालको तुलनामा एक प्रतिशत पनि लाग्दैन” उनले भने, “मिर्गौला सामान्य अवस्थामा रहनका लागि १.४ एमजी हुनुपर्छ, मेरो नौ एमजीसम्म पुगेको थियो तर सामान्य अवस्थामै भएको छ ।”
    आयुर्वेदिक औषधिबाट मिर्गौला उपचार ठीक भएका लीला, चित्रजस्तै क्षेत्रपाटीका ५४ वर्षीय दीपकरत्न शाक्य पनि हुन् । “पहिलाको तुलनामा ठीक भएको छ, औषधि खाइरहेको छु, पूर्ण रूपमा ठीक हुन्छ भन्ने विश्वास छ”, शाक्यले भने, “आयुर्वेदिक औषधिसँगै वैद्यको व्यवहारले मनोबल बलियो भएको छ ।” “प्रत्येक व्यक्तिको मिर्गौला खराब हुने कारण फरक फरक हुन्छ, कसैको चोटपटक, कसैको टायफाइडबाट हुन्छ” वैद्य राउतले भने, “प्रकृतिबाट लागेको रोगलाई प्रकृतिकै जडीबुटीबाट ठीक गर्नुपर्छ, ठीक हुन्छ ।” आधुनिक उपचार पद्धतिमा ‘हेमोडायलोसिस’ बाहेक मिर्गौलाको उपचार सम्भव छैन । हेमोडायलोसिस पूरा भएपछि मिर्गौला प्रत्यारोपण हुन्छ । त्यो नेपाली नागरिकको पहँुचभन्दा बाहिर छ । सामान्यतयाः एक व्यक्तिको उपचार गर्नका लागि रु पाँच लाखभन्दा बढी लाग्छ । “हेमोडायलोसिस र मिर्गौला प्रत्यारोपण ९५ प्रतिशत नेपालीको पहुँच बाहिर छ” राउतले भने, “आधुनिक उपचारअनुसार मृर्गौला उपचार नेपालीका लागि अत्यन्तै महँगो उपचार हो तर आयुर्वेदिक उपचार त्यति धेरै महँगो छैन, औषधिभन्दा पनि बढी परामर्श गरिन्छ ।”
    “आयुर्वेदिक क्याम्पसमा अध्ययन गरेर २०६५ सालदेखि मात्र मिर्गौला उपचार सुरु भएको हो” आफूले मिर्गौलासम्बन्धी रोगको अध्ययन गर्न सुरु गर्दाको अनुभव सुनाउँदै राउतले भने, । “बाटामा मिर्गौला रोगीहरू उपचारका लागि भीख मागिरहेको देख्थेँ, बारम्बार देखिरहँदा मलाई त्यो कुराले भित्र मनमा छोयो र मिर्गौला रोगको बारेमा अध्ययन सुरु गरेँ, त्यहीअनुरूप अवधारणा विकास गरँे ।”
    “आहार, विहार, जीवनशैली आदिका विभिन्न कारणले मिर्गौलामा समस्या आउँछ, मिर्गौला खराबी भएको छ वा छैन थाहा पाउनका लागि क्रिटिनियन १.४ एमजीलाई सामान्य मानिन्छ, त्योभन्दा बढी भएमा मिर्गौला खराब हुन सुरु हुन्छ,” उनले भने ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मेनोपज: लुकाउने होइन, बुझ्ने र स्वीकार गर्ने जीवनको यात्रा
    बर्डफ्लु अर्को महामारी, विज्ञहरूले कोविड भन्दा घातक विश्वव्यापी संकट निम्त्याउन सम्भावना रहेको बताएका छन्
    हिमालयन योगा सेन्टरका मनोक्रान्ति योगी नगेन्द्र नेम्बाङज्यु संगको कुरा कानी
    Gulmi Tamghas, Nepal
    Bandipur – Summer Trip (बन्दीपुर ,नेपाल )
    मगर संघ युकेद्वारा जेहेन्दार विद्यार्थीको सहयोगार्थ च्यारिटी आयोजना
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य